१७ मंसिर २०८२, बुधबार

Author: तुफान न्यूज

अण्डा बोकेको गाडीले स्कुटरलाई ठक्कर दियो, एक महिलाको मृत्यु

अण्डा बोकेको गाडीले स्कुटरलाई ठक्कर दियो, एक महिलाको मृत्यु

समाचार
काठमाडौं ।  अण्डा बोकेको बोलेरो गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।   भरतपुर-७ प्रेमबस्ती चोकमा गीतानगरबाट भरतपुरतर्फ आइरहेको ना ५ च २६४४ नम्बरको बोलेरोले गाडीले सोही दिशातर्फ आइरहेको ना ५४ प १७९५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।   दुर्घटनामा भरतपुर-६ ईन्द्रपुरी बस्ने ५२ वर्षीया लक्ष्मी वाग्लेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रविन्द्र खनालले जानकारी दिए।   ...
समाजवादी कम्युनिस्ट पार्टीले पाल्पामा गर्याे जग्गा कब्जा

समाजवादी कम्युनिस्ट पार्टीले पाल्पामा गर्याे जग्गा कब्जा

Breaking News
बुटवल : समाजवादी कम्युनिस्ट पार्टी नेपाल रुपन्देही - पाल्पा जिल्ला संगठन समितिले मालपोत र नापी कार्यलयलाई चेतावनी दिदै तानसेन नगरपालिकामा रहेको प्रभास पुरीले निर्माण गरेको ३५ राेपनि जग्गा कब्जा गरेको छ । उक्त पार्टीका जिल्ला सचिव हेमन्तले एक विज्ञप्ति जारी गर्दै उक्त जग्गा अधिकरण गरेको प्रेस विज्ञप्ति मार्फत जानकारी दिएका छन् । उनलेे जारी गरेको विज्ञप्ति । "प्रेस विज्ञप्ति: पुर्ण पाठ : प्रभास ताल पुर्ननिर्माण तथा सिमसार क्षेत्र संरक्षणका लागि ३५ रोपनि जग्गा अधिकरण घोषणा कार्यक्रम किन ? १) जलस्रोत ऐन २०४५ लाई मिचि प्रभासको दोस्रो पोखरी पुर्ने काम गरेकोले ।, २) जैविक विविधता र पर्यावरणीय सन्तुलनको दृष्टिले अति महत्वपूर्ण मानिएको एवम् सिमसार क्षेत्रको रूपमा रहेको प्रभास तालको दोस्रो पोखरिको नाम निसाना भेट्‌ने काम गरेकोले । ३) प्राकृतिक सम्पदा तथा सिमसार क्षेत्रको चरम अतिक्रम गरे...
काठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

काठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

समाचार
काठमाडौँ — काठमाडौँ जेसीजले आयोजना गरेको वार्षिक पात्रो (क्यालेन्डर) विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम काठमाडौँ जेसिजको सभाहल, तिनकुनेमा सम्पन्न भएको हो। सो अवसरमा काठमाडौँ जेसीजका अध्यक्ष श्याम कुमार घिमिरे, काठमाडौँ महानगरपालिका–७ का वडा अध्यक्ष तथा काठमाडौँ जेसीजका पूर्व अध्यक्ष बिमल कुमार होडा, समाजसेवी तथा काठमाडौँ महानगरपालिका–४ का सभापति रामप्रसाद न्यौपाने, काठमाडौँ जेसीजका पूर्व अध्यक्ष सञ्जय नाथ जोशी, साहित्यकार तथा सञ्चारकर्मी सरोज ओझा र काठमाडौँ जेसीजकी उपाध्यक्ष दिया थापाले संयुक्त रूपमा नयाँ पात्रो विमोचन गर्नुभएको थियो। कार्यक्रममा स्वागत मन्तव्य दिँदै अध्यक्ष श्याम कुमार घिमिरेले पात्रो केवल मिति र तिथिको सूचक मात्र नभई संस्था, योजना, संकल्प र सामाजिक क्रियाशीलताको प्रतिबिम्ब भएको उल्लेख गर्नुभयो। उहाँले यो पात्रो सबैको साझा यात...
भिटोफ-नेपालको दुई दिने अवलोकन भ्रमण कार्यक्रम सम्पन्न

भिटोफ-नेपालको दुई दिने अवलोकन भ्रमण कार्यक्रम सम्पन्न

समाचार
– माधव घिमिरे ‘अटल’ ग्रामीण पर्यटकीय गन्तव्य स्थल प्रवर्धन गर्ने आफ्नो मूल ध्येयबमोजिम गाउँ पर्यटन प्रवर्धन मञ्च नेपाल (भिटोफ-नेपाल)ले दुई दिने अवलोकन भ्रमण सम्पन्न गरेको छ । भिटोफ-नेपाल सम्बद्ध टोलीले सैलुङ, डाँडाकटेरी, दोरम्बा, खाँडादेवी लगायत महत्त्वपूर्ण ऐतिहासिक, धार्मिक तथा प्राकृतिक स्थानहरूको अवलोकन भ्रमण गरेको हो । सो कार्यक्रमका प्रमुख अतिथि वागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री माननीय बिमल ठकुरी थिए । प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्ने सिलसिलामा ठकुरीले कार्यक्रम अन्तरक्रियात्मक तर सङ्क्षिप्त हुनुपर्नेमा जोड दिए । अधिकांश युवाहरू पलायन भइसकेका र बुढाबुढी मात्र रहेको अवस्थामा गाउँ पर्यटन विकास पनि सहज नभएको उनको कथन थियो । सैलुङको ‘भ्यू टावर’ मर्मत गर्नुपर्ने बताउँदै यस वर्षको बजेट विनियोजन हुन लागेकाले भिटोफ-नेपाललाई प्रदेश सरकारसँगको साझेदारीमा गर्नुपर्ने कामका ...
सुनको मूल्य तोलामा सात हजार ५ सयले घट्यो

सुनको मूल्य तोलामा सात हजार ५ सयले घट्यो

समाचार
काठमाडौं । सुनको मूल्य तोलामा रू सात हजार ५०० घटेको छ ।   मङ्गलबार स्थानीय बजारमा हालसम्मकै उच्च अर्थात् प्रतितोला रू एक लाख ९७ हजार ९०० पुगेको सुनको मूल्य आज घटेर एक लाख ९० हजार ४०० मा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हो ।   त्यस्तै, आज चाँदी प्रतितोला रू पाँचले घटेर रू एक हजार ९६५ मा कारोबार भइरहेको छ । ...
सरकारले सुरेश रजक र सविन महर्जनका परिवारलाई १०/१० लाख दिने

सरकारले सुरेश रजक र सविन महर्जनका परिवारलाई १०/१० लाख दिने

समाचार
काठमाडौं । सरकारले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा मृत्यु भएका पत्रकार सुरेश रजक र सविन महर्जनलाई दश/दश लाख राहत दिने भएको छ ।   सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुईजनाको परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । ...
जम्मू-कश्मिरमा आतंकवादी हमला: एक साताअघि मात्रै बिहे गरेका थिए, मारिए हनिमुनमा

जम्मू-कश्मिरमा आतंकवादी हमला: एक साताअघि मात्रै बिहे गरेका थिए, मारिए हनिमुनमा

समाचार
काठमाडौं । एक पुरूष जमिनमा लडिरहेका छन्। एक महिला उनकै छेउमा शान्त बसेकी छन्। साथमा रहेको झोला पनि जमिनमै ढलिरहेको छ। केही पर अर्का एक जना पनि त्यसरी नै ढलेको देखिन्छ।   मंगलबार जम्मू-कश्मिरमा आतंकवादी हमला भएपछि दु:ख व्यक्त गर्दै धेरैले यो तस्बिर शेयर गरेका छन्। त्यसरी जमिनमा ढलेका पुरूष भारतीय नौसेनामा कार्यरत लेफ्टिनेन्ट विनय नरवाल हुन्। छेउमा बसेकी महिला उनकी श्रीमती हिमान्सी हुन्। एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा विनय मारिएपछि हिमान्शी अर्धबेहोस् भएकी थिइन्। गोली लागेर श्रीमान ढलेपछि रून त परै जाओस् बोल्नसम्म सकेकी थिइनन् भनेर भारतीय सञ्चारध्यमहरूले लेखेका छन्।   विनय हरियाणा राज्यको कर्नाल जिल्लाका हुन्। दुई वर्षअघि बिटेक अध्ययन पूरा भएपछि उनी नौसेनामा भर्ती भएका थिए। हाल उनको दरबन्दी कोचीमा थियो। हिमान्सी गुरुग्रामकी हुन्। उनी ...

एनआरएनए विवादमा सर्वोच्चले मगायो सबै पक्षका मिसिल

समाचार
काठमाडौं । सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए) विवादमा सबै पक्षका मिसिल मगाएको छ।   एनआरएनए निर्वाचन सम्बन्धी विवादबारे दायर भएको मुद्दामा सर्वोच्च अदालतका न्यायाधीशहरू विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासले बुधबार यसअघि भएका फैसला र फैसला कार्यान्वयन निर्देशनालयका सबै कागजपत्र मगाउन आदेश दिएको हो। शेष घले नेतृत्वको उच्चस्तरीय समितिले मे ३ देखि ५ सम्म गर्ने भनेको एकता महाधिवेशनलाई ६ महिना सार्न परराष्ट्र मन्त्रालयले दिएको निवेदनविरूद्ध राजेश शमशेर राणा अदालत गएका थिए।   सर्वोच्च अदालतले यसअघि २०८० चैत र २०८१ साउनमा गरेका फैसला र त्यसपछि फैसला कार्यान्वयन निर्देशनालयले पठाएको पत्र समेत मगाएको छ। २०७८ मा सम्पन्न एनआरएनएको १० औं महाधिवेशन अवैधानिक भएको भन्दै सर्वोच्च अदालतले शेष घले नेतृत्वको १३ सदस्यीय उच्चस्तरीय समितिलाई एकता महाधिवे...
नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा निर्वाचित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा निर्वाचित

समाचार
काठमाडौँ । नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन भव्य, अनुशासित र लोकतान्त्रिक वातावरणमा सम्पन्न भएको छ। अधिवेशनले पारस मणि मिश्रलाई नयाँ अध्यक्षमा निर्वाचित गरेको छ। मिश्रले २८३ मत प्राप्त गर्दै विजयी हुँदा उनका प्रतिस्पर्धी सालिग्राम अर्यालले १८६ मत प्राप्त गरेका थिए। कुल ४४४ भौतिक र ३५ अनलाइन गरी ४७९ मत खसेकोमा १० मत बदर भएका थिए। उपाध्यक्ष पदमा गणेश थापा, चक्र विक्रम शाही, रमेश आघिमिरे र गिरीराज अधिकारी निर्वाचित भएका छन्। निर्विरोध निर्वाचित पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्षमा पूर्ण बहादुर शाही, महासचिवमा सुरेश कुमार यादव र रमेश सुवेदी, सहमहासचिवमा नरेश बास्कोटा, विनोद श्रेष्ठ, कृष्ण बहादुर खत्री तथा कोषाध्यक्षमा निर्मला परियार रहेका छन्। सदस्यहरूमा नवराज श्रेष्ठ, रमेश तिम्सिना, राघव चन्द्र अधिकारी, विष्णु पौडेल, नविन सापकोटा र घनश्याम तिवारी निर्वाचित भएका छन्। कार्यक्...
नेकपा जाजरकोटकाे पार्टी सचिवमा विराजन शाही

नेकपा जाजरकोटकाे पार्टी सचिवमा विराजन शाही

राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं : नेकपा जाजरकोटकाे जिल्ला पार्टी सचिवमा विराजन शाही । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कर्णाली प्रदेशको सचिवालयको प्रथम बैठकले शाहीलाई जाजरकोट जिल्लाको सचिवमा जिम्मेवारी दिएकाे हाे । बैशाख ५ गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सम्पन्न सचिवालयको बैठकले जिम्मेवारी हेरफेर गरेको हो । जिल्लाको जिम्मेवारी पाएसँगै शाहीले भनेका छन- "पार्टीले दिइएको जिम्मेवारीले मलाई थप उर्जा र गौरवको अनुभुती भएको छ । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमले सबैतिर बितृष्ण सिर्जना गरेको छ, त्यसलाई आशामा बदल्न युवाहरुले नेतृत्व गर्दै सबैतिरका संकटहरुलाई समाधान गर्ने प्रयत्न गर्नै पर्नेछ त्यसको कार्यभार हामी युवाहरुको काधमा आइपरेको छ । त्यसमा जिम्मेवार रहने छु साथै पार्टीले निदृष्ट गरेको निति तथा कार्यक्रमलाई आफ्नो कर्तव्य ठानेर पूरा गर्ने प्रतिवद्वता व्यक्त गर्दछु " विराज शाही...