जाजरकोट, बारेकाेटका एकै गाउँका प्रखर र बिज्ञान अखिल क्रान्तिकारीकाे जिल्ला अध्यक्ष मा चयन
जाजरकोट : बारेकाेट गाउपालिका जाजरकोटका एकै गाउका दुई युवा अखिल क्रान्तिकारी काे जिल्ला अध्यक्ष मा सर्वसम्मत चयन भयका छन । बारेकाेट गाउपालिका - ३ पहाड मुल्सामका दुई युवा जाजरकोट र डाेल्पा जिल्लाकाे अध्यक्षमा चयन भयका हुन ।
नेत्र बिक्रम चन्द "विप्लव" ले नेतृत्व गरेकाे नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी काे जाजरकोट जिल्ला काे अध्यक्ष मा वीर बहादुर नेपाली "प्रखर सि" र डाेल्पा जिल्लाकाे अध्यक्ष मा काली बहादुर नेपाली "बिज्ञान सि" चयन भयका हुन ।
नलगाड नगरपालिका जाजरकोटमा शुक्रबार सम्पन्न भयकाे २३ औं जिल्ला अधिवेशनले "प्रखर सि" लाई अध्यक्षमा र उपाध्यक्षमा महेन्द्र सी, सचिवमा कमला सी, कोषाध्यक्षमा कल्पना सी र सह-सचिवमा गणेश सी सहित २५ सदस्यीय जिल्ला कमिटिमा निर्वाचित भएका थिय।
यसै गरि सनिवार सम्पन्न डाेल्पा जिल्लाको ८ औं जिल्ला सम्मेलनले बिज्ञान सिकाे अध्यक्ष मा २१ जनाकाे ज...