दक्षिण कोरियामा जहाज दुर्घटना हुँदा १७९ जनाको ज्यान गयो ,२ जनालाई उद्धार
काठमाडौं । दक्षिण कोरियामा १८१ यात्रु बोकेको एउटा जहाज दुर्घटना हुँदा १७९ जनाको ज्यान गएको र २ जनाको उद्धार भएको देशको अग्नि नियन्त्रण सेवाले जनाएको छ।
जेजु एअरको बोइङ ७३७ विमानमा १७५ जना यात्रु र ६ जना चालक दलका सदस्य थिए।
मृतकमध्ये ७१ जना महिला र ७१ जना पुरुष रहेका छन् भने अन्य शवको हालसम्म लिङ्ग पहिचान गर्न सकिएको छैन।
त्यो विमान थाइल्यान्डको ब्याङ्ककबाट फर्किरहेको थियो र उक्त दुर्घटना अवतरणको समयमा भएको विवरण आएका छन्।
देशको दक्षिण पश्चिममा पर्ने मुआन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट घिस्रिएको उक्त विमान पर्खालमा ठोक्किएको थियो।न्याश्नल फायर एजेन्सीले अधिकांश यात्रुले ज्यान गुमाएको हुन सक्ने बताएको छ।
अधिकारीहरूले त्यहाँ अग्नि नियन्त्रक, प्रहरी र उद्धारकर्ताहरू गरी हाल १ हजार ५ सय जनाभन्दा बढी मानिसहरू खटिएको जनाएका छन्।त्यसअघि विमानस...









