२९ पुष २०८२, मंगलवार

Author: तुफान न्यूज

मेलामा कुटपिट गर्ने ५ जनामाथि मुद्दा दायर

मेलामा कुटपिट गर्ने ५ जनामाथि मुद्दा दायर

समाचार
काठमाडौं । रौतहटस्थित सन्तपुर मेलामा रक्सी पिएर मारपिट गर्ने ५ जना मानिसलाई प्रहरीले  पक्राउ गरी मुद्दा चलाएको छ। चन्द्रपुर नगरपालिका ४ का वर्ष २० को सागर चौधरी, वडा २ का वर्ष २१ को प्रकाश बहादुर कटुवाल, वडा ७ का वर्ष २१ को राजेश थापा मगर,  अरुण  राना  मगर र गुजरा नगरपालिका २ का वर्ष २६ को सुजन तामाङ लाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको हो। उनीहरूमाथि सोमवार अभद्र व्यवहार मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट म्याद थमाई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले बताए। सन्तपुर  मेलामा आइतबार राति साढे १२बजेको समयमा  चन्द्रपुर  ४ बस्ने सौकत अन्सारीलाई  कुटपिट गरी बियरको बोतलले समेत प्रहार गरिरहेको अवस्थामा मेला सुरक्षामा खटिएको प्रहरी टोलीले उनीहरू पाँचै जनालाई पक्राउ गरेको थियो। ...
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बाल क्यान्सरको निःशुल्क उपचार

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बाल क्यान्सरको निःशुल्क उपचार

समाचार
काठमाडौं ।बिपी कोइराला मेमोरियल बाल क्यान्सरको निःशुल्क उपचार सुरुआत गरेको छ । अस्पतालले विगतमा शय्या, खाना, रेडियो थेरापी निःशुल्क गर्दै आएकामा अब केमोलगायत औषधि पनि निःशुल्क गर्न  थालनी गरेको हो । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार डिसेम्बरको अन्तिमसम्म विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट केमोसहितका ३५  बाल क्यान्सरका औषधि निःशुल्क आउँदैछन् । ती औषधि नआउँदासम्म अहिले अस्पतालले नै औषधि उपलब्ध गराउँदै आएको छ । उनले भने, “मन्त्रालयले स्रोत सुनिश्चितता गरेकाले हामीले औषधिसमेत सम्पूर्ण उपचार निःशुल्क सुरु गरेका छौँ ।” अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार यस अस्पतालमा बाल क्यान्सरका बिरामीको चाप अत्यधिक हुने गर्दछ । उनले भने, “धेरै बिरामी हुन्छन्, निःशुल्क गर्दा अस्पताललाई ठूलो भार हुन्छ भनेपछि स्वास्थ्य मन्त्रालयले स्रोतको सुनिश्चितताको प्रतिबद्धता ...
महेश पाण्डेले दिए घुम्ने उद्देश्यले मात्रै एक जना युवकलाई जापान पठाएको बयान

महेश पाण्डेले दिए घुम्ने उद्देश्यले मात्रै एक जना युवकलाई जापान पठाएको बयान

समाचार
काठमाडौं । कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी जोडिएको मानव बेचबिखन प्रकरणमा मुख्य बिचौलिया महेश पाण्डेले घुम्ने उद्देश्यले मात्रै एक जना युवकलाई जापान पठाएको बयान दिएका छन् । धादिङ घर भएका ३४ वर्षीय महेश पाण्डेले जापानमा आफ्नो साथी दिवाकर बाबु भट्टराईले सांस्कृतिक कार्यक्रमको आयोजना गरेको र त्यहाँ आफूले २२ वर्षीय कञ्चन देवकोटालाई पठाएको बयान दिएका छन् । बयानमा उनले भनेका छन्, ‘भट्टराईले जापान जान चाहने मान्छेको नाम मागेको कञ्चन देवकोटाले जापान घुम्न मलाई पठाइदिनु भनेपछि पठाएको हुँ ।’ होटल खर्च र प्लेन टिकटका लागी आवश्यक ५ लाख ५० हजार रकम देवकोटासँग लिएर भट्टराईलाई दिएको पाण्डेले बताएका छन् ।   ...
मूल्य घटेपछि बजारमा सुन ‘सोल्ड आउट’

मूल्य घटेपछि बजारमा सुन ‘सोल्ड आउट’

समाचार
काठमाडौं । पछिल्लो दुई दिनमा सुनको मूल्य प्रतितोला साढे १८ हजार रूपैयाँले घटेको छ। मंगलबारको लागि एक तोला सुनको मूल्य एक लाख ४८ हजार सात सय रूपैयाँ पुगेको छ। नेपाल सरकारले सुनमा लगाएको भन्सार महसुल आधाले घटाएको र अन्तर्राष्ट्रिय बजारमा समेत मूल्य घटेपछि एकैपटक यति धेरै भाउ घटेको हो। करिब एक महिना अघि (कात्तिक १५ गते) स्थानीय बजारमा सुनको मूल्य एक लाख ७१ हजारसम्म पुगेको थियो। एक महिनाको अवधिमा नै १२ प्रतिशतले मूल्य घटेर डेढ लाखभन्दा तल झरेपछि पसलहरूमा उपभोक्ताको भिड देखिन थालेको छ। व्यवसायीहरूका अनुसार हिजो सोमबार विशेषगरी न्युरोडका पसलहरूमा उपभोक्ताको घुइँचो देखिएको थियो। अन्य पसलहरूमा पनि सामान्य अवस्थामाभन्दा बढी माग आएको व्यवसायीहरूले बताएका छन्। 'उपभोक्ताको चासो बढेको छ, लामो समय कारोबार नै नभएकोमा अब बढ्ने अपेक्षा गरेका छौं,' तनहुँको दमौलीमा सुन पसल...
दुर्गा प्रसाईंलाई उपस्थित गराइयो सर्वोच्च अदालत

दुर्गा प्रसाईंलाई उपस्थित गराइयो सर्वोच्च अदालत

समाचार
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको भन्ने आरोप लगाएपछि पक्राउ परेका प्रसाईंलाई मंगलबार दिउँसो सर्वोच्च अदालतमा उपस्थित गराइएको हो। उनलाई साइबर ब्युरोले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान गरिरहेको हो। सर्वोच्चमा उनका छोरा निराजन प्रसाईंले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल, केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए। रिटमा सुनुवाई गर्दै विपक्षीलाई बन्दीसहित उपस्थित हुन भन्दै आइतबार (म‌ंसिर ९ गते) न्यायाधीश मनोजकुमार शर्माको इजलासले आदेश दिएको थियो। उक्त आदेशपछि साइबर ब्युरोले प्रसाईंलाई अदालतमा उपस्थित गराएको हो। आइतबार नै जिल्ला अदालत का...
रुकुम पश्चिममा चक्कु प्रहार गरेर छोराले गरे बाबुको हत्या

रुकुम पश्चिममा चक्कु प्रहार गरेर छोराले गरे बाबुको हत्या

समाचार
काठमाडौं । रुकुम पश्चिममा धारिलो हतियार चक्कु प्रहार गरेर छोराले आफ्नै बुबाको हत्या गरेका छन् । रुकुम पश्चिम प्रहरीका अनुसार आठबिसकोट नगरपालिका–१० घारीखोलाका २० वर्षीय वीरबहादुर खत्रीले ५० वर्षीय बुबा दर्वे खत्रीको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार घटना गएराति ८ बजेतिरको हो । बाबुछोराको सामान्य विवादमा वीरबहादुरले चक्कु प्रहार गरेर बुबाको हत्या गरेको पाठकले रातोपाटीलाई बताए । अहिले वीरबहादुर फरार रहेको र उनको खोजी कार्य भइरहेको छ । पाठकका अनुसार वीरबहादुर नशाको प्रयोग गर्ने गर्दथे । ...
महानगरले हुलाकबाट पठायो एमालेलाई जरिवानाको पत्र

महानगरले हुलाकबाट पठायो एमालेलाई जरिवानाको पत्र

समाचार
काठमाडौँ । नेकपा एमालेले काठमाडौँ महानगरपालिकाको जरिवाना पत्र भौतिक रूपमा बुझ्न अस्वीकार गरेपछि हुलाक र इमेलमार्फत पठाएको छ । आइतबार जरिवानासहितको पत्र लिएर एमाले केन्द्रीय कार्यालय च्यासल पुगेको महानगरको टोलीलाई दरबारमार्गमा भएको एमाले जागरण सभाको आयोजक एमाले केन्द्रीय कार्यालय नभएको भन्दै पत्र बुझेको थिएन । आइतबार भौतिक रूपमा पत्र नबुझेपछि महानगरले इमेल र हुलाकमार्फत पत्र बुझाएको हो । ‘सोमबार बिहान हामीले हुलाक र इमेलमार्फत एमालेलाई पत्र पठाएका छौ’, काठमाडौँ महानगर प्रहरी बलका प्रमुख एसएसपी राजुनाथ पाण्डेले जानकारी दिए । एमालेले शुक्रवार काठमाडौँको दरबारमार्गमा गरेको जागरण सभामा फोहोर गरेको भन्दै एक लाख जरिवाना तिर्नुपर्ने भन्दै पत्र काटेको थियो । तर एमालेले भने काठमाडौँ महानगरका मेयर बालेन शाहले एमालेमाथि राजनीतिक स्टन्ट गरेको प्रस्टीकरण दिँदै...
शेरबहादुर देउवाले बताए अहिले मुलुक ऋण लिन सक्ने अवस्थामा नरहेको

शेरबहादुर देउवाले बताए अहिले मुलुक ऋण लिन सक्ने अवस्थामा नरहेको

समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले मुलुक ऋण लिन सक्ने अवस्थामा नरहेको बताएका छन्। जकपुर विमानस्थलमा सोमबार पत्रकारहरूसँगको कुराकानीमा सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा ऋण लिन नहुने बताएका हुन्। ऋण लिन सक्ने  सामर्थ्य अहिले नेपालसँग नभएको सभापति देउवाले बताए। ‘ऋण नलिने, तर अरू अनुदान लिन हामी तयार छौं,’ सभापति देउवाले भने। चीन नेपालको मित्र राष्ट्र भएको पनि उनले बताए। ‘चीन हाम्रो मित्र राष्ट्र हो, किन नजाने त्यहाँ?,’ उनले प्रश्न गरे। प्रधानमन्त्री केपी शर्मा ओली मंसिर १७ गते चीन भ्रमणमा जाँदैछन्। ...

नारायणघाट–मुग्लिन सडकको नौकिलोमा ट्रकमा च्यापिएका दुबैको मृत्यु

समाचार
काठमाडौं । नारायणघाट–मुग्लिन सडकको नौकिलोमा भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। आइतबार राति नारायणघाटबाट मुग्लिनतर्फ जाँदै गरेको ट्रक अनियन्त्रित भई सडक छेउमा पल्टिएको थियो। बागमती प्रदेश ००३–००१ ख ३४९० नम्बरको ट्रक पल्टिँदा दुई जना लामो समयसम्म च्यापिएका थिए। उनीहरु दुबै जनाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार मकवानपुरको मकवानपुरगढी गाउँपालिका–६ बस्ने ३८ वर्षीय श्याम बजगाई र सोही ठाउँका ३१ वर्षीय दीपक दाहालको मृत्यु भएको हो। घाइते भएका ट्रकका सहचालक रामेछापका २१ वर्षीय मानबहादुर विकको भरतपुरस्थित एलाइभ हस्पिटकल एण्ड ट्रमा सेन्टरमा र मकवानपुरको हेटौंडा–१८ बस्ने अन्दाजी ६० वर्षीय दलबहादुर कोइरालाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। ट्रकका चालक मकवानपुरगढी–६ का २८ वर्षीय दिनेश पुडासैनीको खोजी भइरहेको प्रहरीले...
चितवनमा स्कुल बस दुर्घटनामा घाइते भएका एक बालकको मृत्यु

चितवनमा स्कुल बस दुर्घटनामा घाइते भएका एक बालकको मृत्यु

समाचार
काठमाडौं । चितवनको चित्रवन स्कुलको बस दुर्घटनामा घाइते भएकामध्ये एक विद्यार्थीको उपचारका क्रममा मृत्यु भएको छ। कालिका–४ स्थित विद्यालयका विद्यार्थीहरु गत शनिवार स्काउटको तालिम र वनभोजका लागि जिल्लाको उपरदाङगढीमा पुगेका थिए। वनभोज सकेर फर्कनेक्रममा बसको ब्रेक फेल भएर दुर्घटना भएको थियो। घाइतेमध्ये कालिका–३ का ८ वर्षीय आरम्भ पोखरेलको सोमवार बिहान साढे ५ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको थियो।   ...