कपन बानेश्वर ‘कबा’ को १४औँ वार्षिकोत्सवमा विभिन्न स्रष्टा सम्मानित तथा पुरस्कृत
- जयराम बिडारी
काठमाडौ / नेपालको पहिलो साहित्यिक साप्ताहिक पत्रिका ‘कपन बानेश्वर’ (कबा) ले आफ्नो स्थापनाको १४ औँ वार्षिकोत्सव मनाएको छ ।
वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहमा साहित्य, कला तथा पत्रकारिताका माध्यमबाट समाजमा पुर्याएको योगदानको कदर गर्दै विभिन्न स्रष्टा तथा व्यक्तित्वहरूलाई ‘कबा सम्मान तथा पुरस्कार २०८२’ अर्पण गरियो ।
वरिष्ठ साहित्यकार गङ्गा पौडेल संयोजक र कबाका स्तम्भकार एवं कवि त्रिलोचन आचार्य ,कबा साहित्यकार उपचार कोषका अध्यक्ष दुर्गा अधिकारी भमरकोटे सदस्य रहेको प्रतिभा चयन समितिको सिफारिसको आधारमा प्रतिभा चयन गरि पुरस्कृत र सम्मानित गरिएको थियो ।
साहित्य सदन रामहिटी बौद्धमा आयोजना गरिएको उक्त कार्यक्रममा उपस्थित अभ्यागतहरुलाई नै प्रमुख अतिथिको रुपमा स्विकार गरि कबा विशिष्ट सम्मानद्वारा विष्णु पन्त ,कबा सम्मान द्वारा वासुदेव पौडेल र शम्भु प्रकृति,...









