१८ मंसिर २०८२, बिहीबार

राजनीति

समाजवादी माेर्चाले आज बुद्धिजीवी संग अन्तरक्रिया र पत्रकार सम्मेलन गर्ने

समाजवादी माेर्चाले आज बुद्धिजीवी संग अन्तरक्रिया र पत्रकार सम्मेलन गर्ने

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :नेकपा माओवादी केन्द्र , नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी  र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित समाजवादी मोर्चा नेपालले प्रतिगामी हर्कतलाई असफल बनाउन बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रियाका साथै विरोध सभा र प्रदर्शन गर्ने निर्णय गरेको गरेको छ । शुक्रबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रियाका साथै हजारौं जनता सडकमा उतारेर प्रतिगामी हर्कतको विरुद्धमा विरोध सभा र प्रदर्शन गर्ने निर्णय गरेको हो । मोर्चाको बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले भने – ‘पछिल्लो परिस्थितिको समीक्षा गरेका छौँ । विषय धेरै गम्भीर छ । परिस्थिति एकपछि अर्को जटिल बन्दै गएको छ । जटिल बनाउने कसरतहरू भइरहेका छन् । कार्यक्रमको बारेमा केही स...
नैतिकताको पाठ पढाउने पाठशाला मै नैतिकता नै च्युत हरण, दल निकट ईकाइ अध्यक्ष निर्वाचन प्रमुख

नैतिकताको पाठ पढाउने पाठशाला मै नैतिकता नै च्युत हरण, दल निकट ईकाइ अध्यक्ष निर्वाचन प्रमुख

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
बुटवल : त्रिभुवन बहुमुखी क्याम्पस पाल्पालाई पश्चिम नेपालकाे शैक्षिक धराेहरकाे केन्द्रकाे रुपमा मानिन्छ । काठमाडौं पछिकाे विज्ञान बिषयकाे पढाइ हुने थलो पनि हाे । जहाँबाट देश विदेश हाक्ने उच्च नैतिकताको छवि भएका कर्मचारी, नेता, ईन्जिनियर, पाईलट र कर्मचारीहरु जन्मि रहेका छन् । जहाँ अहिले पनि उच्च नैतिकताकाे पाठ पढाईन्छ तर यतिबेला उक्त क्याम्पसमा नैतिकता कै च्युत हरण भएको छ । आउदै गरेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लिएर विभिन्न निर्वाचन समिति, समन्वय समिति बनाउदै स्वतन्त्र विद्यार्थी युनियनकाे मापदण्ड सहित सुचनाहरु जारी गर्ने, संगठन दर्ता गर्ने, मतदाता नामावली प्रकाशित गर्ने काम देशै भरिका क्याम्पसहरुमा धमाधम चलिरहेको छ । कुनै पनि निर्वाचनलाई स्वच्छ , निष्पक्ष र धाँधलीरहित बनाउन स्वतन्त्र व्यक्तिलाई निर्वाचनको जिम्मेवारी दिइन्छ । पश्चिम नेपालको ऐतिहासिक क्याम्पस त्रिभुवन बहुमुख...
महासचिव समरजंङ्गद्वारा ११५ औँ अन्तर्राष्ट्रिय श्रमिक नारी दिवसको शुभकामना ब्यक्त

महासचिव समरजंङ्गद्वारा ११५ औँ अन्तर्राष्ट्रिय श्रमिक नारी दिवसको शुभकामना ब्यक्त

Breaking News, अन्तर्राष्ट्रिय, मनाेरन्जन, राजनीति, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार
काठमाडौं : समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव पुर्ण बहादुर सिंह "समरजंग"ले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकाे अवसरमा शुभकामना ब्यक्त गरेका छन्। आज ११५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस काे सन्दर्भमा एक प्रेस वक्तब्य मार्फत शुभकामना ब्यक्त गरेका हुन । महासचिव समरजंङगद्वारा हस्ताक्षरित जारी वक्तव्यमा भनिएकाे छ - "जनउत्तरदायी समाजवादी कम्युनिस्ट पार्टी नेपाल -नेपाल लगायत संसार भर न्यायका लागि लडिरहेका सामन्तवाद,नव ओैपनिवेसिक पुजीवाद दलाल संसदीय ब्यवस्थाबाट उत्पिडित सम्पुर्ण श्रमिक महिलाहरूलाई हार्दिक शुभकामना सहित क्रान्तिकारी अभिवादन व्यक्त गर्दछौं । सबैखाले शाेषण,दमन,उत्पिडनका विरुद्ध वैज्ञानिक समाजवाद - साम्यवाद स्थापनाका लागि निरन्तर वर्गसंघर्षमा लामबद्ध भईरहन र वैज्ञानिक समाजवादी जनक्रान्तीकाे बाटाेमा अग्रसर हुन हार्दिक आह्वान गर्दछाै । समाजका श्रमिक -उत्पिडित वर्ग र विश...
प्रेस सेन्टर नेपाल जाजरकोटकाे अध्यक्षमा लाेकेन्द्र बिक्रम शाही निर्वाचित

प्रेस सेन्टर नेपाल जाजरकोटकाे अध्यक्षमा लाेकेन्द्र बिक्रम शाही निर्वाचित

Breaking News, राजनीति, राष्ट्रिय, समाचार, सुचना संचार
जाजरकोट :नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपाल जाजरकोट शाखाको अध्यक्षमा लोकेन्द्र विक्रम शाही सर्वसम्मत निर्वाचित भएका छन् । बुधबार सम्पन्न संगठनको पाँचौं जिल्ला अधिवेशन बाट शाही पुनः अध्यक्षमा निर्वाचित भएका हुन्, उपाध्यक्षमा निर्मला थापा, सचिवमा मोहनजंग शाही, सह सचिवमा जुना परियार र मधुकर नेपाली सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका संयोजक तथा पत्रकार महासंघका केन्द्रीय सदस्य दीपेन्द्र शर्माले जानकारी दिए । कोषाध्यक्ष र अर्काे उपाध्यक्ष पद खाली राखिएको छ । जसमा केही भूगोल मिलाएर पहिलो बैठक बाट निर्वाचित गरिने जनाईएको छ । १७ सदस्सीय जिल्ला कमिटी निर्वाचित गरिएको छ ।...
अधुरै छन सहिदका सपनाहरु – हस्त बहादुर के सी

अधुरै छन सहिदका सपनाहरु – हस्त बहादुर के सी

राजनीति, विचार
” विचारधारात्मक तथा राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सबै थोकको निर्धारण गर्दछ । जब पार्टीको कार्यदिशा सही हुन्छ त्यो बेला सबै चीज प्राप्त हुन्छन् , यदि अनुयायीहरु छैनन् भने ती पनि प्राप्त हुनसक्छन् । यदि बन्दुकहरु छैनन् भने ती पनि प्राप्त हुनसक्छन् , यदि राजनीतिक सत्ता छैन भने त्यो पनि त्यो पनि प्राप्त हुनसक्छ , यदि यसको कार्यदिशा गलत छ भने भएका पनि सबै गुम्छन् । कार्यदिशा भनेको जालको डोरी हो जब त्यो तानिन्छ पुरै जाल खुल्दछ ।”                                          – माओ त्सेतुङ , Mao : The documents of the proletatian Cultural Revolution in China Vol. 1, P. 283 , Antararashtriya prakashan 127 , New Avas  Vikas Colony Saharanpur  2008. (१) विषय प्रवेश :  महान् नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर वैज्ञानिक समाजवाद हुदै महान् वैज्ञानिक साम्यवादसम्म पुग्ने उद्श्येका साथ ...
समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव (समरजंग)सहिद परिवारलाई भेटघाट तथा संगठन निर्माणमा ब्यस्त

समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव (समरजंग)सहिद परिवारलाई भेटघाट तथा संगठन निर्माणमा ब्यस्त

Breaking News, राजनीति, राष्ट्रिय, विचार, संस्कृति, समाचार
काठमाडौं : समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव (समरजंग) सहिद सप्ताहकाे अवसरमा सहिदका परिवारलाई अभिनन्दन ,सम्मान तथा संगठन निर्माणमा तिब्रता दिईरहेका छन । समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव पुर्ण बहादुर सिंह "समरजंग" सहिद सप्ताहकाे अवसरमा लुम्बिनी र गण्डकीका विभिन्न जिल्लाहरुमा पुगेर जनयुद्ध,जनआन्दोलन, एकीकृत जनक्रान्ति र विभिन्न आन्दोलनमा विरगति प्राप्त गर्ने सहिदहरुका आफन्तलाई भेटेर अभिनन्दन तथा सम्मान ब्यक्त गरेका छन । साथमा स्थायी कमिटी सदस्य विनाेद थापा "अवशेष " "पाेलिटब्युराे सदस्य मुक्ति राम गैरे "दिग्दर्शन",केन्द्रीय सदस्य अर्जुन वलि "टाइगर" लगायतको टाेलि सहिद सप्ताहको अवसरमा लुम्बिनी र गण्डकीका बिभिन्न जिल्लाहरुमा संगठन निर्माण र सहिद परिवार भेटघाट तथा अभिनन्दन कार्यक्रममा तिब्र रुपमा लागिपरेका छन्। गत माघ १६-१९ गते सम्म लुम्बिनी प्रदेशको रुपन्देहीमा सम्पन्न पार्ट...
समाजवादी कम्युनिस्ट पार्टीद्वारा सहिद परिवारलाई सम्मान

समाजवादी कम्युनिस्ट पार्टीद्वारा सहिद परिवारलाई सम्मान

Breaking News, राजनीति, राष्ट्रिय, विचार, संस्कृति, समाचार
काठमाडौं : समाजवादी कम्युनिस्ट पार्टी नेपालले सहिद, बेपत्ता,याेद्धा, घाइते अपांग परिवारलाई स्मरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेकाे छ । सहिद सप्ताहकाे पहिलाे दिन फागुन १४ गतेकाे दिनलाई बिशेष स्मरणकाे रुपमा मनाउँदै जनयुद्धका प्रथम सहि दिल बहादुर रम्तेल लगायत  जनयुद्ध,एकीकत जनक्रान्ति र विभिन्न आन्दोलनमा सहादत प्राप्त गर्ने महान सहिद र बेपत्ता याेद्धाहरुकाे स्मरण गर्दै उनका परिवारलाई सम्मान स्वरुप उक्त कार्यक्रम आयाेजना गरियकाे गरियकाे हाे । पार्टीका स्थायी कमिटी सदस्य विनयराजकाे विशेष उपस्थितिमा र पार्टीका पाेलिटब्युराे सदस्य, केन्द्रीय सदस्य केन्द्रीय, संगठन परिषद्का सदस्यहरु काे उपस्थितिमा जनयुद्ध, एकीकृत जनक्रान्ति लगायत विभिन्न आन्दोलनको क्रममा सहादत प्राप्त गर्ने महान सहिदलाई स्मरण गर्दै उनका परिवारलाई सम्मान गरियकाे थियाे ।    ...
माओवादी केन्द्र कुशे गाउँपालिकाकाे अध्यक्षमा हरिचन्द्र जैशी

माओवादी केन्द्र कुशे गाउँपालिकाकाे अध्यक्षमा हरिचन्द्र जैशी

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
जाजरकोट : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)कुशे गाउँपालिका जाजरकोटकाे अध्यक्षमा हरिचन्द्र जैशी सर्बसम्मत चयन भएका छन् । बिहीबार देखि शुक्रबार सम्म कुशे गाउँपालिकाकाे वडा नम्बर २ टालेगाउँमा भएको पालिका अधिवेशनले हरिचन्द्र जैशीलाई चयन गरेको हो । अधिवेशनले जैशीको अध्यक्षतामा ३५ सदस्यीय गाउँ कमिटी गठन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा विकास रोकाया,उपाध्यक्षमा प्रेमजंग शाही र गोरख बहादुर नेपाली रहेका छन । त्यस्तै सचिवमा चण्डिका आर.सी, सह सचिवमा धन बहादुर सिंह, कोषाध्यक्षमा गोरख बहादुर सिंह रहेको नेकपा माओवादी केन्द्रका कुशे इन्चार्ज जनकराज गौतमले जनाएका छन् । गौतमका अनुसार दुई दिनसम्मा चलेको अधिबेशनले सर्वसहमत पालिका नेतृत्व चयन गरेको हो । पालिका अधिवेशनका लागि अतिथिका रुपमा टेक बहादुर रावल, गणेश प्रसाद सिंह, ढकविर राना, ईमाश्वर देवकाेटा, पार्वती थापा लगायत पार्टीका केन्द्रीय,प्रद...
यो.. प्रजातन्त्र दिवस होइन,कालो दिन हो :समरजंग

यो.. प्रजातन्त्र दिवस होइन,कालो दिन हो :समरजंग

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं : समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव पुर्ण बहादुर सिंह "समरजंग"ले प्रजातन्त्र दिवस भनेको कालाे दिन भएको बताएका छन्। आज काठमाडौंकाे गाेगंबुमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघकाे आठाैं राष्ट्रिय सम्मेलन समितिकाे तयारी वैठकका क्रममा यस्तो बताएका हुन् उनलेे भने आज कै दिन बिक्रम सम्बत् २००७ फागुन ७ गते दिल्लीमा राणा, काँग्रेस र राजाले सम्झौता गरि नेपाली स्वाभिमानी सत्ता हस्तान्तरण गरि उसको ईच्छामा प्रजातन्त्र स्थापनाकाे गरि औंपचारिक रुपमा दलाल बनेको जिकिर गरे । उनले यस्तो दलाल सत्ताद्भारा सिर्जित नेपाली अर्थसम्बन्धलाई हल गर्ने बाटो भनेको अब वैज्ञानिक समाजवादी जनक्रान्ति भएको बताए । जबसम्म राजनीतिक क्रान्ति सम्पन्न हुदैन तबसम्म नेपाली समाज परिवर्तन हुन नसक्ने बताएका छन् । उनले "अन्तर्राष्ट्रिय परिस्थिति अमेरिकी राष्ट्रपति ट्रम्प पुनः निर्वाचित भए पछि नयाँ ढंगले ...
भारतमा भयकाे नेपाली प्रकृति लम्सालकाे घटना बारे अखिल क्रान्तिकारीद्वारा घाेर भत्सर्ना

भारतमा भयकाे नेपाली प्रकृति लम्सालकाे घटना बारे अखिल क्रान्तिकारीद्वारा घाेर भत्सर्ना

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं :समाजवादी कम्युनिष्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले भारतमा भएको नेपाली विद्यार्थी प्रकृति लम्साल मृत भेटिएको घटना र सो घटनामा नेपाली विद्यार्थीमाथि गरिएको दमनको कडा विरोध जनाएको छ । सो संगठनका अध्यक्ष मुक्ति गैरेले आज एक विज्ञप्ति जारी गर्दै घटनाप्रति विरोध जनाएका हुन् । विज्ञप्तिमा गैरेले दोषीमाथि कडा कारवाहीको माग पनि गरेका छन् । लम्साललाई दिइएको मानसिक यातनामाथि कलेजले बेवास्ता गरेको भन्दै प्रमाण सहित किटान जाहेरी दिंदा पनि कारबाही दोषीमाथि नगरिनु कलेज प्रशासनको गम्भीर लापरबाही र बेवास्ता गरिएको पुष्टि भएको विज्ञप्तिमा भनिएको छ । मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दै गैरेले उक्त घटनाको न्यायका पक्षधर विद्यार्थीहरु माथि गरिएको दमनप्रति खेद प्रकट गरेका छन् । साथै उनले देश तथा विदेशमा रहेका आफ...