
भिटोफ-नेपालले जिबजिबेमा मनायो २२ औँ धान दिवस
- माधव घिमिरे 'अटल'
कालिका गापा तथा गाउँ पर्यटन प्रवर्धन मञ्च-नेपाल (भिटोफ-नेपाल)को संयुक्त तत्त्वावधानमा २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव- २०८२ सम्पन्न भएको छ । 'धान बालीमा सघनता: खाद्य सुरक्षा र आत्मनिर्भरता' नाराका साथ रसुवा जिल्लामा कालिका गापाको जिबजिबे स्थित गैरीखेतमा मनाइएको उक्त महोत्सवमा पर्यटन व्यवसायी कृषक तथा सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।
भिटोफ-नेपालकी अध्यक्ष सकुन्तला देवकोटाले अध्यक्षतामा सञ्चालित सो महोत्सवका प्रमुख अतिथि हुनुहुन्थ्यो- प्रतिनिधि सभाका सदस्य माननीय ई. मोहन आचार्य । यसैगरी विशेष अतिथिहरूमा जिल्ला समन्वय समितिका प्रमुख अशोक घिमिरे र गापा अध्यक्ष हरिकृष्ण देवकोटा हुनुहुन्थ्यो ।
यसैगरी अन्य अतिथिहरूमा नेपाली काँग्रेसका जिल्ला सल्लाहकार रामप्रसाद देवकोटा, सचिव लक्ष्मणप्रसाद देवकोटा, नेकपा एमाले र माओवादीका स्थानीय प्रतिनिधिहरू, नेपा...