१८ पुष २०८२, शुक्रबार

Author: तुफान न्यूज

क्रान्तिकारी महिला संगठन ३ नम्बर प्रदेशकाे एकता अधिवेशन सम्पन्न

क्रान्तिकारी महिला संगठन ३ नम्बर प्रदेशकाे एकता अधिवेशन सम्पन्न

Breaking News, राजनीति, विचार
काठमाडौं :माेहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल निकट क्रान्तिकारी महिला संगठन ३ नम्बर प्रदेशको को एकता अधिवेशन सम्पन्न भएको छ ।शनिबार पार्टी कार्यालय कुपण्डोलमा भयकाे एकता अधिवेशनले धनमाया निरौला‘अनु’को संयोजकत्वमा २५ सदस्यीय प्रदेश कमिटि निर्वाचित गरेको छ । मधु श्रेष्ठ, दुर्गा सुवेदी र विमला भण्डारीलाई सह-संयोजकमा निर्वाचित गरेको छ भने सदस्यहरुमा पूर्णकुमारी देवकोटा (सिन्धुली), सपना राजथला (काठमाडौं), शान्ता पण्डित (काठमाडौं), तेलिमाया थिङ (काभ्रे), विष्णु न्यौपाने (काठमाडौं), शान्ति बिक (चितवन), अरुणा राउत थापा (चितवन), मुना न्यौपाने (नुवाकोट), शोभा आचार्य (भक्तपुर), सरिता बस्नेत (दोलखा), पञ्चमाया लामा (ललितपुर), सत्या खड्का (भक्तपुर), अस्मिता मगर (ललितपुर), अप्सरा परियार (काठमाडौं), सुुकुमाया माझी (मकवानपुर), कान्छीमाया स्याङतान (मकवानपुर), सीता गौतम (रामेछाप), स...
अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रद्वारा दिवंगत पुर्ण हमालप्रति श्रद्धाञ्जली ब्यक्त

अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रद्वारा दिवंगत पुर्ण हमालप्रति श्रद्धाञ्जली ब्यक्त

Breaking News, विचार, संस्कृति, स्वास्थ
काठमाडौं : अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका उपाध्यक्ष जीवन हमालका बुवा पुर्ण बहादुर हमालकाे निधन प्रति केन्द्रले श्रद्धाञ्जली ब्यक्त गरेकाे छ । शनिबार एक प्रेस वक्तव्य मार्फत दिवंगत हमाल प्रति श्रद्धाञ्जली ब्यक्त गरियकाे हाे। केन्द्रका अध्यक्ष हस्त बहादुर के.सि.द्वारा हस्ताक्षरित वक्तव्यमा भनियकाे छ " बिश्वभर क्रियाशिल क्रान्तिकारी लेखक तथा पत्रकार संगठन, अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका उपाध्यक्ष जीवन हमालका बुवा पूर्ण बहादुर हमालकाे निमाेनियाका कारण उपचारक्रममा २०८० साल माघ २ गते ६४ बर्षकाे उमेरमा अल्पआयुमै निधन भयकाे छ । उहाँ लामाे समय देखि बाथरोगले ग्रसित हुनुहुन्थ्यो उहाकाे मृत्युले हामी अत्यन्तै भावविह्वल भयका छाै । वक्तव्यमा भनियकाे छ -हाम्राे संगठन यश दुखद घडीमा बुवा पुर्ण प्रसाद हमाल प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र शाेकसन्तब्द परिवार जनमा हार...
अनेरास्ववियु कर्णाली काे अध्यक्ष मा बिबश भारतिकाे दाबि

अनेरास्ववियु कर्णाली काे अध्यक्ष मा बिबश भारतिकाे दाबि

Breaking News, राजनीति, विचार, शिक्षा
सुर्खेत : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशन पौष ७ र ८ गते हुँदैछ । दैलेख सदरमुकाममा सम्पन्न हुने अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । अधिवेशनको मिति नजिकिदै गर्दा नेतृत्वको लागि विद्यार्थी नेताहरुले सक्रियता बढाएका छन । विषेशगरि संगठनको प्रदेश अध्यक्षका लागि जाजरकोटका विद्यार्थी नेता बिबश भारतीले बलियो दाबी प्रस्तुत गरेका छन । अनेरास्ववियु जाजरकोटको पूर्व अध्यक्ष समेत रहेका भारती काठमाडौमा सम्पन्न अनेरास्ववियुको २३ औं महाधिवेशनमा केन्द्रीय कमिटी सदस्यमा झिने मतान्तरले पराजित भएका थिए । झिनो मतले माथिल्लो कमिटीबाट बाहिरिनु परेकोले प्रदेश कमिटीको नेतृत्वको लागि आफ्नो दाबी स्वभाविक भएकोले प्रतिनिधिहरु र नेतृत्वले आफुप्रति न्याय गर्ने भारतीको विश्वास छ । अनेरास्ववियु सिटिइभिटी एसियन ईन्जिनियर क्याम्पस कमिटीको अध्यक्ष ह...
जनसाँस्कृतिक महासंघ द्वारा पुर्ण हमालकाे निधन प्रति श्रद्धाञ्जली ब्यक्त

जनसाँस्कृतिक महासंघ द्वारा पुर्ण हमालकाे निधन प्रति श्रद्धाञ्जली ब्यक्त

Breaking News, संस्कृति, समाचार
काठमाडौं :अखिल नेपाल जनसांस्कृतिक महासङ्घले सङ्गठनका केन्द्रीय सदस्य जीबन हमालका बुबा पूर्णबहादुर हमालको निधनप्रति दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली वक्तब्य जारि गरेको छ । सङ्गठनका केन्द्रीय संयोजक हिरामणि दु:खीद्वारा जारी वक्तब्यमा भनिएको छ ‘पूर्णबहादुर हमाल जनयुद्धका क्रममा पार्टी र आन्दोलनमा महत्वपूर्ण योगदान दिनुभएका एकजना इमान्दार सुभेच्छुक हुनुहुन्थ्यो’ । मृतक हमालको निधनबाट आफ्नो सङ्गठन स्तब्ध भएको जनाउँदै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै सङ्गठनका सदस्य जीवन हमाल र उहँको परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ, वक्तव्यमा भनिएको छ ।...
जाजरकोटमा अबदेखि राहदानी (पासपोर्ट )अनलाइन आवेदन फारममा शुल्क नलाग्ने

जाजरकोटमा अबदेखि राहदानी (पासपोर्ट )अनलाइन आवेदन फारममा शुल्क नलाग्ने

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, सुचना संचार
जाजरकोट :जिल्ला प्रशासन कार्यालय जाजरकोटले राहदानी (पासपोर्ट) को अनलाइन आवेदन फाराम निःशुल्क भरिदिने भएको छ । मंगलबार एक सूचना जारी गर्दै प्रशासनले निःशुल्क अनलाइन आवेदन भर्ने व्यवस्था गरेको जनाएको छ ।माघ १ गते देखि निःशुल्क अनलाइन आवेदन फाराम भर्ने व्यवस्था सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले बताए । यसभन्दा अघि आउने सेवाग्राहीले चर्काे शुल्क तिरेर पासपोर्टको अनलाइन फाराम भर्ने गरेका थिए ।  सेवाग्राहीको मर्कालाई बुझेर कार्यालयले निःशुल्क भर्ने व्यवस्था गरेको प्रशासकीय अधिकृत शर्माले बताए । ...
क्रान्तिकारी युवा संगठन नेपाल ६ नम्बर प्रदेश कमिटिले १२ बुद्दे संघर्षका कार्यक्रमकाे घाेषणा गरेकाे छ

क्रान्तिकारी युवा संगठन नेपाल ६ नम्बर प्रदेश कमिटिले १२ बुद्दे संघर्षका कार्यक्रमकाे घाेषणा गरेकाे छ

Breaking News, राजनीति, विचार, समाचार
सुर्खेत : क्रान्तिकारी  युवा संगठन नेपाल ६ नं प्रदेश समितिले प्रदेश भित्र का तमाम समस्या हरुको बिषय मा संघर्ष का कार्यक्रम घोषण गर्दै पत्रकार सम्मेलन सम्पन्न भएको गरेकाे छ ।बुधबार सुर्खेतको बिरेन्द्रनगरमा पत्रकार सम्मेलन गरि १२ बुद्दे संघर्षका कार्यक्रमहरु घाेषणा गरेकाे हाे । गत पुस ३ गते संगठनको केन्द्रीय कमिटिले प्रधानमन्त्री समक्ष २० बुद्दे माग पत्र पठायकाे थियाे ।उक्त मागहरुमा सरकारले अटेर गरे पछि र कार्यन्वयन नभय भछि संगठनले काठमाडौं लगायतका ठाउँ हरुमा  प्रदर्शन तथा संघर्षका कार्यक्रम हरु गर्दै आयकाे छ । मागहरु : १)देश को आर्थिक अवस्था टाट पल्टिने अवस्था मा पुग्दा समेत जनप्रतिनिधिहरुले विभिन्न २८ देखि ३० प्रकार का भत्ता खाने प्रक्रिया का विरुद्ध संघर्ष गर्ने। २) जनप्रतिनिधि हरुले योजना मैले हालेको भन्दै योजना को कुल बजेट को ५ देखि १०% सम्म कमिसन लिने गरेको ले यस्तो कार्य का विर...
प्रा.डा. ताराकान्त पाण्डे काे पार्थिव शरिरमा अन्तिम श्रद्धाञ्जली अर्पण

प्रा.डा. ताराकान्त पाण्डे काे पार्थिव शरिरमा अन्तिम श्रद्धाञ्जली अर्पण

Breaking News, राष्ट्रिय, संस्कृति, समाचार, स्वास्थ
काठमाडौं : गत पुस २७ दाङ जिल्लाको भालुवाङमा बस दुर्घटनामा परी निधन  भएका बरिष्ठ मार्क्सवादी लेखक, कवि, साहित्यकार तथा साैन्दर्य चिन्तक प्रा.डा. ताराकान्त पाण्डेयकाे पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गरियकाे छ। इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष समेत रहेका पाण्डेयकाे पार्थिव शरीरमा मंगलबार  क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष माेहन वैद्य ‘किरण’ ले पार्टीको झन्डा ओढाएर र माल्यार्पण गरी अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिय। मंगलबार दिउँसो १२ :३० बजेदेखि २:३० बजेसम्म इच्छुक सांस्कृतिक प्रतिष्ठानको प्राङ्गण घट्टेकुलोमा श्रद्धाञ्जलीका लागि राखिएकाे अध्यक्ष पाण्डेयकाे पार्थिव शरीरमा उहाँकी जीवनसाथी शिला याेगी, छाेरी ज्वाइँ, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्यहरू, नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसाल, सञ्चारमन्त्री रेखा शर्मालगायत साहित्य तथा...
अखिल (क्रान्तिकारी)ले बुझायाे सिटिइभिटीलाई ज्ञापन पत्र

अखिल (क्रान्तिकारी)ले बुझायाे सिटिइभिटीलाई ज्ञापन पत्र

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं :क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट बिद्यार्थी संगठन अखिल  (क्रान्तिकारी)ले प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद्,(सिटिइभिटि)लाई २ बुद्दे ज्ञापनपत्र बुझायकाे छ ।आइतबार सिटिभिटिका संयोजक डिबि शाहीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनियकाे छ  ", स्तर निर्धारण महाशाखाले १०० बेडको आफ्नै अस्पताल भएको इच्छुक अस्पताल–शिक्षण संस्थाले श्रावण १ देखि मंसिर मसान्तसम्म जुनसुकै समय ३ वर्षे स्वास्थ्य सम्बन्धि प्रमाण–पत्र तहको तालिम सञ्चालनका लागि आवेदन दिन सक्ने भनी २०८० असोज ३० को दिन १९७ औं वैठकले निर्णय गरेको भएपनि बदनियतपूर्ण ढंगले मात्र एक हप्ताको समय दिएर २०८० मंसिर २३ गते सुचना जारी गरिएको विषयले संगठनको गम्भीर ध्यानाकर्षण भएको भन्दै यही सम्बन्धन प्रक्रियाका लागि केही परिषद कै कर्मचारी र कलेजहरुको मालिकसँगको मिलेमतोमा व्यापक आर्थिक चलखेल समेत भएको भन्ने व्यापक जनगुनासो आएको घटना...
बिदा– मेरो प्यारो गुरु, रुँदै भन्छु– बिदा–बिदा !! “कविता” -अशाेक सुवेदी

बिदा– मेरो प्यारो गुरु, रुँदै भन्छु– बिदा–बिदा !! “कविता” -अशाेक सुवेदी

कविता, राजनीति, विचार, शिक्षा
                  कविता खुसी छैन आज यो मन, हाँस्दैन यो रङ्गीन फूल मनै चङ्गा नभए’छि जीवन बन्ने रै’छ शूल प्रियजनको बिछोडले धर्की–धर्की रुन्छ यो मन निर्जन लाग्छन् कोठा–चोटा, बैरागिँदा लाग्छन् यी बन ! उच्च थिए सपना हाम्रा, लक्ष्य थियो शिखरसम्म जस्तासुकै कठिनाइ पार गर्ने क्षितिजसम्म कहाँ लाग्यो, कहाँ दुख्यो, कति गर्यौ ऐयाऽआत्था ? निष्ठुरी त्यो क्रूर मृत्यु किन आयो जस्तो लाग्छ ! ‘भेटौँला नि छिट्टै हामी, कोरौँला नि नयाँ बाटो’ भन्दै मुस्काराउँदै हामी छुटेका थ्यौँ, घरैबाट पत्याउन मुस्किल पर्ने, सहन झन् गाह्रो पर्ने कस्तो बाटो हिँड्यौ तिमी ? प्रियजन नि शोकमै मर्ने ! दख्खल थियो दर्शन र भौतिकवादी सिद्धान्तमा मार्क्सवादी सौन्दर्य र समीक्षा–समालोचना सिर्जना र बौद्धिकता परिचय थियो तिम्रो सरलता, इमानदारी, गम्भीरता छनक तिम्रो ! आफू कता बिलाई गयौ देखाई हाम्लाई एउटा बाटो नपुरिने छ...
डा.ताराकान्त पाण्डे काे निधनप्रती आरसिपिका अध्यक्ष माेहन वैद्यले गरे वक्तव्य मार्फत श्रद्धाञ्जली

डा.ताराकान्त पाण्डे काे निधनप्रती आरसिपिका अध्यक्ष माेहन वैद्यले गरे वक्तव्य मार्फत श्रद्धाञ्जली

Breaking News, यातायात, राष्ट्रिय, विचार, समाचार, स्वास्थ
काठमाडौं :इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष डा ताराकान्त पाण्डेयको निधनप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष माेहन वैद्य "किरण"ले दुःख व्यक्त गरेका छन् । आईतवार  शोक बक्तव्य जारी गर्दै वैद्यले उनको असामयिक निधनप्रति दुःख व्यक्त गरेका हुन् । गत पुस २७ गते राति नेपालगंज देखि काठमाडौं आउने क्रममा  समालोचक, वामपन्थी चिन्तक तथा प्रध्यापक डाक्टर ताराकान्त पाण्डेयको दाङ जिल्लाको  भालुबाङमा बस दुर्घटनामा उपचार लिने क्रममा निधन भएको थियो । नेपाली प्रगतिवादि साहित्य जनवादी तथा समाजवादी साँस्कृतिक आन्दोलन र माक्र्सवादी साैन्दर्य चिन्तनकाे क्षेत्रमा अग्र पंक्तिमा रहेर स्थापित ब्यक्तित्वका रुपमा उल्लेखनीय भुमिका निर्वाह गर्दै आउनु भयका ,क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाहकार सदस्य तथा इच्छुक साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष समेत रहनु भयका पाण्डे केन्द्रीय स्कुलिङ ...