सोफा हब काठमाडौंको ऐतिहासिक घोषणा, १ लाख रुपैयाँ पुरस्कारसँगै रोजगारीको अवसर पनि
काठमाडौं । सिर्जनशीलता, प्रतिभा र अवसरलाई एउटै मञ्चमा जोड्ने लक्ष्यसहित नेपालकै अग्रणी फर्निचर ब्रान्ड सोफा हब काठमाडौंले देशव्यापी भिडियो निर्माण प्रतियोगिताको घोषणा गरेको छ। एउटा उत्कृष्ट भिडियोले केवल पुरस्कार मात्र होइन, जीवनको नयाँ मोडसमेत दिलाउन सक्ने विश्वासका साथ कम्पनीले १ लाख रुपैयाँसम्मको नगद पुरस्कार र विजेताका परिवारका सदस्यलाई रोजगारीको अवसरसमेत प्रदान गर्ने घोषणा गरेको हो।
डिजिटल युगमा लुकेर बसेका प्रतिभाशाली कन्टेन्ट क्रिएटर, भिडियो मेकर, इन्फ्लुएन्सर तथा आम सर्वसाधारणलाई आफ्नो क्षमता प्रदर्शन गर्ने सुनौलो अवसर प्रदान गर्दै कम्पनीले प्रतियोगिताको औपचारिक सुरुवात गरेको जनाएको छ।
कम्पनीका अनुसार सहभागीहरूले सोफा हबको ब्रान्ड, उत्पादनको गुणस्तर, ग्राहक सन्तुष्टि, आधुनिक शोरूम, सेवा सुविधा तथा विशेष अफरलाई केन्द्रमा राखेर सिर्जनात्मक भिडियो तयार गर्न सक्नेछन्। कमेडी, भाइन्स, ...









