वर्तमान नेपालको संकट र दिगो निकासको खोजी: चेतनाथ चाैलागाई
✍️..नेपाल आज राजनीतिक रूपमा गणतान्त्रिक संरचनामा उभिएको छ, तर व्यवहारिक रूपमा गम्भीर संक्रमण र अस्थिरताको चक्रमा फसेको देखिन्छ। विगतका आन्दोलन, परिवर्तन र त्यागहरूले जनतालाई समृद्धि, सुशासन र पारदर्शिताको सपना देखाएका थिए। तर यथार्थमा आज आम नागरिक निराशा, अन्योल र असन्तुष्टिको अवस्थामा पुगेका छन्।
राजनीतिक असफलताको श्रृंखला-
२००७ सालपछिको बहुदलीय अभ्यासदेखि लिएर माओवादी जनयुद्ध र त्यसपछि स्थापित गणतान्त्रिक व्यवस्थासम्म आइपुग्दा, देशले अनेक राजनीतिक प्रयोगहरू भोगिसकेको छ।
तर मूल प्रश्न यथावत् छ—
किन जनताको जीवनस्तर उकासिन सकेन ?
किन भ्रष्टाचार संस्थागत बन्दै गयो?
किन सरकारहरू टिकाउ बन्न सकेनन्?
आज अवस्था यस्तो छ कि सत्ता प्राप्ति नै दलहरूको अन्तिम उद्देश्य झैँ देखिन्छ। नीति, विचार र राष्ट्रहितभन्दा सत्ता समीकरण, गठबन्धन र पद बाँडफाँड प्रमुख प्राथमिकता बनेको छ। पर...









