डिभिजन वन कार्यालय जाजरकोटले ३७ हजार बिरुवा रोप्ने
जाजरकोट: डिभिजन वन कार्यालय जाजरकोटले आर्थिक वर्ष २०८३/०८४ अन्तर्गत "वार्षिक वृक्षारोपण कार्यक्रम"मार्फत जिल्लाभर करिब ३७ हजार बिरुवा रोप्ने भएको छ।वन क्षेत्रको संरक्षण, हरियाली प्रवर्द्धन तथा वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यले सञ्चालन गरिने उक्त कार्यक्रमअन्तर्गत जिल्लाका खाली तथा उजाड जमिन, वन क्षेत्रको छेउछाउ तथा स्थानीय तह र समुदायबाट माग भएका अन्य उपयुक्त स्थानमा वृक्षारोपण गरिने कार्यालयले जनाएको छ।
डिभिजन वन कार्यालयका प्रमुख दिपेश केसीका अनुसार वृक्षारोपण कार्यक्रम उपभोक्ता समूहमार्फत सञ्चालन गरिनेछ। कार्यालयअन्तर्गत कुशे गाउँपालिकामा १३, जुनिचाँदे गाउँपालिकामा १०, भेरी नगरपालिकामा ६ तथा नलगाड नगरपालिका, बारेकोट गाउँपालिका र छेडागाड नगरपालिकामा ३,३ गरी जम्मा ३९ वटा वन उपभोक्ता समूह परिचालन गरिनेछ।
प्रमुख केसीका अनुसार कार्यालयको नर्सरीमा हाल करिब ५० हजार बिरुवा उत्पादन ग...









