“म तलब,सुविधा लिन्नँ,पशुपतिको सेवा गर्न पाए पुग्छ”-मुकुन्द शर्मा हुमागाईं
काठमाडौं :बागमतीको किनारमा प्रत्येक दिन हजारौं श्रद्धालुहरू भगवान् पशुपतिनाथको दर्शनका लागि पुग्छन्। कसैले सुख खोजिरहेका हुन्छन्, कसैले दुःख बिसाउन। कसैले सन्तानको कामना गर्छन्, कसैले रोगमुक्तिको। तर यिनै भक्तजनहरूको भीडबीच एउटा प्रश्न वर्षौंदेखि उठिरहेको छ—के पशुपतिको गरिमाअनुसार यसको व्यवस्थापन हुन सकेको छ ?
यही प्रश्नलाई आफ्नो अभियान बनाएका छन् कालाग्निरुद्रपीठ लड्केश्वर धामका पीठाधीश मुकुन्द शर्मा हुमागाईंले।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवका लागि रोष्टर आह्वान गरेपछि उनले आफ्नो उम्मेदवारी दर्ता गराए। तर उनको उम्मेदवारी केवल एउटा पद प्राप्त गर्ने प्रयास मात्र होइन, पशुपति क्षेत्रलाई नयाँ ढंगले हेर्ने एउटा संकल्पका रूपमा प्रस्तुत भएको छ।
काभ्रेको खोपासीस्थित ऐतिहासिक श्री नरसिंह मठमा आयोजित धार्मिक अनुष्ठानका क्रममा बोल...









