१६ बैशाख २०८३, बुधबार

Author: तुफान न्यूज

डाेल्पामा आगलागीमा घाईते दुई सैनिकाे मृत्युु

डाेल्पामा आगलागीमा घाईते दुई सैनिकाे मृत्युु

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
काठमाडौं :डाेल्पा जिल्लाको ठूलोभेरी नगरपालिका–३ स्थित मष्टा भवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा देवीदत्त गण ‘क’ का चार सैनिक घाइते भएका थिए । ती मध्ये एकको डोल्पामै सोमबार साँझ र थप दुई सैनिकको काठमाडौंको कीर्तिपुरस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सैनिक प्रवक्ता तथा सहायक रथी कृष्णप्रसाद भण्डारीले बताए । सोमबार साँझ डोल्पामा सिपाही हेमन्त रावतको मृत्यु भएको थियो । मंगलबार कीर्तिपुर अस्पतालमा भने जमदार केशरबहादुर जागा मगर र सिपाही आशिष बुढाको मृत्यु भएको हो ।  विजय कोइरालाको भने उपचार भइरहेको छ । सामुदायिक वनमा केही दिनदेखि डढेलो लागेपछि नियन्त्रणका लागि नेपाली सेनाका दुई वटा गुल्म सशस्त्र प्रहरी बल नेपाल प्रहरी र स्थानीयको टोली खटिएको थियो ।...
संस्कारसहितको आधुनिकता : कश्यप एकेडमी

संस्कारसहितको आधुनिकता : कश्यप एकेडमी

शिक्षा, समाचार
काठमाडौं । सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण तथा मिहिनेती प्राध्यापक, शिक्षक, शिक्षिकाबाट व्यावसायिक एवं गुणस्तरीय शिक्षा प्रदान गर्ने ,विज्ञान-प्रविधि, आध्यात्मिकता र उद्यमशीलताको संगम मैत्रीनगर–२, कीर्तिपुरमा रहेको कश्यप एकेडेमी विद्यार्थीहरुको पहिलो रोजाइमा पर्दै आएको छ । आधुनिक शैलीको पठन पाठनमा विशेष जोड दिँदै कश्यप एकेडेमीले विद्यार्थीको सिकाइ र उनीहरूको भविष्यलाई बढी महत्व दिदै लामो समय शैक्षिक अनुभव बटुलेका शिक्षक, शिक्षिकाबाट अंग्रेजी माध्यममा पढाइ, अतिरिक्त क्रियाकलाप र पारिवारिक वातावरणमा आउने शैक्षिक सत्रबाट केही नयाँ योजनाहरू सहित कक्षा नर्सरीदेखि कक्षा नौ सम्म नयाँ भर्ना खुला गरेको स्कुलको संस्थापक प्रिन्सिपल, आर.बी. अधिकारीले बताउनु भयो । कश्यप एकेडेम स्कुलले छोटो समयमानै गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभावक माझ आफ्नो भिन्न पहिचान बना...
होलिडे ट्रिप नेपाल ट्राभल एण्ड टुर्स प्रालिका प्रवन्ध निर्देशक कार्की सम्मानित

होलिडे ट्रिप नेपाल ट्राभल एण्ड टुर्स प्रालिका प्रवन्ध निर्देशक कार्की सम्मानित

समाचार
काठमाडौं । होलिडे ट्रिप नेपाल ट्राभल एण्ड टुर्स प्रालिका प्रवन्ध निर्देशक तथा गोखार्ली रग्बी क्लबका संस्थापक अध्यक्ष समाजसेवी रोहित कार्की सम्मानित भएका छन् । सोमबार नागरिक क्रियशन प्रालिले नेपाल पर्यटन बोर्डमा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले भव्य समारोहका बीच समाजसेवी रोहित कार्कीलाई सम्मान गर्नु भएको हो। सम्मानित कार्की विगत लामो समयदेखि खेलकुद क्षेत्रमा क्रियाशिल हुदै पर्यटन व्यवसायका साथै सामाजिक विकास र सेवामा समेत पनि उत्तिकै सक्रिय छन् । नागरिक क्रियशन प्रालिको अध्यक्ष याम बहादुर जि.सीको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजमा विशिष्ठ योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान तथा अवार्ड विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियोे ।...
युवा संगठन नेपालद्वारा जाजरकोटका गाेबिन्द चन्द सम्मानित

युवा संगठन नेपालद्वारा जाजरकोटका गाेबिन्द चन्द सम्मानित

Breaking News, मनाेरन्जन, राजनीति, राष्ट्रिय, समाचार
धनगढी :नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको  नेपाल कम्युनिष्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालले संगठनमा महत्वपूर्ण योगदान गरेकाे भनेर  जाजरकोटका गाेबिन्द सिलाई  सम्मान गरेकाे छ ।संगठनले पाँचौ राष्टिय सम्मेलनमा सम्मानमा लामो समयसम्म संगठनमा बसी संगठनले दिएका हरेक काम जिम्मेवारी पुर्ण पुरा गरि अनुसासित भयर काम गरेकाे ठहर गर्दै जाजरकोट कुशे गाउपालिका -५ ढिमेका युवा गाेबिन्द चन्द  लाई खादा र प्रमाणपत्र प्रदान गरेर सम्मान गरेकाे हाे । गाेबिन्द चन्द जाजरकोटका एक इमानदार र शाहासिक युवा हुन । सधै जन्ता र न्याय का पक्षमा आफ्ना आवाज बुलन्द गर्दै आयका युवा गाेबिन्द सि  लाई पार्टीका केन्द्रीय सदस्य उमा सि र संगठनका केन्द्रीय अध्यक्ष पाटन सिले सम्मान गरेका थिय । आफू निरन्तर पार्टीको काममा इमानदारीपूर्वक काम गरेकाे भयर संगठनले सम्मान गरेकाेमा निकै खुसि भयकाे र आगामी दिनहरूमा पनि पार्टीका काममा...
अन्तर प्रदेश राष्ट्रिय खेलकुद,गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरू

अन्तर प्रदेश राष्ट्रिय खेलकुद,गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरू

Breaking News, खेल, मनाेरन्जन, राष्ट्रिय, समाचार
चितवन :भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा अन्तर प्रदेश राष्ट्रिय खेलकुद–२०८० सुरू भएको छ। आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले यसको उद्घाटन गरे।बागमती प्रदेश सरकार अन्तर्गतको प्रदेश खेलकुद विकास परिषदले पहिलो पटक अन्तर प्रदेश राष्ट्रिय खेलकुद आयोजना गरेको हो। २०७८ र २०७९ सालमा प्रदेश स्तरीय खेलकुद आयोजना गरिएकोमा यस वर्षदेखि अन्तर प्रदेश खेलकुद सुरू गरिएको मुख्यमन्त्री शालिकराम जमरकट्टेलले बताए।क्रिकेट, फुटबल, भलिबल, बक्सिङ, कराते, तेक्वान्दो, एथलेटिक्स, ब्याडमिन्टन र पौडीका प्रतियोगिता सञ्चालन हुनेछन्। आइतबार उद्घाटन कार्यक्रममा बैकुण्ठ मानन्धरसहितका चार जना ओलम्पियनहरूले ओलम्पिक टर्च बालेका थिए।खेलकुद अन्तर्गतको क्रिकेट प्रतियोगिता भने शनिबारबाटै सुरू भइसकेको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा भइरहेको अन्तर प्...
नयाँ वर्षको सांगितिक प्रस्तुतिका लागि प्रख्यात बलिउड गायक र र्‍यापर मेलो डी नेपाल आउने

नयाँ वर्षको सांगितिक प्रस्तुतिका लागि प्रख्यात बलिउड गायक र र्‍यापर मेलो डी नेपाल आउने

मनाेरन्जन
काठमाडौं । आगामी नयाँ वर्षको कार्यक्रममा लाईभ सांगितिक प्रस्तुतिका लागि प्रख्यात बलिउड गायक र र्‍यापर मेलो डी नेपाल आउने भएका छन् । मेलो डीलाई एल एण्ड एन एजेन्सीले नेपाल ल्याउन लागेको हो । एजेन्सीका प्रबन्ध निर्देशक नितिन कायस्थले नयाँ वर्षको अघिल्लो साझ लाईभ सांगितिक प्रस्तुतिका लागि मेलो डी नेपाल आउन लागेको पुष्टि गरे । कार्यक्रमका लागि व्यापक तयारी भैरहेको पनि उनले बताए । दरबार मार्ग स्थित क्लब नेक्ससमा हुने मेलो डी लाईभमा झुम्न चाहने जोकोहीले टिकट संजालमार्फत टिकट लिन सक्ने कायस्थले जानकारी समेत दिएका छन् । व्यवस्थापनमा कुनै कमी नहुने उनको दाबी छ । नेपाली संगीत प्रेमीहरू मेलो डीको प्रस्तुती हेर्न उत्सुकतापूर्वक पर्खाईमा रहने दाबी गर्दै कायस्थ भन्छन् 'सबैभन्दा प्रत्याशित ईभेण्ट बन्नेछ यो न्यू इयर नाइट इभेन्ट र मेलो डीले आफ्नो सनसनीपूर्ण संगीतले मञ्चलाई प्रतिध्वनित गर्नेम...
स्वदेशवाद, बहुल राष्ट्रिय राज्य तथा सामुदायिक समाजवादको लागि राष्ट्रिय मुक्ति क्रान्तीले चैत्र २४ गते बृहत जन प्रदर्शन गर्ने

स्वदेशवाद, बहुल राष्ट्रिय राज्य तथा सामुदायिक समाजवादको लागि राष्ट्रिय मुक्ति क्रान्तीले चैत्र २४ गते बृहत जन प्रदर्शन गर्ने

राष्ट्रिय, समाचार
काठमाडौं । स्वदेशवाद, बहुल राष्ट्रिय राज्य तथा सामुदायिक समाजवादको लागि राष्ट्रिय मुक्ति क्रान्तीले चैत्र २४ गते बृहत जन प्रदर्शन गर्ने भएको छ । यो आन्दोलन मार्फत वागमती प्रदेशको नाम परिवर्तन गरी नेपाः मण्डल राख्न दवाव सिर्जना गर्ने स्वनिग बिशेष व्युरो तथा नेवाः राष्ट्रिय परिषदले जनाएको छ । बहुल राष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिको लागि वागमतीप्रदेशको नाम खारेजी तथा काठमाडौं उपत्यकालाई नेपाः मण्डल घोषणा गर्न यस्तो दबाबमूलक कार्यक्रम गर्न लागिएको स्वनिग बिशेष व्युरोले जानकारी गराएको छ । स्वनिग बिशेष व्युरो तथा नेवाः राष्ट्रिय परिषदको आयोजनामा चैत्र २४ गते बिहान ११ बजे बसन्तपुरबाट बृहत जनप्रदर्शनसहित र्यालिको आयोजना गरिएको हो । र्यालिमा मधेसी, तामाङ, च्योबाङ, गुरूङ, राई, बाहुन, क्षेत्री, थारू, लिम्बू, शेर्पा, कुसुन्डालगायत नेपालमा रहेका सम्पूर्ण जातिलाई सहभागिता जनाउन प...
मनोरन्जन को नाममा लुट धन्दामा परिणत हुँदै रात्रिकालीन ब्यवसाय

मनोरन्जन को नाममा लुट धन्दामा परिणत हुँदै रात्रिकालीन ब्यवसाय

मनाेरन्जन, समाचार
काठमाडौं । मानिस आफुलाई खुसी राख्न मनोरन्जन चाहन्छ । मनोरन्जन लिनका लागि बिभिन्न सेवा र बस्तुहरुको प्रयोग गरिरहेका हुन्छन् । बिस्तारै बढ्दै गएको शहरीकरणले मनोरन्जनको श्रोत र साधनहरु समेत फरक किसिमबाट बिकास भएका छन् । अहिले देशका मुख्य शहरहरुको मनोरन्जनको साधन सुबिधा युक्त रेष्टुरेण्ट,बार,डिस्को,क्लब र दोहोरी साँझहरु बनिरहेका छन् । सामान्य क्याफे र रेष्टुरेण्ट बाहेकका डान्सबार,क्लब,डिस्को र दोहोरीसाँझहरु रात्रिकालीन  ब्यवसायको रुपमा हेरिन्छन् । दिनभरी परिश्रम गरेर शरीरलाई आराम र मनोरन्जन प्रदानगर्ने उदेश्य लिएर यस्ता रात्रिकालीन  मनोरन्जन लिने ठाउँमा पुगेका अधिकांश सेवाग्राहीहरु ठगिने गरेको पाईएको छ । रात्रिकालीन  ब्यवसायमा यौनब्यापार हुने देखि उपभोक्ता अधिकार तथा मानव अधिकार समेत उलङ्न हुनेगरेको पाईएको छ । सरकारले पर्यटकीय बजारहरुलाई चौबिसै घण्टा खुल्ला गर्ने निति बनाए संगै हौसिएका ब्...
जाजरकोटमा सहिद विदुर- यु- १९ भलिबल कप संचालन हुने

जाजरकोटमा सहिद विदुर- यु- १९ भलिबल कप संचालन हुने

Breaking News, मनाेरन्जन, शिक्षा, संस्कृति, समाचार
जाजरकोट :जाजरकोटमा अन्डर—१९ भलिबल कप सञ्चालन हुने भएको छ ।आगामी चैत्र २४ गतेदेखि सदरमुकाम खलंगामा सहिद स्मृति यूवा क्लवको आयोजनामा कप सञ्चालन हुने भएको हो । सहिद स्मृति यूवा क्लवले प्रथम सहिद विदुर स्मृति यू —१९ भलिवल कप सञ्चालन गर्न लागेको आयोजक क्लवका अध्यक्ष प्रेमबहादुर विकले बताए । शनिवार खलंगामा पत्रकार सम्मेलनको आयोजना गरी कप सञ्चालन बारे जानकारी गराईएको छ । जिल्लाको खेल क्षेत्रमा टेवा पुर्याउने हेतुले कपको आयोजना गरिएको विकको भनाई छ । सञ्चालनका लागि धेरै तयारी पुरा भएको सञ्चालन समितिका संयोजक विवश विक्रम शाहले बताए । कपमा प्रथम पुरस्कार ५० हजार कप, मेडल र प्रमाण पत्र रहेको छ । अध्यक्ष प्रेम बहादुर बिक का बुवा कर्ण बहादुर  नेपाली (विदुर )काे तत्कालीन जनयुद्धको क्रममा २०५५ सालमा दैलेखको नाैमुले मा सहादत प्राप्त भयकाे थियाे । सहिद विदुर का ३ छाेरा र ३ छाेरी छन ।...
मुग्लिनमा ट्याक्सि दुर्घटना, मृतक पाँचै जना एकै घर परिवारका सदस्य

मुग्लिनमा ट्याक्सि दुर्घटना, मृतक पाँचै जना एकै घर परिवारका सदस्य

Breaking News, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं : हिजाे शनिबार बिहान मुग्लिन नजिकै ट्याक्सी दुर्घटनामा मृत्यु भएका पाँचै जनाकाे नाम खुलेकाे छ ।उनिहरु सबै जना एकै घरका परिवार हुन । गोरखा नगरपालिका–७ का शंकर रोकाको उपचारको क्रममा निधन भएपछि उनीहरू अन्तिम संस्कारका लागि काठमाडौं पुगेका थिए । शुक्रबार पशुपति आर्यघाटमा दाहंस्कार गरी फर्कने क्रममा ट्याक्सी दुर्घटनामा परेको पारिवारिक स्रोतले बतायो । शुक्रबार राति दाहसंस्कारको काम सकेर परिवारको सदस्य करिब ११ बजे तीन वटा सवारी साधनमा गोरखा फर्किँदै थिए । शनिबार बिहान दुई गाडी मुग्लिन आइपुगेर केहीबेर कुर्दासम्म ट्याक्सी नआएपछि खोज्दै जाँदा मुग्लिन नजिकै डिभाइडर भाँचिएको देखेपछि त्रिशूलीमा हेर्दा ट्याक्सी खसेको भेटिएको थियो । ट्याक्सीमा सवार ६ मध्ये पाँच जना मृत भेटिएका छन् ।१८ वर्षीय दिवस रोकाय भने बेपत्ता छन् । उनको खोजीका लागि सशस्त्र प्रहरी बल कुरिटनटारबाट गोताखोरसहितको टोली खटि...