२६ बैशाख २०८३, शनिबार

Author: तुफान न्यूज

मंगल प्रसाद माध्यमिक विद्यालय नेपालगंजले गर्यो पुर्व विद्यार्थी सम्मान

मंगल प्रसाद माध्यमिक विद्यालय नेपालगंजले गर्यो पुर्व विद्यार्थी सम्मान

समाचार
काठमाडौं । मंगल प्रसाद माध्यमिक विद्यालय (एमपि स्कुल) नेपालगंजले स्वागत तथा सम्मान कार्यक्रममा आफ्नो ५ जना पुरानो विद्यार्थी लाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा सुरेन्द्र बहादुर हमाल, सुरेश कुमार कनोडिया,वरिष्ठ अधिवक्ता विजय कुमार गुप्ता र ध्रुव कुमार वैश्य लाई सम्मान गरिएको हो । नेपालगंज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका सिडिओ,जिल्ला समन्वय समितिका जिसिओ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जैकेश सिंहको आतिथ्यता रहेको थियो । कार्यक्रममा सम्मानित व्यक्तित्वहरू र विद्यालयका प्रधानाध्यापक सन्ध्या गुप्ताले आ—आफ्ना भनाईहरु राख्नु भएको थियो ।...
गोर्खाका मनिष गुरुङलाई ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको बनभोज कार्यक्रमबाट सहयोग

गोर्खाका मनिष गुरुङलाई ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको बनभोज कार्यक्रमबाट सहयोग

Breaking News
काठमाडौं । भिजन स्टिल एण्ड आल्मोनियम स्टक्चर प्रा.लि.को सिंहदरवार भित्र रहेको गृहमन्त्रालयको कार्यक्षेत्रमा लडेर घाईते भई उपचारार्थ रहेका गोर्खा जिल्ला, सिरनचोक ५ रित गाउँका मनिष गुरुङ लाई ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको आयोजनामा गोकर्ण जगडोल शहिद तथा निजामती पार्कमा भएको बृहत बनभोज एवं सांस्कृतिक कार्यक्रम बाट सहयोग प्राप्त भएको छ । लडेर ढाडको पुरै भाग नचल्ने भए पछि गुरुङलाई औषधि उपचारमा समेत आर्थिक अभाव भएपछि ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं पश्चिमक्षेत्रका अध्यक्ष सैलेश ठकुरीको पहलमा सहयोगको लागि आह्वान गरिएको थियो । कार्यक्रम स्थलमा सहयोगार्थ राखिएको सहयोग बाकसमा जम्मा भएको रु १,१०,०००÷महासंघका अध्यक्ष ठुलोबाबु श्रेष्ठले बिरामी मनिष गुरुङ लाई हस्तान्तरण गर्नु भएको हो । अनौपचारीक तथा सांस्कृतिक कार्यक्रम सन्चालन गर्नुभएका महासंघका केन्द्रिय सदस्य राजेश श्रेष्ठले संघ संस्...
जनकपुर बोल्ट्सले फाइनल खेलमा सुदूरपश्चिमलाई हराउँदै जित्यो उपाधि

जनकपुर बोल्ट्सले फाइनल खेलमा सुदूरपश्चिमलाई हराउँदै जित्यो उपाधि

समाचार
काठमाडौं । कैलालीमा लागुऔषध मुद्दामा पक्राउ परेका थुनुवालाई प्रहरी हिरासतबाट छुटाइदिने भन्दै रकम असुली गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । लागुऔषध मुद्दामा पक्राउ परेका धनगढी उपमहानगरपालिका–१ का एक जना थुनुवालाई थुनामुक्त गरिदिने भन्दै उनको परिवारबाट रकम असुलेको आरोपमा तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–७ बस्ने २९ वर्षीय रुपक साउद, २२ वर्षीय रमेश साउद र १९ वर्षीय हर्क साउद रहेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले जानकारी दिए । उनकाअनुसार उनीहरुले थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारतीय रुपैयाँ समेत बरामद गरिएको छ । त्यो बाहेकको थप रकम थुनुवालाई छुटाएपछि लिने भनी मोलमोलाई गरिएको थियो । उनीहरुले थुनुवाका परिवारलाई विश्वासमा पार्न उद्देश्यले किर्ते कागजपत्र बनाएर नेपाली कागजमा ...
दाङमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

दाङमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

समाचार
काठमाडौं । दाङमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ।   घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिक वडा नं. १० गुर्जेखोला नजिकै शुक्रबार दिउँसो साढे १  बजेतिर भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने बसमा सवार ११ जना घाइते भएका छन्।   घोराहीतर्फ आउँदै गरेको रा १ ख ८१६ नं. को बसले विपरीत दिशाबाट जाँदै गरेको रा ५ प ६६५४ नं. को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही–१० निवासी ४४ वर्षीय दिलिप केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते केसीलाई उपचारका लागि घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इश्वर थापाले जानकारी दिए।   दुर्घटनामा...
कैलालीमा थुनुवालाई छुटाइदिने भन्दै रकम असुल्ने ३ जना पक्राउ

कैलालीमा थुनुवालाई छुटाइदिने भन्दै रकम असुल्ने ३ जना पक्राउ

समाचार
काठमाडौं । कैलालीमा लागुऔषध मुद्दामा पक्राउ परेका थुनुवालाई प्रहरी हिरासतबाट छुटाइदिने भन्दै रकम असुली गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।   लागुऔषध मुद्दामा पक्राउ परेका धनगढी उपमहानगरपालिका–१ का एक जना थुनुवालाई थुनामुक्त गरिदिने भन्दै उनको परिवारबाट रकम असुलेको आरोपमा तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।   पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–७ बस्ने २९ वर्षीय रुपक साउद, २२ वर्षीय रमेश साउद र १९ वर्षीय हर्क साउद रहेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले जानकारी दिए ।   उनकाअनुसार उनीहरुले थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारतीय रुपैयाँ समेत बरामद गरिएको छ । त्यो बाहेकको थप रकम थुनुवालाई छुटाएपछि लिने भनी मोलमोलाई गरिएको थियो ।   उनीहरुले थुनुवाका परिवारलाई विश्वासमा पार्न उद्देश्यले किर्ते का...
बाराको जीतपुरमा कारभित्र एक शव फेला

बाराको जीतपुरमा कारभित्र एक शव फेला

समाचार
काठमाडौं। बाराको जीतपुरसिमरा उपमहानगरपालिका-११ मा एक कारमा शव फेला परेको छ ।   बागमती प्रदेश ०१ ०२८ च ७६१६ नम्बरको कारमा एक पुरुषको शव शनिबार बिहान भेटिएको प्रहरीले जनाएको छ । मृतक टाउकोमा चोट लागेको अवस्थामा भेटिएका हुन् ।   जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मृतकको पहिचान खुलेको छैन ।   अज्ञात समूहले गोली प्रहार गरेर हत्या गरेको हुनसक्ने आशंका स्थानीयले गरेका छन् ।   जिल्ला प्रहरी कार्यालय बाराका एसपी नेतृत्वको टोली घटनास्थलमा पुगेको छ ।   घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ । ...
वृद्धको हत्या गरी गरगहना र नगद लुटपाट

वृद्धको हत्या गरी गरगहना र नगद लुटपाट

समाचार
काठमाडौं । महोत्तरीमा डाँका समूहले घरमा पसेर एकजना वृद्धको हत्या गरेको छ। शनिबार बिहान करिब ४ बजे महोत्तरीको मनवरासिसवा नगरपालिका- ४ स्थित साढाका ७० वर्षीय सुशील झाको डाँका समूहले हत्या गरेको प्रहरीले जनाएको छ । ७/८ जनाको समुहमा रहेको डाँका समूहले लुटपाट गर्दै झाको हत्या गरेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जैसवारले बताए। `सुन चाँदीको गरगहना र पैसा मागेपछि दिन इन्कार गर्दा हात/ मुक्काले हानेर  उनको हत्या भएको देखिन्छ । हामी घटनास्थलमै छौँ, अनुसन्धान हुँदै छ,´उनले भने ।   ...
बाजुरा केन्द्रबिन्दु भयर ५.३ म्याग्निच्युटकाे भुकम्प गयाे

बाजुरा केन्द्रबिन्दु भयर ५.३ म्याग्निच्युटकाे भुकम्प गयाे

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
सुर्खेत : बाजुरा केन्द्रबिन्दु भएर सनिवार बिहान भूकम्प गएको छ। जिल्लाको पाण्डवगुफा गाउँपालिका क्षेत्र केन्द्रबिन्दु भएर शनिबार बिहान ४: १४ बजे ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लामा महसुस भएको जानकारी प्राप्त भएको छ। यद्यपि भूकम्पबाट भएको क्षतिबारे हालसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन।...
न्युजलाईन्स मिडियाको ९ औ बार्षिकोत्सव समारोह तथा सम्मान कार्यक्रम सम्पन्न

न्युजलाईन्स मिडियाको ९ औ बार्षिकोत्सव समारोह तथा सम्मान कार्यक्रम सम्पन्न

समाचार
काठमाण्डौं । न्युजलाईन्स मिडिया प्रा.लि.ले आफ्नो ९ औ बार्षिकोत्सव समारोह तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । पुस ५ गते शुक्रबार डाडाँ गाउँ स्थित ग्रिन भ्याली रिसोर्टमा उक्त बार्षिकोत्सव समारोह तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो । मिडियाकी प्रबन्ध निर्देशक रिता ढकालको सभापतित्व तथा न्युज लाईन्स मिडियाका अध्यक्ष राजु भट्टको संयोजकत्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा उपस्थित हुनुहुन्थ्यो । मिडियाकर्मी विष्णुमाया पौडेलले सन्चालन गर्नुभएको कार्यक्रममा मिडियाका सल्लाहकार तथा समाजसेवी राम प्रसाद न्यौपानेले उपस्थित सबैलाई स्वागत मन्तब्य बाट स्वागत गर्नु भएको थियो । ९ औ बार्षिकोत्सवको अवसरमा नेपालका प्रथम उपराष्ट्रपति झाले संचारकर्मी, पर्यटन व्यवसायी, नृत्यकला निर्देशक, समाजसेवीहरुलाई सम्मान गर्नुभयो । सम्मानित हुने हरुमा संचार क्षेत्रबाट राज्यदैन...
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठग्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठग्ने दुई जना पक्राउ

समाचार
काठमाडौं । प्रहरीले वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमापारी विभिन्न देश पठाइदिन्छु भन्दैरकमठगी गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ ।   पक्राउपर्नेहरूमाभक्तपुर नगरपालिका–० कमलविनायकबस्ने ३६ वर्षीय ज्वालाराम मुस्याख्वा र रूपन्देही बुटवल उपमहानगरपालिका–१३ नयाँ गाउँ ठेगाना भइ काठमाडौं टोखा नगरपालिका–६ ग्राण्डी बस्ने ३७ वर्षीय बुद्धि बहादुर बस्याल रहेका छन् ।   पक्राउमध्ये ज्वालारामले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ र बुद्धिबहादुरले दुबई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ९० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ज्वालारामलाई बागबजारबाट र बुद्धिबहादुरलाई सामाखुशीबाट पक्राउ गरेको हो ।   उनीहरूलाई आवश्यक अनुसन्धान तथा क...