नयाँ जनवाद, समाजवाद हुँदै साम्यवादको उदात्त आदर्श प्राप्तिका लागि हामीले जनयुद्धको थालनी गरेका थियौं : माेहन वैद्य “किरण”
आज देशैभर जनयुद्ध दिवस मनाउँदै हुनुहुन्छ, जनयुद्धको एकजना पहलकर्ताको हैसियतले यसको आवश्यकता, महत्व र औचित्यमाथि प्रकाश पारिदिनुस् न ?–सर्वप्रथम त यहाँहरुलाई जनयुद्धको शुभकामना छ । यही मिडियामार्फत् सबै कमरेडहरु, शुभेच्छुकहरु र आम जनतामा जनयुद्ध दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
जनयुद्ध नेपालमा सामन्तवाद, विस्तारवाद र साम्राज्यवादद्वारा हुँदै आएको उत्पीडनका विरुद्ध देशलाई अर्धसामन्ती, अर्धऔपनिवेशिक अवस्थाबाट मुक्त गरेर नयाँ जनवाद, समाजवाद हुँदै साम्यवादको उदात्त आदर्श प्राप्तिका लागि हामीले जनयुद्धको थालनी गरेका थियौं । यसको औचित्य के छ भन्ने जहाँसम्म प्रश्न छ– वास्तवमा शोषित पीडित तथा सर्वहारा वर्ग, किसान, मजदुर, महिला, दलित, मधेसी, आदिवासी जनजाति, मुस्लिम, उत्पीडित क्षेत्रका जनता लगायत राष्ट्रिय पुँजीपतिवर्गसम्मको मुक्तिको लागि, राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित समस्याह...