जाजरकोट । कर्णाली प्रदेश अन्तरगत जाजरकोट जिल्ला बारेकाेट गाउपालिकामा सत्ता गठबन्धनको आमसभा सम्पन्न भयकाे छ । आगामी प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि जाजरकोटमा दुई दल : माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन भयकाे छ । सभामा प्रमुख अतिथि शक्ति बहादुर बस्नेत र अन्य अतिथिहरुले सम्बाेधन गरेका थिय ।...
काठमाडौँ, आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तीन वटा प्रदेशमा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर र काठमाडौँ जिल्लामा मतपत्र ढुवानी भएको छ
प्रदेश १, मधेस र बागमती प्रदेशका सबै जिल्लाका सबै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भइसकेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड २२ लाख २५ हजार मतपत्र ढुवानी भएको आयोगले जनाएको छ । प्रदेश सभातर्फ एक करोड १४ लाख ९९ हजार तथा प्रतिनिधिसभाका लागि एक करोड सात लाख २६ हजार मतपत्र रहेका छन् ।
ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, भोजपुर, सङ्खुवासभा, धनकुटा, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सिराहा, सप्तरी, धनुषा, महोत्तरी, नुवाकोट, रसुवा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्...
हरिवन : नेकपा (बहुमत) का संयोजक कञ्चनले संसदीय प्रणालीको चुनावमा भाग लिएर जित्नु भनेको देश लुट्ने लाइसेन्स प्राप्त गर्नु रहेको बताएका छन् । सर्लाहीको हरिवनमा आइतबार चार वामपन्थी दलद्वारा आयोजित अवज्ञा/बहिष्कार सभामा सम्बोधन गर्दै संयोजक कञ्चनले भने, ‘संसदीय चुनावमा हरेक नेपाली नागरिक र सुकुमबासी जनताले धेरैपटक भोट हाले । नेताहरू पटकपटक जितेर गए तर ६० लाख सुकुमबासी तथा नेपाली नागरिकको व्यवस्थापन गर्नुको साटो मिटरब्याजी, भ्रष्ट जनप्रतिनिधि, माफियाहरूको योजनामा कुमार पौडेललगायत गरिबको अवाज उठाउने धेरैको हत्या गरियो । त्यसैले जितेर गएकाहरूले नै लाखौँ सुकुमबासीको पेटमा लात हानेर कुमारहरूको हत्या गरेका हुन् । मानवअधिकार आयोगले समेत अपराधी घोषणा गरिसकेकाहरूलाई नेपालका कानुन र प्रहरीले किन देखेनन् ? हत्यारा र अपराधीहरूलाई कारबाही गर्नुको साटो उल्टै हाम्रो पार्टीका धेरै नेता–कार्यकर्ताहरूलाई ती...
३१ असोज, काठमाडौं । भारतीय कांग्रेस पार्टीको अध्यक्ष पदका लागि आज चुनाव हुँदैछ । करिब ९ हजार २ सय पार्टी प्रतिनिधिहरूले त्यसका लागि मतदान गर्नेछन् ।
अध्यक्ष पदमा यसपटक गान्धी परिवारभन्दा बाहिरबाट मात्रै उम्मेदवारी परेको छ । कांग्रेस आईका वरिष्ठ नेता शशि थरुर र मल्लिकार्जुन खड्गे अध्यक्ष पदका लागि प्रतिस्पर्धामा छन् । दुबै गान्धी परिवारसँग निकट मानिन्छन् ।
> मतदान स्थानीय समय अनुसार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ । यसको नतिजा १९ अक्टोबरमा सार्वजनिक हुने समाचार एजेन्सी एएनआईले जनाएको छ सन् २०१९ को आम निर्वाचनमा पार्टी पराजय भएपछि राहुल गान्धीले अध्यक्ष पदबाट राजीनामा दिने क्रममा नै अबदेखि गान्धी परिवारबाट कोही पनि अध्यक्ष नहुने बताएका थिए ।गान्धी परिवार बाहिरबाट अध्यक्ष चयन हुने
राहुलले २०१७ मा अध्यक्षको जिम्मेवारी सम्हालेपछि सम्पन्न निर्वाचनमा पार्टीले लगातार दोस्रोपटक हा...
३१ असोज, काठमाडौं । लडेकाजति कुनै चुनाव नहारेका नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले यसपाली टिकट नै पाएनन् । सिन्धुलीबाट २०७० र २०७४ का दुई चुनाव जितेका गजुरेल फेरि पनि चुनाव लड्न चाहन्थे तर हाललाई उनको संसदीय राजनीतिको यात्रामा ‘ब्रेक’ लागेको छ ।
यसबाट असन्तुष्ट बनेका गजुरेलले भने आफूले टिकट नपाउनुको स्पष्ट कारण नदिएसम्म चुनावी गतिविधिमा सहभागी नहुने अडान लिएका छन् ।
स्थानीय तह, निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश हुँदै केन्द्रसम्म गजुरेल र जिल्ला इन्चार्ज लेखनाथ दाहाल (राजन)को नाम सिफारिस भएको थियो । तर, अन्तिममा टिकट भने राजनले नै पाए ।
गजुरेलले जिल्लाबाटै आफूलाई जबरजस्ती रोक्न खोजेकोरुपमा बुझेका छन् । ‘उहाँविरुद्ध नांगो गुटबन्दी भयो,’ गजुरेल निकट एक नेता भने, ‘गाउँपालिकाका नेताहरुलाई थर्काएर एउटा मात्...
काठमाडौँ : नेकपा (बहुमत) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले श्रमजीवी जनतामाथि काठमाडौँ महानगर प्रहरी र मेयर बालेन शाहका क्रियाकलापले सीमा नाघेको भन्दै श्रमिक जनतालाई दलाल पुँजीवादी व्यवस्थाविरुद्ध लड्न र संसदीय चुनाव अवज्ञा गर्न आह्वान गरेको छ । महासङ्घका अध्यक्ष विनोद थापाले शनिबार साँझ विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यतिखेर राज्य दलाल पुँजीवादी संसदीय व्यवस्थालाई थप सुदृढ पार्न निर्वाचनमा जुटेको छ । संसद्वादी पार्टीहरूलाई चुनावी सरगर्मीले छोएको छ । मङ्सिर ४ गते हुन लागेको चुनावी नौटङ्कीले श्रमजीवी जनता आक्रान्त बन्न पुगेका छन् ।’
श्रमिक–उत्पीडित जनतामाथि थोपरिएको ज्यादती उल्लेख गर्दै अध्यक्ष थापाले विज्ञप्तिमा भनेका छन्, ‘अहिलेको संसदीय व्यवस्थाले कसैको हित गर्न सक्दैन बरु यति बेला सर्वहारा, उत्पीडित श्रमिक वर्ग भने बिहान–बेलुकाको छाक कसरी टार्न सकिन्छ भन्ने पिर...
२९ असोज, सुर्खेत । चुनावी सरगर्मी बढेसँगै कर्णालीमा भावी मुख्यमन्त्री को भन्ने आकलन सुरु भएको छ । कतिपय उम्मेदवार आफैंले आफूलाई भावी मुख्यमन्त्रीको रुपमा प्रस्तुत गरेका छन् भने कतिपयलाई दलका अरु नेताहरुले सम्भावित भनेर औंल्याएका छन् ।
कतिपय मुख्यमन्त्री बन्ने आकांक्षासहित पुनः प्रदेशमै उम्मेदवार बनेका छन् भने कतिपय प्रतिनिधिसभा छाडेर प्रदेशमा झरेका छन् ।
अहिलेसम्म हेर्दा नेपाली कांग्रेसमा तीन तथा एमाले र माओवादीका दुई दुई उम्मेदवारलाई सम्भावित मुख्यमन्त्रीको रुपमा हेरिएको छ । यद्यपि कसैलाई पनि सम्बन्धित दलले भावी मुख्यमन्त्रीको उम्मेदवारका रुपमा अघि सार्ने औपचारिक निर्णय गरेका छैनन् ।
...
कपिलवस्तु: नेपाल कम्युनिस्ट पार्टीको नवौं महाधिवेशनको तेस्रो दिनको जारी बन्दसत्रमा आज राजनैतिक तथा विधान प्रतिवेदनमाथि समूह छलफल सकिएपछि समूहगत छलफलको सुझाव तथा टिप्पणी राख्ने क्रम सुरु भएको छ ।
महाधिवेशनको बन्दसत्रमा नेकपा महासचिव विप्लवले पेश गरेको राजनैतिक प्रतिवेदन र विधान प्रतिवेदन तथा सचिवालय सदस्य सन्तोष बुढा मगरले पेश गरेको जातीय उत्पीडन र मुक्तिका विषयमा समेटिएको प्रस्तावमाथि सुझाव तथा टिप्पणी संकलन गर्न २० वटा समूह विभाजन गरिएको थियो ।
प्रत्येक समूहहरुले आ-आफ्नो एकजना समूह लिडर चयन गरेर सुझाव तथा टिप्पणीहरु संकलन गरेका छन् र उक्त समुह लिडरले पालैपालो सुझाव तथा टिप्पणीहरु प्रस्तुत गरिरहेका छन् ।
एउटा समूह लिडरलाई १५ देखि २० मिनेटको समय तोकिएको छ । समयको हिसाबले भोलिसम्म समूहका लिडरहरुले आफ्नो सुझावहरु पेश गर्ने देखिएको छ । सुझाव प्रस्तुत गर्ने क्रम सकिएपछि...
जाजरकोट । जाजरकोटमा एक लाख भन्दा बढी मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालय जाजरकोटको तथ्यांक अनुसार १ लाख ३ हजार ३६३ मतदाता रहेका छन् । कार्यालयका निमित्त प्रमुख नविन कुमार कठायतका अनुसार कुशे गाउँपालिकामा ११ हजार ९ सय ५३ मतदाता छन् ।
जसमध्ये पुरुष ६ हजार ४ सय ६६ र महिला ५ हजार ४ सय ८७ छन् भने १७ वटा मतदान केन्द्र रहेका छन् । छेडागाड नगरपालिकामा २० हजार ६ सय २९ मतदाता रहेका छन् । महिला ९ हजार ६ सय २६ र पुरुष ११ हजार २ रहेका छन् भने २७ वटा मतदान केन्द्र छन्् । जुनीचाँदे गाउँपालिकामा ११ हजार ९ सय ४० मतदता रहेका छन् । जसमध्ये पुरुष ६ हजार ४ सय ४० र महिला ५ हजार ५ सय छन् भने १८ वटा मतदान केन्द्र रहेका छन् । नलगाड नगरपालिकामा १६ हजार ४ सय २७ मतदाता रहेका छन् । पुरुष ८ हजार ७ सय २८ र महिला ७ हजार ६ सय ९९ छन् भने २२ वटा मतदान केन्द्र रहेका छन् ।
यस्तै, भेरी नगरपालिकामा सबैभन्द...
जाजरकोट ।पछिल्लो डेढ दशकको निर्वाचन नतिजा हेर्ने हो भने जाजरकोटमा तीन दलबीच प्रतिस्पर्धा हुने गरेको छ ।
नेपाली कांग्रेस र नेकपा एमालेबीच हुँदै आएको प्रतिस्पर्धामा २०६४ देखि माओवादी केन्द्र मिसिएको छ । जिल्लाको राजनीति र निर्वाचनको नतिजा यिनै तीन दलका उम्मेदवारको वरिपरी घुम्ने गरेको छ ।०७४ अघि जाजरकोटमा दुई निर्वाचन क्षेत्र थिए । २०४८ सालमा भएको आम निर्वाचनमा क्षेत्र नं. १ मा कांग्रेसका द्वारिकाप्रसाद प्रधान र २ बाट एमालेका कृष्णबहादुर शाहीले जितेका थिए ।
२०५१ मध्यावधि निर्वाचन हुँदा दुवै क्षेत्र कांग्रेसले जित्यो । १ बाट झलकनाथ वाग्ले र २ बाट दीपकजंग शाह विजयी भए । यस्तै २०५६ सालको आम निर्वाचनमा कांग्रेस नतिजा शून्य भयो । १ बाट राप्रपाका गोविन्दविक्रम शाह र २ बाट एमालेका रत्नप्रसाद न्यौपानेले जिते ।
कांग्रेस–एमाले प्रतिस्पर्धालाई चिर्दै २०६४ सालको पहिलो संविधान सभा निर्व...