१६ श्रावण २०८२, शुक्रबार

राजनीति

घनश्याम भूसाललाई   प्रचण्डको फोन ?

घनश्याम भूसाललाई प्रचण्डको फोन ?

Breaking News, राजनीति, राष्ट्रिय, समाचार, सुचना संचार
२३ असोज, काठमाडौं । नेकपा एमाले परित्याग गरेका घनश्याम भूसालले रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने भएका छन् । स्वतन्त्र उम्मेदवार भएपनि उनलाई सत्ता गठबन्धनले समर्थन गर्ने भएको छ । भूसालले शनिबार मात्र एमालेमा नरहने घोषणा गरेका थिए । लगतै माओवादी नेताहरुले स्वतन्त्र रहने गरी आफ्नो दलको चुनाव चिह्न लिएर चुनाव लड्न आग्रह गरेका थिए । भुसालले भने आफू वाम एकताको मुद्दा उठाएवापत एमालेमा किनारामा पारिएकाले वाम एकताको झण्डा कायमै राख्ने बताए । बरु आफू स्वतन्त्र वाम उम्मेदवारको रुपमा रहने भन्दै समर्थनका लागि आग्रह गरेका थिए । आइतबार पत्रकारहरुसँग कुरा गर्दै भूसालले भने, ‘प्रस्तावका लागि माओवादीलाई धन्यवाद छ, प्रचण्डलाई धन्यवाद छ । तर मलाई स्वतन्त्र नै हुन दिनुस् भनें ।’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा...
बिभिन्न ८ शीर्षकमा मात्रै उम्मेदवारले खर्च गर्न पाउने

बिभिन्न ८ शीर्षकमा मात्रै उम्मेदवारले खर्च गर्न पाउने

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, शिक्षा, समाचार, सुचना संचार
२२ असोज, काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारले बिभिन्न ८ शीर्षकमा मात्रै खर्च गर्न पाउने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार मतदाता नामावली खरिद, प्रचार प्रसार सामग्री, गोष्ठी अन्तरक्रिया, सवारी साधन, दुवानी, अन्य प्रचार प्रसार, छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जाल समेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन शीर्षकमा उम्मेदवारले खर्च गर्न पाउनेछन् । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४, प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४, निर्वाचन आचारसंहिता २०७९ तथा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका २०७९ को प्रतिकूल नहुने गरी उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रको लागि आयोगले तोकेको खर्चको अधिकतम हदभित्र रही खर्च गर्न पाउँछन् । खर्चको सीमा पनि तोकियो निर्वाचन आयोगले उम्मेदवारहरूले गर्न पाउने खर्चको सीमा तोकेको छ । मतदाता संख्या, निर्वाचन क्...
प्रचण्ड र  डा. बाबुराम भट्टराई सँगै गोरखा जाने भएका छन् ।

प्रचण्ड र डा. बाबुराम भट्टराई सँगै गोरखा जाने भएका छन् ।

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार, सुचना संचार
२२ असोज, काठमाडौं । आसन्न निर्वाचनको उम्मेदवारी दर्ता गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई सँगै गोरखा जाने भएका छन् । प्रचण्डले गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराउँदैछन् । गोरखा २ बाबुरामको पनि क्षेत्र हो । यसअघि माओवादीको चुनाव चिह्नबाट बाबुरामले प्रतिस्पर्धा गर्ने भनिएको थियो तर अन्तिम समयमा माओवादी अध्यक्ष प्रचण्डले अघिल्लो पटक आफू निर्वाचित भएको चितवन क्षेत्र नम्बर ३ छाडेर गोरखा २ रोजेका थिए बाबुरामले मध्यरातमा ट्वीट गर्दै प्रचण्ड गोरखाबाट चुनाव लड्नुमा ठूलो सांकेतिक महत्व रहेको भन्दै उनलाई अन्तर हृदयदेखि स्वागत गरेको बताएका छन् । भट्टराई आफैंले यो पटक प्रत्यक्ष चुनाव नलड्ने घोषणा गरिसकेका छन् । बाबुरामको सचिवालयका एक सदस्यले भोलि (आइतबार) उम्मेदवारी दर्ता गर्न प्रचण्ड र बाबुराम सँगै गोरखा जाने जानकारी दिए ।निर्वाचन आयोगले आइतबार ...
सुदूरपश्चिम प्रदेशमा एमालेको उम्मेदवार टुंगियो |

सुदूरपश्चिम प्रदेशमा एमालेको उम्मेदवार टुंगियो |

Breaking News, राजनीति, राष्ट्रिय, समाचार, सुचना संचार
२१ असोज, काठमाडौं । नेकपा एमालेले सूदुरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवार लगभग टुंगो लगाएको छ । एमाले स्रोतका अनुसार, डडेलधुरामा एमालेले बीपी कांग्रेसका कर्ण मल्ललाई समर्थन गर्ने निर्णय गरेको छ भने केही प्रदेशसभा सदस्य अन्य दलका लागि छोडिएको छ । बाँकी क्षेत्रको उम्मेदवार भने टुंगिएको छ । ती स्रोतका अनुसार, प्रतिनिधिसभा सदस्यमा बाजुरामा कर्ण थापा, बझाङमा ऐन महर, दार्चुलामा गणेश ठगुन्ना, बैतडीमा दामोदर भण्डारी, डोटीमा गौरी ओली, अछाम–१ मा झपट बोहोरा र अछाम–२ बाट यज्ञ बोगटीले टिकट पाएका छन् । कञ्चनपुर–१ बाट तारा लामा, २ बाट नरबहादुर धामी र ३ बाट निरु पालले टिकट पाएका छन् । कैलाली–१ मा टपेन्द्र रावल, २ मा झपड रावल, कैलाली ३ मा गौरीशंकर चौधरी, कैलाली ४ मा लेखराज भट्ट र ५ बाट नारदमुनि रानाले टिकट पाएका छन् । प्रदेशसभातर्फ पनि उम्मेदवार टुंगिएको छ । तर राप्रपा ...
दलबदल र कित्ता परिवर्तनले राजनीति फगत व्यापारमा झर्‍योः डा. भट्टराई

दलबदल र कित्ता परिवर्तनले राजनीति फगत व्यापारमा झर्‍योः डा. भट्टराई

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार, सुचना संचार
२१ असोज, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चुनाव नजिकिंदै गर्दा नेपाली राजनीति थप पातालतिर धसिंदै गएको टिप्पणी गरेका छन् । विहीबार राति एक ट्वीट गर्दै डा. भट्टराईले लेखेका छन्, ‘चुनाव नजिकिंदै गर्दै नेपाली राजनीति पातालतिर धसिंदै जानु अति दुःखद छ ।’यसै साता सत्ता राजनीतिबाट टाढा रहने घोषणा गरेका भट्टराईले भनेका छन्, ‘यो अवसरवादको आँध्यारोमा निष्ठाको जुनकिरी बन्ने साहस गरौं ।’ बालुवाटारमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूबीच सिट बाँडफाँडमा सहमति नजुटेपछि जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव नेकपा एमालेसँग वार्ता गर्न गएको सन्दर्भमा भट्टराईले यस्तो टिप्पणी गरेका हुन् । ‘एक थान चुनावी सिटका लागि घोषित सिद्धान्त,आदर्श सबै त्यागेर र जनताको बलिदानलाई लात हानेर दलबदल र कित्ता परिवर्तन गर्नु राजनीतिलाई फगत व्यापारमा झार्नु ...
हुम्लाका छक्क लामा एमालेमा प्रबेश

हुम्लाका छक्क लामा एमालेमा प्रबेश

Breaking News, राजनीति, राष्ट्रिय, समाचार, सुचना संचार
काठमाडौं । कर्णाली प्रदेश अन्तरगत हुम्ला जिल्लाका प्रतिनिधि सभा सदस्य माओवादी नेता छक्क लामा एमालेमा प्रवेश गरेका छन ।
कर्णाली प्रदेश कमिटी सदस्य नेप बहादुर कुवर र क्षितिज मल्ल माओवादी केन्द्र मा प्रवेश ।

कर्णाली प्रदेश कमिटी सदस्य नेप बहादुर कुवर र क्षितिज मल्ल माओवादी केन्द्र मा प्रवेश ।

Breaking News, राजनीति, राष्ट्रिय, समाचार, सुचना संचार
काठमाडौं । नेकपा (एमाले ) कर्णाली प्रदेश कमिटी सदस्य द्दाेय नेप बहादुर कुवर र क्षितिज मल्ल माओवादी केन्द्र मा प्रवेस गरेका छन ।
माओवादी केन्द्र ले कृष्ण महराकाे नाम समानुपातिक बाट हटायाे।

माओवादी केन्द्र ले कृष्ण महराकाे नाम समानुपातिक बाट हटायाे।

Breaking News, राजनीति, राष्ट्रिय, समाचार, सुचना संचार
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिक सुचिवाट हटायकाे छ ।आज निर्वाचन आयाेगकाे कार्यलयमा समानुपातिककाे नाम पेस गर्दा महराकाे नाम हटाईयकाे एक नेताले बताय ।
डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा चुनाव नलड्ने

डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा चुनाव नलड्ने

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
१७ असोज, काठमाडौं/ पूर्व प्रधानमन्त्री एवम् नेसपा अध्यक्ष डा. बाबुराम ट्टराईले प्रतिनिधिसभा चुनाव नलड्ने बताएका छन् । गोरखाली मतदातालाई धन्यवाद दिंदै उनले लेखेका छन्, ‘आगामी २०७९ मंसीर ४ को प्रतिनिधिसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु ।’ यसअघि डा. भट्टराईले आगामी प्रतिनिधि सभा निर्वाचन माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने निर्णय गरेका थिए । २०६४ र २०७० को संविधानसभा र २०७४ को प्रतिनिसभा चुनाव जितेका भट्टराईले चुनाव नलडे पनि आफूले राजनीति नछाड्ने बताएका छन् । उनले लेखेका छन्, ‘चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन !’ चुनाव नलडेपछि आफू पार्टीको काम र जनताको सेवामा निरन्तर लागिरहने उनले लेखेका छन् । ‘चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन ! कतिपय मानिसहरूले जानेर नजानेर त्यस्तो सोच्न/भन्न सक्छन् । सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राज...
इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश

इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
१६ असोज, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आइतबार बिहान चौधरीसहित नेकपा एमालेका नेता–कार्यकर्ताहरुलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्वागत गरे । इटहरी १७ घर भएका चौधरी २०४१ सालदेखि अनेरास्ववियुमा संगठित भएर राजनीतिमा लागेका थिए । २०७२ सालमा एमाले सुनसरी जिल्ला अध्यक्ष अध्यक्ष भएका उनी २०७४ को स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए । त्यसअघि २०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचनमा उनी एमालेको समानुपातिक उम्मेदवार समेत थिए ।...