१६ बैशाख २०८३, बुधबार

Author: तुफान न्यूज

ईलाम २ काे उपनिर्वाचनमा सुहाङ नेम्वाङ विजयी

ईलाम २ काे उपनिर्वाचनमा सुहाङ नेम्वाङ विजयी

Breaking News, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं :प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । नेम्वाङका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी भएका हुन् । अघिल्लो निर्वाचनमा इलाम २ बाट सुहाङका बुवा सुवास नेम्वाङ विजयी भएका थिए । तर उनको गत वर्ष भदौमा निधन भएपछि रिक्त भएको स्थानमा वैशाख १५ गते उपनिर्वाचन भएको हाे। नेकपा एमालेले सुवासका छोरा सुहाङलाई चुनावी प्रतिस्पर्धामा उतारेको थियो ।सुहाङ २७ हजार ७७२ मतसहित विजयी भए । कांग्रेस उम्मेदवार खड्काले २१ हजार ९४२ मत पाए। निर्वाचनमा पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ र माओवादी केन्द्र त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत पाए । रास्वपाका लिम्बुले कूल सदर मतको १० प...
किड्नी पिडित टोपलाल खनाल बचाउन अमेरीकाबाट सहयोग

किड्नी पिडित टोपलाल खनाल बचाउन अमेरीकाबाट सहयोग

समाचार
काठमाडौं । गुल्मी लामिडाँडा ५ का टोपलाल खनानलाइ बचाउन अमेरिकामा रहेका पुस्कर खनालले चलाएको अभियान मार्फत बिभिन्न व्यक्ति बाट २ लाख नगद जम्मागरि हस्तान्तरण गरिएको छ । बिगत ६ महिना देखि किड्नीमा समस्या आएपछि उनलाइ बिभिन्न ठाउँबाट सहयोग जुटाउन रकम उठाउने काम भैरहेको छ । आर्थिक अबस्था कमजोर भएकाले किड्नि दिने आफ्नै श्रीमती भएतापनि उपचारकोलागि पैसाको अभाब भएपछि (सुशिल) टोपलाल बचाउ अभियान सुरु गरिएको हो । संकलित रकम बैशाख १० गते पुस्कर खनालको आफ्नै निवास बाट हस्तान्तरण भएको थियो । उक्त हस्तान्तरण कार्यक्रममा समाजसेबि भिम प्रसाद खनाल , चुरामणि मरासिनि, आशिष भन्डारी, बबिशा खनाल , नम्कला खनाल, लगायतको उपस्थिति रहेको थियो । यो दुखमा साथ दिन सबैलाइ पिडितले आग्रह गरेका छन् भने सहयोग गर्न सबैलाइ अनुरोध गरेका छन् । उनकि आफ्नै श्रीमतीले किड्नी दिने भए पछि उनको अब छिट्टै नै उपचार हुने भएको छ । पुस्...
लगानी गर्न चाहने लगानीकर्ता हरूलाई वातावरण तयार गर्नुपर्छ : मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ता हरूलाई वातावरण तयार गर्नुपर्छ : मन्त्री चौधरी

राष्ट्रिय, समाचार
काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले नेपालमा लगानी गर्न चाहने लगानीकर्ताका लागि वातावरण तयार गरिदिनुपर्ने बताउनुभएको छ । वैदेशिक लगानीकर्तालाई आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको ‘नेपाल लगानी सम्मेलन २०२४’ का सन्दर्भमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । नेपालमा लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण निर्माण गरिदिनुपर्ने भन्दै उहाँले भन्नुभयो, ‘लगानीकर्ताहरूलाई हामीले वातावरण निर्माण गरिदिनुपर्छ । केही-केही ऐन, कानूनका कारण उत्पन्न भएको समस्या समाधानका लागि अध्यादेशबाट लगानी सम्मेलनलाई नै आधार मानेर केही अध्यादेश ल्याएको छ । खासगरी नदी कोरिडोरको विषयमा । बाध्यात्मक अवस्था सिर्जना गर्ने चिजहरू, वातावरणीय कुराहरू रहेका छन् ।’ लगानी गर्नका निम्ति नेपाल सम्भावनायुक्त देश भएको भन्दै मन्त्री चौधरीले कानूनी, भौगोलिक त...
बरिष्ट सौन्दर्यबिद महराद्धारा मल्टिन्युट्रेशन प्रालिको शुभारम्भ

बरिष्ट सौन्दर्यबिद महराद्धारा मल्टिन्युट्रेशन प्रालिको शुभारम्भ

स्वास्थ
ललितपुर / नेपालमा युरोपियन मेडिकेटेड ब्युटी प्रडक्टहरूको बिक्रेता मल्टिन्युट्रेशन प्रालिले आफ्नो आउटलेट ललितपुरको मानभवनमा सञ्चालनमा ल्याएको छ । मल्टिन्युट्रेशन प्रालिको आज शनिबार एक विशेष कार्यक्रममार्फत वरिष्ठ ब्युटिसियन सुष्मा महराले रिबन काटेर उद्घाटन गरिन् । उनी नेपालको नम्बर वान फेसियल हाउसकी प्रबन्ध निर्देशक पनि हुन् । मानभवनस्थि एभिन्यु–८८ बिल्डिङको दोस्रो तल्लामा अवस्थित मल्टिन्युट्रेशन प्रालिको उद्घाटन गर्दै कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी सुष्मा महराले युरोपियन कन्ट्री पोल्याण्डमा उत्पादन गरिएको प्रडक्टहरू अत्यन्तै फाइदाजनक रहेको बताइन् । ‘म पनि आफू राम्री देखिन मल्टिन्युट्रेशनकै प्रडक्टहरू युज गरिरहेकी छु । उमेरले ४० कटिसकेँ, तै पनि ४० कटेकोजस्तो नदेखियोस् भनेर म ती प्रडक्टहरू प्रयोग गरिरहेकी छु,’ वरिष्ठ ब्युटिसियन महराले भनिन्, ‘मेड इन पोल्याण्डबाट आएका यी प्रडक्टहरू...
सिन्धु माओवादीको बनभोज भव्यताकोसाथ सम्पन्न

सिन्धु माओवादीको बनभोज भव्यताकोसाथ सम्पन्न

मनाेरन्जन, समाचार
काठमाडौं । सिन्धुपाल्चोकबाट काठमाडौंमा आई बिभिन्न पेशा ब्यवसाय तथा अध्ययन गर्दै अस्थायी रुपमा बसोबार गर्दे आएका नेकपा(माओवादी केन्द्र)का पार्टी सदस्य ,नेता,कार्यकर्ता तथा शुभचिन्तकहरुको मिलन गराउने उदेश्यले नेकपा(माओवादी केन्द्र) सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको बृहत वनभोज कार्यक्रम उल्लासमय वातावरणमा सम्पन्न भएको छ । भक्तपुरको सल्लाघारीको गणेश मन्दिर क्षेत्रमा रहेको पिकनिक स्थलमा आयोजना गरिएको कार्यक्रममा सिन्धुपाल्चोकका प्रभावशालि माओवादी नेताहरु प्रतिनिधि सभा सदस्य माधव सापकोटा(सुबोध),बागमती प्रदेश भौतिक पुर्वाधार मन्त्री युवराज दुलाल(शरद),बागमती प्रदेश अध्यक्ष तथा बागमती प्रदेश सांसद सरल सहयात्री ,बागमती प्रदेश सांसद अमृता नेपाल,सिन्धुपाल्चोक जिल्ला ईन्चार्ज केशव नेपाल,सम्पर्क समन्वय प्रदेश समिति अध्यक्ष तथा राष्ट्रियसभा सदस्य श्रीकृष्ण अधिकारी बिवेक, वाईसिएल...
अन्तर आईटी कलेज फुटसल उपाधि हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसल साइन्सलाई

अन्तर आईटी कलेज फुटसल उपाधि हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसल साइन्सलाई

Breaking News, खेल, समाचार
चितवन :चितवनमा अवसर एकेडेमीद्वारा आयोजित अन्तर आईटी कलेज फुटसल प्रतियोगिताको उपाधि हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसल साइन्सले जितेको छ ।शुक्रवार सम्पन्न फाइनल खेलमा आइएसएमटी कलेज भरतपुर ‘ए’ लाई २–१ ले हराउँदै हेटौंडा स्कुलले उपाधि हात पारेको हो । भरतपुर–१० स्थित प्रेसिडेन्सी कलेजमा प्रतियोगिता भएको हो ।प्रतियोगितामा विजेता टिमले ४० हजार नगदसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरे भने दोश्रो हुने टिमले २० हजार नगदसिहत ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरे । प्रतियोगितमा म्यान अफ द म्याच हेटौंडा स्कुलका खेलाडी सुजल लामा, उत्कृष्ट खेलाडी हेटौंडा स्कुलका विश्व लामा, उत्कृष्ट गोल किपर आइएसएमटी कलेजका सुरज गुरुङ बने भने सबैभन्दा बढी गोल गर्ने खेलाडी आइएसएमटी कलेजका देव तामाङ रहे । उनीहरु सबैले प्रति खेलाडी ३ हजार नगद पुरस्कारसहित प्रमाणपत्र र ट्रफि प्राप्त गरे । पुरस्कार वितरण समार...
एकै परिवारको अभिनय रहेको “आमा तिमी मेरो संसार” बोलको भिडियो सार्वजानिक

एकै परिवारको अभिनय रहेको “आमा तिमी मेरो संसार” बोलको भिडियो सार्वजानिक

मनाेरन्जन, समाचार
काठमाडौं । आफ्नो क्षेत्रमा केहि नयाँ गरेर देखाउने बानि परेका शंकर अधिकारी घायलले आफैंले लेखेको गीत “आमा तिमी मेरो संसार” बोलको गीतमा एकैपरिवारलाई अभिनय गराएका छन् । यो गीतको भिडियो अधिकारी आफैंले निर्देशन गरेका हुन् । नित्याशिवाको स्वर, बाबुल गिरीको संगीत, राजिव शाहको मास्टर मिक्सिङ र एरेन्ज रहेको “आमा तिमी मेरो संसार” बोलको गीतको भिड्यो राजन श्रेष्ठ अफिसियल च्यानल बाट रिलिज गरिएको हो । कथामा आमा बाबा लाई बृद्धाश्रम लगेर छोडने प्रवृती लाई उतारिएको छ । भिडियोमा गायिका नित्याशिवा, भिडियो सम्पादक ॐ खड्का , सुनिता कोइराला , आमाको भुकिमा गायिका नित्याशिवाकै आमा माया कटुवाल बैनी सुनिता कोइराला र छोरी दिप्सिका कोइराला, सजिना लामिछाने र भिडियो सम्पादनमा २ दशक काम गरेका अर्जुन पोखरेलको पनि अभिनय रहेको छ । https://youtu.be/Ax8jkUiTUlg?t=319...
तामाङ चलचित्र ‘ग्याल्बो राजा’को बैशाख १५ गते  बिशेष प्रदर्शन हुँदै

तामाङ चलचित्र ‘ग्याल्बो राजा’को बैशाख १५ गते बिशेष प्रदर्शन हुँदै

मनाेरन्जन, समाचार
काठमाडौं । तामाङ चलचित्र ‘ग्याल्बो राजा’को यहि बैशाख १५ गते बिशेष प्रदर्शन हुने भएको छ । सांस्कृतिक संस्थान ,राष्ट्रिय नाचघर जमलमा निर्देशक विनायक तामाङ निर्देशित तामाङ भाषाको चलचित्रको बिशेष प्रदर्शन गर्न लागिएको हो । कालिदेवी मिडिया हासउले संगीता तितुङको कथामा यो फिल्म निर्माण गरेको हो । फिल्ममा विनायक तामाङ, अर्जुन गुरुङ, संगीता तितुङ, माया देवी मोक्तान, सञ्जय लामा रुम्बा, रमेश स्याङ्तान, केबी मोक्तान, मेम्मर लो, बाबुराम सुवेदी, सुनलाल वाइबा, नोर्पु तामाङ लगायतले अभिनय गरेका छन् । फिल्ममा राजु किरातको द्धन्द, उत्तम शिशिर श्रेष्ठको नृत्य, सन्चु थोकरको छायांकन तथा निमा दोङ र विश्व दोङको संगीत रहेको छ । फिल्मको पटकथा तथा संवाद बाबुराम सुवेदीले लेखेका हुन् । फिल्मको गीतमा रचना रिमाल, विश्व दोङ, सुमिना लो, निमा दोङ र जितु लोप्चनले स्वर भरेका छन् । ‘ग्याल्बो राजा’ नेपाली भाषामा समेत डब...
संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सम्पन्न

संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सम्पन्न

संस्कृति, समाचार
काठमाडौं । संयुक्त अपाङ्ग एकता आवाज केन्द्रद्वारा बेसहारा बालबालिकालाई आवासीय र शिक्षाको व्यवस्था गर्ने उद्देश्यले श्रीमद् भागवत् ज्ञान महायज्ञ तथा श्रृङ्गारिक महाआरती महोत्सव, ब्रतबन्ध,गुन्यु चोलो सम्पन्न भएको छ । संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा आश्रित रहेका ५८ जना बालबालिकाहरुको लागि राम्रो शिक्षा, स्वास्थ्यको व्यवस्था गर्ने आश्रम सञ्चालनको खर्च जुटाउन बैशाख ६ गते शुरूवात भई बिहिवार एक औपचारिक कार्यक्रम बीच श्रीमद्भागवत महापुराण ज्ञानमहायज्ञ (सप्ताह) सम्पन्न भएको हो। संयुक्त अपाङ्ग एकता आवाज केन्द्रका बालबालिकाहरुको सहयोगार्थ आयोजना भएको श्रीमद्भागवत ज्ञानमहायज्ञ, पितृमोक्षका साथै संस्थामा आश्रित १०जना बटुकहरुको ब्रतबन्ध र ६ जना कन्याहरुलाईं सामुहिक गुन्यु चोली प्रदान गरिएको अध्यक्ष तिलबहादुर कार्कीले जानकारी दिनुभयो । महायज्ञको औपचारिक समापनमा मुल आयोजक स...
कक्षा १२ काे परीक्षा आज देखि सुरु, ३लाख ९० हजार बिद्यार्थीले परीक्षा दिदै

कक्षा १२ काे परीक्षा आज देखि सुरु, ३लाख ९० हजार बिद्यार्थीले परीक्षा दिदै

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं :कक्षा १२ काे परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ । परीक्षाको  सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा  बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए  । उनका अनुसार यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी हुने भएका छन् । त्यस्तै ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी हुने भएका छन् । देशभरका पाँच हजार पाँच सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुनेछन् । परीक्षाका लागि बोर्डले देशभर एक हजार पाँच सय २५ परीक्षा र देशबाहिर जापानमा एक गरि कूल एक हजार पाँच सय २६ परीक्षा केन्द्रमा निर्धारण गरेको उनले जानकारी दिए । सबैभन्दा बढी काठमाडौँमा एक सय ४४ र मनाङ÷मुस्ताङमा एक÷एक व...