लुम्बिनी मेडिकल कलेजलाई अखिल(क्रान्तिकारी) ले दियो ८ बुँदे मागपत्र,तीन दिनकाे अल्टिमेटम
बुटवल :लुम्बिनी मेडिकल कलेज एण्ड रिसर्च सेन्टर, प्रभास पाल्पालाई अखिल(क्रान्तिकारी) पाँच नम्बर प्रदेश संगठन समितिले ८ बुँदे मागपत्र पेश गरेको छ ।
बुधबार माेहन वैध "किरण" नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल निकट अखिल नेपाल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) ले मेडिकल कलेजमा पुगि उक्त मागपत्र बुझाएको छ । मागमा मेडिकल कलेजमा अध्ययनरत MBBS एवम् अन्य विद्यार्थीसंग अनावश्यक फाइन तथा अतिरिक्त शुल्कको नाममा लिइएको लाखौ शुल्क फिर्ता गर्नुका साथै त्यस्ता शुल्क लिन अन्त्य गर्नुपर्ने,कमिशनका कारण फार्मेसीबाट लिइने औषधी सेवाग्राहिहरुलाई महङ्गो पर्न गएकोले औषधिमा लिइएको चकों शुल्क खारेज गर्नुका साथै वार्डमा उपचारत बिरामीहरुलाई आर्थिक टचर गरिरहेको जनगुनासो व्यापक रहेको हुँदा यस्ता बिषयमा हस्पिटल संचालक सचेत हुन,लुम्बिनी मेडिकल कलेज एन्ड रिसर्च सेन्टरमा MBBS पास भएका वि...









