११० पिन्ट रगत जम्मा गर्दै चक्रपथ सरसफाई महाअभियानको बृहत रक्तदान कार्यक्रम भव्यताको साथ सम्पन्न
काठमाडौं । बागमती सरसफाई महाअभियानबाट प्रेरित भई फोहरको श्रोत बाटै व्यवस्थापन गर्नुपर्छ भन्ने उदेश्यका साथ २०७४ बैशाख २ गते बाट शुरु भएको चक्रपथ सरसफाई अभियानको ४२७ औं हप्ताको पुर्व सन्ध्यामा आयोजित बृहत रक्तदान कार्यक्रम ११० पिन्ट रगत जम्मा गर्दै भव्यताको साथ सम्पन्न भएको छ ।
चक्रपथ सरसफाई महाअभियाको आयोजनामा भएको रक्तदान कार्यक्रममा मुख्य सहआयोजकको रुपमा ग्रीनसिटी हस्पिटल रहेको थियो भने सहआयोजकको रुपमा ब्लोदान काठमाडौं मध्यक्षेत्र तथा साउथ वेष्टर्न स्कुल अफ म्यानेजमेन्ट रहेको थियो । त्यस्तै कार्यक्रमको मिडिया सपोर्टरको रुपमा तुफान न्युज डटकम,नेपाली मिडिया अनलाईन टिभि तथा राष्ट्रियखबर डटकम रहेका थिए ।
कार्यक्रमलाई सफल बनाउन यति हेल्थ साईन्स एकेडेमी,कलाकार रमेश दुलाल(कागे)को टिम ,सुन्दर परिकल्पना सक्षम समाजको टिम , रोटरी क्लब अफ काठमाडौं डाउनटाउन, ग्रीनसिटी हस्पिटलका कर्मचारीहरु ,चक्रपथ ...









