७ पुष २०८१, आईतवार

Author: तुफान न्यूज

सत्ता गठबन्धनको कार्यदलले प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँट प्रस्ताव शीर्ष नेतासमक्ष पेश गरेको छ

Breaking News
१२ असोज, काठमाडौं । सत्ता गठबन्धनको कार्यदलले प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँट प्रस्ताव शीर्ष नेतासमक्ष पेश गरेको छ । कार्यदलको प्रस्तावलाई अब शीर्ष नेतामार्फत् टुंगो लगाइने छ । कार्यदलका एक जना सदस्य एवम् जसपाका प्रवक्ता मनिष सुमनले केन्द्र र प्रदेश दुबैतिरको सिटको टुंगो लगाएर शीर्ष नेतासमक्ष प्रस्ताव पेश गरेको जानकारी दिए । ‘अब शीर्ष नेताको बैठकले सिट बाँडफाँट टुंगो लगाउने छ,’ उनले भने । सिट बाँडफाँट टुंगो लगाउन शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।...

सशस्त्र विद्रोहका सहकर्मी संसदीय निर्वाचनमा प्रतिस्पर्धी

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
११ असोज, रोल्पा । प्रतिनिधिसभा सदस्यका लागि रोल्पामा दुई पूर्व कमाण्डरको प्रतिस्पर्धा हुने भएको छ । माओवादी केन्द्रले कृष्णबहादुर महरा, वर्षमान पुनमगर, कुलप्रसाद केसी, जयपुरी घर्तीमगर, ओनसरी घर्तीमगर र झक्कुप्रसाद सुवेदीको नाम सिफारिस गरेको छ । उपाध्यक्ष महरा समानुपातिक पद्धतिको सूचीमा बसेका छन् भने पूर्व सभामुख ओनसरी घर्तीमगर काठमाडौं २ वाट उमेदवार बन्ने लबिइङमा छिन् । त्यसैले रोल्पामा उपमहासचिव वर्षमान नै उम्मेदवार हुने पक्काजस्तै छ । नेपाली कांग्रेस, रोल्पाले लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनमगरसहित प्रदेश कमिटी सदस्यहरु टेकबहादुर बस्नेत र शंकबहादुर छन्त्यालको नाम सिफारिस गरेको छ । तर गठबन्धन गर्दा पुनमगर प्रदेश सभा (ख)मा उम्मेदवार बन्ने गरी प्रतिनिधिसभा सदस्य माओवादीलाई छाड्ने निश्चित प्रायः छ । नेकपा एमाले, रोल्पाले प्रतिनिधिसभा सदस्यका लागि पूर्णबहादुर बुढा मगरक...

बिरेन्द्र शाहको ‘फर्कि आऊ साईला दाई’ बोलको गित सार्वजनिक

Breaking News, राष्ट्रिय, विगन्यूज, शिक्षा, संस्कृति, समाचार
काठमाडौं, गितकार बिरेन्द्र शाहको शब्द रचनामा रहेको राष्ट्रभक्ती गित ‘फर्कि आऊ साईला दाई घरदेशैमा’ बोलको अडियो गित बजारमा सार्वजनिक भएको छ । गायक किशोर बिकको स्वर, आरोह नेपालीको संगित र बिरेन्द्र शाहको शब्द रहेको गित फर्कि आउ साईलादाई घरदेशैमा बिरानो बिरानो भयो गाउँ तिमी परदेशैमा भन्ने गित आरोह नेपाली नामक युटुव च्यानलबाट सार्वजनिक भएको हो । शब्द रचनाकार शाह विद्यार्थी नेता तथा नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष समेत हुन् । उनी प्रगतिशील गित सहित कवित, गजल, लेखहरु मार्फत राष्ट्रियताको पक्षमा तथा देश र समाजभित्रका अन्याय, अत्याचार र व्यथितीका विरुद्धमा आफ्ना विचारहरु सप्रेसण गर्ने गरेका छन् । देशको अस्थिर समग्र राजनिती व्यवस्था र नेतृत्वको कारण नेपालका लाखौँ युवाहरु विदेशीनु बाध्य भएका युवाहरुको पिडाको यथार्थ र तिनै युवाहरुलाई आफ्नो दे...

काठमाडौंको दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशमाथि ३-१ ले विजयी भयो

Breaking News, पर्यटन, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार, सुचना संचार
११ असोज, काठमाडौं । मंगलबार काठमाडौंको दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशमाथि ३-१ ले विजयी भयो । अञ्जन विष्टले १८ औं, २७ औं र ३८ औं मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरेका थिए भने बंगलादेशले ५७ औं मिनेटमा गोल फर्कायो । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र १० खेलाडीबीचको विवादका कारण पछिल्लो समय नेपाली फुटबलमा समस्या देखिएको थियो । जसका कारण नतिजा पनि राम्रो आउन सकेको थिएन । कप्तान किरण चेम्जोङ, उपकप्तान रोहित चन्द र मंगलबारका गोलकर्ता अञ्जन विष्टसहितका खेलाडी कुवेतमा सञ्चालन भएको एसियन कप छनोट खेलमा नेपाली टिममा समावेश थिएनन् । मुख्य प्रशिक्षक अल्मुताइरी विदामा रहेका बेला अखिल नेपाल फुटबल संघले प्रदीप हुमागाईंलाई कार्यवाहक प्रशिक्षक बनायो र उनकै प्रशिक्षणमा नेपालले पछिल्लो पाँच महिना तयारी गरेको थियो । त्यसपछि भएको खेलमा नेपाल विजयी हुँदा दशरथ रंगशालामा खुशि...

सामुदायिक रेडियो नलगाड एफएम उद्घाटन

Breaking News, कृषि, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, समाचार, सुचना संचार
जाजरकोट सामुदायिक रेडियो नलगाड एफएमको औपचारिक उद्घाटन भएको छ । एक औपचारिक कार्यक्रमको आयोजना गरेर मंगलबार रेडियोको औपचारिक रुपमा उद्घाटन गरिएको हो । नलगाड नगरपालिका–४ खानटाकुरामा रहेको सामुदायिक रेडियो नलगाड एफएमको औपचारिक रुपमा उद्घाटन जिल्ला समन्वय समितिका संयोजक काली बहादुर खत्रीले गरेका थिए । २ हजार वाट प्रसारण क्षमता भएको सामुदायिक रेडियो नलगाड एफएम कर्णाली प्रदेशकै उच्च प्रसारण क्षमताको रेडियो हो । जनादेश संचार केन्द्रद्धारा संचालित सामुदायिक रेडियो नलगाड एफएमको औपचारिक उद्घाटन कार्यक्रम जिल्ला समन्वय समिति जाजरकोटका संयोजक काली बहादुर खत्री, नलगाड नगरपालिकाका प्रमुख डम्बर बहादुर रावत, बारेकोट गाउँपालिकाका अध्यक्ष बीर बहादुर गिरी, जिल्ला प्रहरी प्रमुख सन्तोष निरौला, नेकपा एमालेका केन्द्रिय सदस्य डम्बर बहादुर सिंह, नेपाली काँग्रेस जाजरकोटका सभापति बेदराज सिंह, ...
प्रचण्डले हेरे फिल्म ‘प्रेमगीत ३’, भन्छन्- नेपालको पर्यटन प्रवर्द्धनमा मद्दत गर्छ

प्रचण्डले हेरे फिल्म ‘प्रेमगीत ३’, भन्छन्- नेपालको पर्यटन प्रवर्द्धनमा मद्दत गर्छ

पर्यटन, राष्ट्रिय, विगन्यूज, संस्कृति, समाचार
 असोज १०, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फिल्म ‘प्रेमगीत ३’ हेरेका छन् । आइतबार साँझ चितवनको इन्द्रदेव हलमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, पार्टीका जिल्ला अध्यक्ष रामचन्द्र अधिकारीसहितको टोलीसँग प्रचण्डले फिल्म हेरेका हुन् । पूरै समय हलमै बसेर फिल्म हेरेका प्रचण्डले बाहिर निस्कँदा सञ्चारकर्मीसँग फिल्मको प्रशंसा गरे । फिल्म हेरिरहँदा आफूलाई बाल्यकालको याद आएको भन्दै उनले नेपालको पर्यटन विकासमा फिल्मले टेवा पुग्ने समेत बताए । ‘मसालेदार’ भन्दै उनले फिल्मको समीक्षा पनि गरे । फिल्म हेरेपछि प्रचण्डको भनाइ : ‘धेरै समयपछि फिल्म हलमा आएर फिल्म हेर्ने अवसर जुट्यो । काठमाडौंबाट आउने बित्तिकै साथीहरुले कुरा गर्नुभयो । विश्वभरि चलेको छ, चर्चित भएको छ भनेपछि हामीले फिल्म भोलि हेर्ने भनेर आज हेरियो । फिल्म हेर्दै गर्दा पहिले-पहिलेको याद पनि आयो...
एमालेका सल्लाहकार गंगाराम यादवले पार्टी छाडे

एमालेका सल्लाहकार गंगाराम यादवले पार्टी छाडे

राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार
१० असोज, जनकपुरधाम । नेकपा एमालेका सल्लाहकार समिति सदस्य गंगाराम यादवले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । नेकपा एमाले कम्युनिष्टको विचार, नीति र सिद्धान्त विपरीत चल्न थालेको भन्दै उनले पार्टी परित्याग गरेको बताएका छन् । उनी २०३६ सालदेखि नै एमालेको राजनीतिमा सक्रिय थिए । एमालेले धनुषा क्षेत्र नं. २ बाट प्रतिनिधि सभाका लागि लोसपा प्रमुख सचेतक उमाशंकर अरगरियालाई पार्टी प्रवेश गराएपछि यादव रुष्ट छन् ।...
हनुमानढोकाको दशैं घरमा राखियो जमरा

हनुमानढोकाको दशैं घरमा राखियो जमरा

राष्ट्रिय, विगन्यूज, संस्कृति, समाचार
१० असोज, काठमाडौं । काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा आज घटस्थापना गरिएको छ । बिहान १० बजेर २३ मिनेटको साइतमा जौंको जमरा राखिएको हो । सो अवसरमा नेपाली सेनाको एक टोलीले मंगल धुन बजाउनुका साथै हर्ष बढाईं पनि गरेको थियो । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्पक राखेर त्यसमाथि जौं छरिन्छ । आज छरिएको जौंको अंकुरणलाई जमरालाई जमरा भन्ने गरिन्छ । दशैंको टीकाको दिन उक्त जमरा देवीको प्रसादको रुपमा ग्रहण गरिन्छ । विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष श्रीकृष्ण अधिकारी बताउँछन् । उनका अनुसार सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त...
चार कम्युनिस्ट पार्टीद्वारा पत्रकार सम्मेलन ।

चार कम्युनिस्ट पार्टीद्वारा पत्रकार सम्मेलन ।

Breaking News
काठमाडौं : आगामि मंसिरमा हुने संघ र प्रदेशको चुनावलाई बहिष्कार र अवेज्ञा गर्ने उद्देश्यका साथ आज चार कम्युनिस्ट पार्टी काे संयुक्त पत्रकार सम्मेलन गरि गरि सार्वजनिक गरेका हुन ।नेकपा ( बहुमत) , नेकपा क्रान्तिकारी माओवादी , नेकपा मशाल ,र माओवादी कम्युनिस्ट पार्टी का नेताहरुकाे सम्बाेधनमा काठमाडौं कमलादीस्थित प्रज्ञाप्रतिष्ठानकाे भवनमा कार्यक्रम सम्पन्न भयकाे थियाे । ...

नलगाड नगरपालिका मा आँखा उपचार केन्द्र स्थापना

Breaking News
जाजरकोट : नलगाड नगरपालिका दल्लि जाजरकोटमा आजदेखि प्राथमिक आँखा र कान  उपचार केन्द्र स्थापना भयकाे छ ।