२६ कात्तिक, काठमाडौं । शनिबार साँझ बझाङमा भूकम्पको धक्का महसुस भएको छ ।साँझ ८ बजेर १२ मिनेटमा बझाङको पातदेवल आसपास केन्द्रविन्दु बनाएर ५.४ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ ।
यसअघि गत बुधबार डोटी केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो ।
...
२४ कात्तिक, काठमाडौं । नेपालमा कार्डियो भास्कुलर हाइब्रिड थिएटर र अत्याधुनिक कार्डियो सिटीस्क्यान सेवा सुरु भएको छ ।
त्रिभुवन विश्वविद्यालय (त्रिविवि) मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले दक्षिण एशियाका सीमित अस्पतालमा रहेको ती सेवा पहिलो पटक स्वदेशमा थालनी गरेको हो ।
सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले भने, ‘कार्डियो भास्कुलर हाइब्रिड थिएटरबाट एक महिना अगाडिदेखि नै सुरु गरिसकेका छौँ । पाँच सय १२ ‘स्लाइस’को कार्डियो सिटीस्क्यान सेवाका लागि उपकरण जडान भइसकेको छ । सेवा छिट्टै सुरु हुन्छ ।’
के हो त थिएटर ?
उनका अनुसार मुटुको शल्यक्रिया र क्याथल्याब उपचार एकसाथ गर्नसक्ने अत्याधुनिक उपकरणलाई ‘कार्डियो भास्कुलर हाइब्रिड थिएटर’ भन्ने गरिन्छ । छाती नखोलीकन सुइका माध्यमबाट मुटुको उपचार गरिने पछिल्लो प्रविधि नै ‘क्याथल्याव’ हो ।
प्रा डा श्रेष्ठल...
२३ कात्तिक, धनगढी । डाेटीमा मंगलबार मध्यराति २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्यूडकाे भूकम्पले घर भत्काउँदा तीन जनाको मृत्यु भएको छ ।
पूर्वीचौकी गाउँपालिका–३ गैरा गाउँ ठक्कर बोहराको घर भत्काउँदा तीन जनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए ।
गाउँपालिका उपाध्यक्षका अनुसार एक महिला र दुई बालबालिकाको शव च्यापिएको अवस्थामा भेटिएको छ । उनीहरुको सनाखत हुन बाँकी छ ।
अन्य घाइतेको उद्दार गरिएको अध्यक्ष उपाध्यायले बताए । उद्दारमा नेपाली सेनाकाे टाेली खटिएकाे छ भने थप विवरण आउन बाँकी छ ।यसअघि राति ९ बजेर ७ मिनेटमा डोटी केन्द्रविन्दू भएर भूकम्पकाे धक्का महशुस गरिएको थियाे।•...
नागढुंगा सुरुङमार्ग अब १ किलोमिटर मात्रै खन्न बाँकी छ। २.६ किलोमिटर लम्बाइको सुरुङमार्ग १.६ किलोमिटर खनिएको हो।
नागढुंगा सुरुङ निर्माण आयोजनाका अनुसार सुरुङ खन्ने कुल काममध्ये ६७.३० प्रतिशत काम सम्पन्न भएको छ।
इमर्जेन्सीको रुपमा प्रयोग गर्न सकिने मुख्य सुरुङमार्गको समानान्तार सुरुङको काम १८ सय ६० मिटर खनिएको छ।यसको कुल लम्बाइ २५ सय ५७ मिटर छ।
मुख्य सुरुङ र समानान्तर सुरुङबीच जोड्ने क्रस प्यासेजको निर्माण ७४ मिटर पूरा भएको छ।सुरुङ खन्नेसँगै कंक्रिट लाइनिङ आवश्यक हुन्छ। जसको ८३६ मिटर मात्रै काम सम्पन्न भएको छ।
निर्माण पूरा भएका संरचनामा ३ वटा अन्डरपास, एक वटा बक्स कल्भर्ट, एउटा ओभर पास र ३ वटा पुल निर्माण भएका छन्। फ्लाई ओभरको कामको जग्गा अधिग्रहण अझै हुन सकेको छैन।
हालसम्म ८५ प्रतिशत मात्रै जग्गा अधिग्रहणको काम सकिएको छ।...
२१ कात्तिक, काठमाडौं । तान्जानियामा एक यात्रुवाहक विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ ।
प्रेसिजन एयरको विमान अवतरणको बेला भिक्टोरिया तालमा दुर्घटना हुँदा १९ जनाको मृत्यु र २६ जना घाइते भएको बीबीसीले जनाएको छ । उक्त विमानमा ४३ जना सवार थिए ।
स्थानीयवासी र माझीहरुले डुंगाको सहायतामा यात्रुहरुलाई उद्धार गरेका थिए ।
उक्त विमान दारेसलामबाट बुकोबाका लागि उडेको थियो । विमान दुर्घटनाको कारण खुलेको छैन । यद्यपि दुर्घटनाको कारण खराब मौसम भनिएको छ । आँधी र ठूलो वर्षामा उक्त विमान परेको थियो ।
भिक्टोरिया ताल बुकोबा विमानस्थलको नजिकै छ । अफ्रिकाको सबैभन्दा ठूलो ताल पनि हो ।
राष्ट्रपति सामिया सुलुहु हसनले घटनाप्रति शोक व्यक्त गर्दै घाइतेको उपचारमा तीव्रता दिन निर्देशन दिएका छन् ।...
१९ कात्तिक, हुम्ला । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि हेलिकोप्टर मतपत्रबाट हुम्ला ल्याइएको छ । शुक्रबार नेपाली सेनाको हेलिकोप्टरबाट मतपत्र हुम्ला ल्याइएको हो ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि १ सय ५० कार्टुन १ लाख ५० मतपत्र हुम्ला पुगिसकेको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए ।
मतदान केन्द्रमा आवश्यक पर्न ५८ किसिमका सामग्री हुम्ला पुगिसकेको निर्वाचन अधिकारी रानाले बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट खरिद गरिसकेको निर्वाचन अधिकारी रानाले बताए । २६ गतेबाट निर्वाचन सामग्री हस्तान्तरण गरिने उनले बताए ।...
१८ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले डिजिटल शिक्षण सिकाइ गर्न सम्झौता गरेको छ । शुक्रबार सामुदायिक विद्यालयहरुमा डिजिटल शिक्षण पद्धति विकास गर्न काठमाडौँ महानगर र डिजिटल एण्ड वियोन्ड प्रालिबीच सम्झौता भएको छ ।
महानगरकी उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र शिक्षा सल्लाहकार रेशु अर्यालको रोहवरमा राष्ट्रिय सभा गृहमा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदी र वियोन्डका प्रमुख कार्यकारी निर्देशक सगुन ढुंगानाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । वियोन्ड गुगलको नेपाल र दक्षिण एशियाली साझेदार संस्था हो ।
आउँदो २ बर्षका लागि भएको सम्झौताबमोजिम वियोन्डले महानगरलाई गुगलबाट शैक्षिक क्रियाकलापका लागि प्राप्त हुने सुविधा, सञ्चालन र व्यवस्थापनका लागि तालिम लगायत सहयोग सेवा निःशुल्क उपलब्ध गराउनेछ ।
यसअन्तर्गत सामुदायिक विद्यालयहरुमा शिक्षण र सिकाइका लागि शि...
१५ कात्तिक, काठमाडौं । पाकिस्तानसँगको मैत्रीपूर्ण खेलका लागि नवनियुक्त कार्यवाहक प्रशिक्षक प्रवेश कटुवालले ३० खेलाडीलाई टिममा बोलाएका छन् ।
नेपालले पाकिस्तानसँग ३० कात्तिकमा काठमाडौंको दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल खेल्दै छ ।मच्छिन्द्र फुटबल क्लबलाई ए डिभिजन लिग जिताएका कटुवालले मैत्रीपूर्ण खेलका लागि सर्वोत्कृष्ट टिम छनोट गरेको दाबी गरे । अखिल नेपाल फुटबल संघ एन्फाबाट प्रशिक्षकको जिम्मेवारी पाए लगत्तै उनले टिम बनाएका हुन् ।
प्रशिक्षणमा डाकिएका खेलाडीहरु
विकास खवास, विकास तामाङ, सेसेहाङ आङदेम्बे, नवयुग श्रेष्ठ, तेज तामाङ, आभाष लामिछाने, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, देवेन्द्र तामाङ, रञ्जित धिमाल, पुजन उपरकोटी, सुदीप गुरुङ सुरजज्यू ठकुरी, सुजल श्रेष्ठ, एरिक विष्ट, बिमल घर्ती मगर, अञ्जन विष्ट, मनिष डाँगी, सुनिल बल, आशिष चौधरी, रितक खड्का, आयुष घलान, सन...
ट्वीटरका संस्थापक ज्याक डोर्सीले आफ्नै नयाँ सामाजिक सञ्जाल ल्याउने भएका छन्। उनले आफ्नो नयाँ सामाजिक सञ्जालको नाम ब्लुस्काई हुन सक्ने संकेत गरेका छन ।
डोर्सीले गत साता नै ब्लुस्काईको अर्थ सम्भावनाको ठूलो क्षेत्र हुने उल्लेख गरेका थिए। उनले सुरुमा यसलाई सहयोग गर्नको लागि मानिसहरुलाई आग्रह गरेका छन्।
डोर्सीले पछिल्लो समय ट्वीटरबाट असन्तुष्ट रहेका मानिसहरुलाई आफ्नो सामाजिक सञ्जालमा आउन आग्रह गर्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। अर्बपति इलोन मस्कले ट्वीटर खरिद गरेसँगै ट्वीटरप्रति धेरै मानिस असन्तुष्ट पनि बनेका छन्।
ब्लुस्काई कम्पनीले प्रेस विज्ञप्ति जारी गरेर अहिले नयाँ सामाजिक सञ्जालको परीक्षणको काम भइरहेको जानकारी दिएको हो।
कम्पनीले यस विषयमा धेरै पक्षसँग सहकार्य गरेर अघि बढ्नुपर्ने जरुरी रहेको बताएको छ। बेटा परीक्षणको क्रममा यसले कसरी काम गर्छ भन्ने व...
विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले ट्वीटरको निलो चरालाई ४४ अर्ब डलरमा खरिद गरेका छन् । उक्त चरालाई स्वतन्त्रता प्रदान गर्नका लागि आफूले खरिद गरेको मस्कको जिकिर छ । तर अहम् प्रश्न यो छ कि मस्कको स्वामित्वमा आएपछि ट्वीटर वास्तवमा स्वतन्त्र भयो कि एकजना व्यक्तिको पिंजडामा कैद भयो ? अर्को सवाल चाहिँ के एलन मस्कले ट्वीटरका माध्यमबाट संसारलाई बदल्न सक्लान् ?
ट्वीटर सम्झौताको पूरा कहानी
यी प्रश्नहरुको जवाफ जान्नका लागि सबैभन्दा पहिले एलन मस्कको ट्वीटर खरिद सम्झौतालाई विस्तृत रुपमा जान्नु आवश्यक हुन्छ । यसको सुरुवात गत अप्रिल महिनामा भएको थियो जब मस्कले पहिलो पटक ट्वीटर खरिद गर्न चाहेको घोषणा गरे।
त्यसका लागि उनले ट्वीटरका अन्य शेयर होल्डरहरुलाई एक अफर दिएका थिए । र, त्यो अफर निकै सरल थियो । एलन मस्कको चाहना चाहीँ ट्वीटरका सबै शेयर सदस्यहरुले उनीहरुसँग भएको कम्पनीको ...