११ श्रावण २०८१, शनिबार

नेप्सेम्याक द्वारा आफ्ना सेवाग्राहीहरुलाई कम्पोष्ट मल वितरण

काठमाडौं । काठमाडौं उपत्यका लगायत देशका मुख्य शहरहरुमा बिगत तिस बर्ष देखि फोहरमैला ब्यवस्थापनको कार्य गर्दै आएको नेप्सेम्याक सेवा प्रा.लि.तथा सहकार्य गर्दै आएको नेप्सेम्याक संस्थाले काठमाडौं महानगर पालिका वडा नं ४ मा आज एक कार्यक्रम गर्दै निशुल्क कम्पोष्ट मल वितरण गरेको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर ४ र नेप्सेम्याकको संयुक्त आयोजनामा भएको कार्यक्रमको शभापतित्व नेप्सेम्याकका अध्यक्ष टिकाराम दाहालले गर्नु भएको थियो भने कार्यक्रम सन्चालन नेप्सेम्याक सेवा प्रा.लि.का सन्चालक मित्र प्रसाद घिमिरेले गर्नु भएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि वडा अध्यक्ष दिनेश महर्जन तथा अतिथिको रुपमा  समाजसेवी राम प्रसाद न्यौपाने र वडा सदस्यहरु बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, मिडियाकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको ब्यवस्थापन नेप्सेम्याक सेवा प्रा.लि.महाराजागञ्ज शाखाका ईन्चार्ज एकराज सुवेदीले गर्नु भएको थियो भने कम्पोष्ट मल वितरणको ब्यवस्थापन सुरेन्द्र पराजुलीले गर्नु भएको थियो ।
कार्यक्रम मार्फत घर बाट कुहिने र नकुहिने फोहर छुट्याएर पठाउने करिब ५०० सेवाग्राहीलाई ५ किलोको दरले मल वितरण गरिएको थियो ।
फोहर ब्यवस्थापनको क्षेत्रमा देशकै सबभन्दा ठुलो र ब्यवस्थित कम्पनीको रुपमा परिचित यो कम्पनीले दक्षिणकालि नगरपालिकाको चाल्नाखेल र भक्तपुरको साँगामा कम्पोष्ट मल बनाउने स्टेशन बाट मल उत्पादन गरि वितरण गरिरहेको छ ।
कार्यक्रममा बोल्दै समाजसेवी राम प्रसाद न्यौपानेले काठमाडौंका अरु क्षेत्र भन्दा सरसफाइमा वडा नम्बर ४ अगाडी भएको भन्दै यसमा नेप्सेम्याकको महत्वपुर्ण भुमिका भएको बताउनु भयो ।
फोहर ब्यवस्थापनको बिषय जटिल बन्दै गएको अवस्थामा नेप्सेम्याकले खेलेको भुमिकाको बारेमा खुलेर प्रशंसा गर्दै न्यौपानेले अन्य फोहर ब्यवस्थापन कम्पनिको तुलनामा नेप्सेम्याक एक नम्बर भएको दावी गर्नु भयो ।
कार्यक्रममा प्रमुख अतिथि तथा वडा अध्यक्ष दिनेश महर्जनले राम्रोलाई राम्रो भन्न सक्नु पर्छ भन्दै वडामा नेप्सेम्याकले गरेको कार्यबाट प्राय नागरिकहरुमा सकारात्मक प्रभाव परेको बताउनु भयो ।
आम नागरिक बाट गुनासो नै नआएको त होईन तर गुनासो ब्यवस्थापनमा नेप्सेम्याक अरु कम्पनी भन्दा अगाडी रहेको स्विकार्नु भयो ।
यो बर्ष बजेट अभाव तथा बिबिध कारणले वडावासीहरुको धेरै मागहरु संबोधन गर्न नसकिएको भन्दै आगामी बजेटमा समेट्नुपर्ने बिषयको बारेमा छलफल गरि आ—आफ्नो टोलबाट सुझाव दिन समेत उहाँले आग्रह गर्नु भयो ।
संचारकर्मी संग कुराकानी गर्दै कार्यक्रम ब्यवस्थापनमा खटिएका नेप्सेम्याक सेवा प्रा.लि.महाराजागञ्ज शाखाका ईन्चार्ज एकराज सुवेदीले बिभिन्न टोल सुधार समिति, क्लब तथा महिला समुहहरु र स्थानिय सरकार संगको सकारात्मक संयोजन गरेर अगाडी बढेकोले नेप्सेम्याक सफल बन्दै गएको बताउनु भयो ।
यो जन स्वास्थ्य संग जोडिएको बिषय हो भन्ने थाहा हुँदा हुँदै सरकार र आमनागरिकले अझै गम्भिर ढंगले नलिएपनि नेप्सेम्याकले सकेसम्म आफु संग भएको श्रोत र साधनको प्रयोग गरेर भान्छा बाट निस्केको कुहिने फोहरलाई मल बनाएर बारी सम्म पुर्याउने योजना अनुरुप फोहर सेक्रिकेसनमा सहयोग गर्ने सेवाग्राहीहरुलाई उपहार स्वरुप यो मल वितरण गरिएको नेप्सेम्याक ग्रुपका सन्चालक मित्र प्रसाद घिमिरेले बताउनु भयो ।
नेप्सेम्याक सेवा मुलक कम्पनी भएकोले यसले आम नागरिकमा सचेतना फैलाउनु पहिलो दायित्व हो भन्दै नेप्सेम्याकका अध्यक्ष टिकाराम दाहालले घरको फोहर घरमै मोहर बनाउने अभियानमा आम नागरिकलाई जोड्नु आजको आवश्यकता महसुस भएकाले नेप्सेम्याकले टोल टोलमा पुगेर अभियान सन्चालन गरेको बताउनु भयो ।
यस्ता अभियानहरुले राज्यलाई समेत टेवा पुग्ने भएकोले हरेक कार्यक्रमहरु स्थानिय सरकार संगको सहकार्यमा गरिने गरेको पनि दाहालले बताउनु भयो ।