२९ पुष २०८२, मंगलवार

Author: तुफान न्यूज

जाजरकोटमा माटाेकाे ढिस्काेले पुरिएर चार जना मजदुर घाइते

जाजरकोटमा माटाेकाे ढिस्काेले पुरिएर चार जना मजदुर घाइते

पुर्वाधार, राष्ट्रिय, समाचार
जाजरकोट :जुनीचांदे  गाउँपालिका–२ देसीपाटामा सडक मर्मतका क्रममा माटोको ढिस्कोले पुरिएर चारजना घाइते भएका छन्। बिश्व खाद्य कार्यक्रमअन्तर्गत सुयडाबाट मजकोट जाने सडक निर्माण कार्यका क्रममा आज बिहान करिब १० बजे माथिबाट खसेको माटोको ढिस्कोले कामदारलाई पुरेको हो। घटनापछि स्थानीय तथा प्रहरी टोलीको सहयोगमा घाइतेलाई ढिस्कोबाट बाहिर निकालिएको छ। ढिस्कोले पुर्दा जुनीचाँदे -२ का ३२ वर्षीय रामबहादुर वड, २५ वर्षीया निर्मला शाही,२२ वर्षीया पुलमाया लुहार,३५ वर्षीय नर बहादुर वड गम्भीर घाइते भएको जिल्ला प्रहरी जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम पाण्डेले बताए । गम्भीर घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत कर्णाली अस्पताल सुर्खेत पठाएको छ ।...
प्रेमिका बनाएर अन्तरङ्ग भिडियो आफन्तलाई पठाउने पक्राउ

प्रेमिका बनाएर अन्तरङ्ग भिडियो आफन्तलाई पठाउने पक्राउ

समाचार
काठमाडौँ । सामाजिक सञ्जालमा युवतीको चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक जना व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  नुवाकोट शिवपुरी गाउँपालिका वडा नं. १ बस्ने ३८ वर्षीय सुरेन्द्र केसी रहेका छन् । केसीले सामाजिक सञ्जालमा साथी बनेर कुराकानी गर्ने क्रममा पीडित युवतीलाई प्रेम प्रस्ताव राखेर भिडियो कल गर्ने क्रममा पीडित युवतीलाई अश्लील अङ्ग देखाउन लगाई रेकर्ड गरेका थिए । पछि उक्त भिडियो पीडित र पीडितको आफन्तलाई समेत पठाएका थिए । आफ्नो अपमान र बेइज्जत गरी चरित्र हत्या गरेकोले आवश्यक कारबाही गरी पाउ भनी पीडित युवतीले साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् । प्रहरी उपरीक्षक तथा प्रवक्ता  दीपक राज अवस्थीका अनुसार निवेदन प्राप्त भए अनुसार आवश्यक अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट उक्त कार्य गर्ने केसी रहेको खुल्न आएको थियो । उनलाई ब्यूरोको टोलीले मङ्सिर १२ गते पक्राउ गर्न...
विश्नोईको नाम लिएर व्यवसायीलाई धम्क्याएको आरोपमा दुर्गा प्रसाईंका सहयोगी पक्राउ

विश्नोईको नाम लिएर व्यवसायीलाई धम्क्याएको आरोपमा दुर्गा प्रसाईंका सहयोगी पक्राउ

समाचार
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले भारतीय गुण्डा नाइकेको नाम लिएर व्यवसायीलाई धम्क्याएको आरोपमा एक जनालाई पक्राउ गरेको छ। झापाबाट हरिचन्द्र फुयाललाई पक्राउ गरी अनुसन्धान गरिरहेको सिआइबी प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिए। फुयालमाथि भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीहरूलाई धम्क्याएको आरोप छ। केही समयअघि चार जना व्यवसायीहरूले आफूहरूलाई धम्की आएको भन्दै उजुरी गरेका थिए। सोही विषयमा अनुसन्धान गरी प्रहरीले उनलाई पक्राउ गरेको हो। उनी दुर्गा प्रसाईंका सहयोगीसमेत हुन्। यता प्रसाईंलाई पनि प्रहरीले हिरासतमा लिएर विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत अनुसन्धान गरिरहेको छ। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको भन्दै आरोप लगाएका थिए। लरेन्स विश्नोई भारतमा पछिल्लो समय...
नेपाली बजारमा आज सुन–चाँदीको मूल्य बढेको

नेपाली बजारमा आज सुन–चाँदीको मूल्य बढेको

समाचार
काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्य बढेको छ। बिहीबार प्रतितोला तीन रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार छ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, शुक्रबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला एक हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४५ रूपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ६१ अमेरिकी डलरमा कारोबार भइरहेको छ। ...
रूखबाट लडेर दाङमा एक जनाको मृत्यु

रूखबाट लडेर दाङमा एक जनाको मृत्यु

समाचार
काठमाडौं । दाङको तुलसीपुरमा रूखबाट लडेर एक जनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ तमाखेका ५४ वर्षीय जेमबहादुर सुनारको रूखबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। बिहीबार घाँस काट्न रूख चढेका उनी लडेका थिए।  
बागमती नदीमा छाडियो मेलम्चीको पानी

बागमती नदीमा छाडियो मेलम्चीको पानी

समाचार
काठमाडौं । बाला चतुर्दशी पर्वलाई लक्षित गरेर मेलम्चीखाने पानी विकास समितिको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट बागमती नदीमा थप पानी छाडिएको छ। आज साँझ पशुपतिस्थित कैलाश क्षेत्रमा पितृका नाममा बत्ती बाल्ने र शनिबार बिहान सतबिज छर्ने परम्परा रही आएको छ। बिहीबार साँझदेखि मेलम्चीको पानी छाडिएको मेलम्चीखाने पानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए। 'बागमती नदी प्रवाहमा सहयोग गर्न मेलम्चीको पानी बागमतीमा छाड्दै आएको थियौँ,' बिहीबारदेखि थप करिब चार करोड लिटर पानी बागमती नदी सफा गर्नका लागि छाडेका छौँ।'   ...
लभस्टोरी एक्सन चलचित्र सत्या” भोलिबाट हलहरुमा आउने

लभस्टोरी एक्सन चलचित्र सत्या” भोलिबाट हलहरुमा आउने

मनाेरन्जन
काठमाडौं । लभस्टोरी एक्सन चलचित्रको रुपमा हेरीएको “सत्या” चलचित्र भोलिबाट हलहरुमा आउने भएको छ । केहि समय अगाडीनै निर्माण सम्पन्न भएर प्रदर्शनको तयारीमा रहेको लभस्टोरी एक्सन फिल्म “सत्या”ले एक केहि समय अगाडीनै ट्रेलर सार्वजानिक गरिसकेको छ । चलचित्रमा बिकास थापा मगर, राज कालाखेती, प्रिया शर्मा, करणसिंह बोहरा, वर्षा थिङ, सुमन खत्री, तेजा ऐर, ममता पौडेललगायतका कलाकारले अभिनय गरेका छन् भने चलचित्रको प्रस्तुति बिकास थापामगर र निर्देशन मिलन आले मगरको रहेको छ । करिब एक करोडको हाराहरी लगानीमा बनेको यो चलचित्रका प्रस्तुतकर्ता तथा अभिनेता बिकास थापामगरले चलचित्रका हिरोइन तथा केही निर्माता बिदेशमा रहेकाले प्रदर्शनमा अलि ढिला भएको बताउँदै ‘सत्या’ भरपुर मनोरञ्जक बनेको दावी गरेका छन् । यसै चलचित्रबाट अभिनयमा पाइला राखेका राज कालाखेतीले ‘सत्या’ बाट आफू निकै आशावादी रहेको बताए । उनले पछिल्लो समय एक्शन च...
श्रमिक कम्युनिस्ट पार्टीले उप निर्वाचन बहिस्कार गर्ने घाेषणा गरेकाे छ

श्रमिक कम्युनिस्ट पार्टीले उप निर्वाचन बहिस्कार गर्ने घाेषणा गरेकाे छ

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं : श्रमिक कम्युनिस्ट पार्टी नेपालले उप निर्वाचन बहिष्कार गर्ने घाेषणा गरेकाे छ । पुर्ण बहादुर सिंह ´समरजंग`नेतृत्वको श्रमिक कम्युनिस्ट पार्टी नेपालले यहि मंसिर १६ गते हुने उप निर्वाचनलाई सशक्त बहिष्कार गर्ने बतायकाे छ । पार्टीका संयाेजक सिंहले एक बिज्ञप्ती जारी गर्दै उक्त चुनाव लाई बहिष्कार गर्ने घाेषणा गरेका छन । याे संसदीय ब्यवस्था सबै हिसाबले असफल, नकाम र बदनाम भईरहेकाे र जन्ताकाे पक्षमा नभयकाे भन्दै सम्पुर्ण नेपालीले बहिस्कार ,अवज्ञा,बहिष्कार तथा खारेजी गर्नु पर्ने बिज्ञप्तिमा उल्लेख छ । यहि मंसिर १६ गते देशका विभिन्न ठाउमा विभिन्न कारणले रिक्त भयका जिल्ला समन्वय समिति प्रमुख, नगर प्रमुख उप प्रमुख,गाउँँपालीका अध्यक्ष, उपाध्यक्ष,वडा अध्यक्ष र सदस्यहरुकाे पदका लागी देशै भरिका ४४ ठाउहरुमा निर्वाचन आयाेगले चुनाब गर्न लागेकाे छ । पार्टी द्वारा जारी विज्ञप्ति यस्तो छ : ...
चक्रपथ सरसफाइ महा अभियानले ४०० औं हप्तामा बृहत रक्तदान कार्यक्रम गर्ने

चक्रपथ सरसफाइ महा अभियानले ४०० औं हप्तामा बृहत रक्तदान कार्यक्रम गर्ने

समाचार
काठमाडौं । चक्रपथ सरसफाइ महा अभियानले ४०० औं हप्ता पुरा भएको अवसरमा यहि मंसिर १५ गते शनिवार ग्रीन सिटी हस्पिटल बसुन्धारा चौकीमा बृहत कार्यक्रम गर्ने भएको छ । २०७४ बैसाक २ गते बाट शुरु भएको यो अभियानले कोटेश्वर बाट पश्चिम तथा कलंकी बाट पुर्वको चक्रपथ क्षेत्रलाई आफ्नो कार्यस्थल बनाएर कार्य गरिरहेको छ । ग्रीन सिटी हस्पिटलका अध्यक्ष लोक बहादुर टण्डनको संयोजकत्वमा चलेको यो अभियानले २०७४ साल बाट अहिले सम्म पनि प्रतेक शनिवार निरन्तर कार्यक्रम गरिरहेको छ । ५० हप्ता १०० हप्ता २०० हप्ता पुगेको अवसरमा बिशेष कार्यक्रम गरेको यो अभियानले ४०० हप्ता पुरा भएको अवसरमा अभियन्ता सम्मान,बृहत रक्तदान तथा सांस्कृतिक कार्यक्रम गर्ने जनाएको छ । पछिल्लो समय निकै चर्चित गीत हरु गाएर आम दर्शक श्रोताको मन जित्न सफल गायक तिलक बस्नेतले व्यवस्थापन गरिरहेको यस अभियानमा सामाजिक अभियन्ता जित बहादुर हमाल,पुण्य रत्न बज्रा...
अपहरण गरी फिरौती रकम माग गर्ने दुई जना पक्राउ

अपहरण गरी फिरौती रकम माग गर्ने दुई जना पक्राउ

समाचार
काठमाडौं । अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगन्ज महानगरपालिका-१६ ईनर्वागाउँ बस्ने ३० वर्षीय सन्तोष दास तत्मा र सोही महानगरपालिका-१६ नगवा बस्ने ३१ वर्षीय हरिशंकर शर्मा रहेका छन् । रौतहट कटहरिया नगरपालिका-६ बस्ने ४१ वर्षीय पुरुषलाई आइतबार अपहरण गरी फिरौती रकम माग गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई वीरगन्ज महानगरपालिका-१६ ईनर्वागाउँबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट नगद ५० हजार रुपैयाँ र अपहरणमा प्रयोग गरेको २ थान मोटरसाइकल समेत बरामद गरेको छ । उनीहरू उपर अपहरण तथा शरीर बन्धक कसुरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ...