२९ पुष २०८२, मंगलवार

Author: तुफान न्यूज

जाजरकोट र रुकुम पश्चिमका वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी

जाजरकोट र रुकुम पश्चिमका वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
जाजरकोट : जाजरकोट कुशे गाउपालीका -७ मा नेपाली कांग्रेसका उम्मेदवार खम्ब प्रसाद सिंहले बिजय हासिल गरेका छन। सिंहले ३४७ मत ल्यायर विजय भयका छन भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका गाेरख बहादुर नेपालीले ३३२ मत प्राप्त गरेका छन, नेकपा एमालेका डम्बर बहादुर घर्तीले २५२ मत प्राप्त गरेका छन र राष्ट्रिय प्रजातन्त्र पार्टीका लालबहादुर खत्रीले ७  मत प्राप्त गरेका थिय,भने १५ मत बदर भयका थिए।  एक हजार ३ सय २ मतदाता रहेको सो वडामा आइतवार भएको उपचिर्वाचनमा ९ सय ५६ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जाजरकोटले जनाएको छ । यो वडा माओवादी केन्द्रले अघिल्लो चुनावमा जितेको थियो  वडाध्यक्ष मन बहादुर घर्तीको निधन भएपछि रिक्त रहेको वडाध्यक्ष पदमा उप निर्वाचन भएको हो । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षमा पनि नेपाली कांग्रेसका उम्मेदवार मोतिराम खत्रीले ५९० मत ल्याएर...
होटल पौवाको प्रोमो कोडबाट यति एयरलाइन्सको हवाई यात्रामा छुट पाइने

होटल पौवाको प्रोमो कोडबाट यति एयरलाइन्सको हवाई यात्रामा छुट पाइने

अर्थवाणिज्य, समाचार
नेपालगन्ज । नेपालका बिभिन्न स्थानहरुमा नेपाली हस्पिटालिटीसहितको सेवा दिँदै आएको होटल पौवाको प्रोमो कोड प्रयोग गरेर यति एयरलाइन्सको विमानमा हवाई यात्रा गर्दा छुट पाइने भएको छ । होटल पौवालाई यति एयरलाइन्सले प्रदान गरेको प्रोमो कोडबाट हरेक नेपालीले हवाई भाडामा ३ सय रुपैयाँ छुट पाउने भएका हुन् । यति एयरलाइन्समा हवाई यात्राका लागि टिकट खरिद गर्दा पौवाको YTPAUWA300 कोड समाविष्ट गरेर टिकट काट्दा साबिक भाडामा ३ सय रुपैयाँ छुट प्राप्त हुने होटल पौवाका ब्राण्ड विभाग प्रमुख विष्णु भण्डारीले जानकारी दिए । उनका अनुसार यति एयरलाइन्सको वेबसाईटबाट सिधै टिकट काट्दा आउने प्रोमो कोडको स्थानमा पौवाको कोड प्रयोग गर्दा साबिक भाडामा ३ सय रुपैयाँ छुट हुनेछ । नेपाली स्वादका लागि छुट्टै पहिचान बनाएको पौवा ग्रुपलाई यतीले प्रदान गरेको प्रोमो कोडका लागि ब्राण्ड प्रमुख भण्डारीले धन्यवाद दिए । ‘जहाबाट आतिथ्यताक...
ट्याक्सीमा महिला बोकेर यौनधन्दा गराएको आरोपमा दुईजना पक्राउ

ट्याक्सीमा महिला बोकेर यौनधन्दा गराएको आरोपमा दुईजना पक्राउ

समाचार
काठमाडौं । जाजरकोटमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ। शुक्रबार साँझ ७ बजे भेरी नगरपालिका-१ रावतगाउँस्थित कर्णाली करिडोर अन्तर्गत डोल्पाबाट नेपालगन्जतर्फ आउँदै गरेको बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी पुरूषोत्तम पाण्डेले जानकारी दिए। भे १ ख १३९६ नम्बरको बसले जाजरकोट नलगाड नगरपालिका-१ चिउरी बस्ने ३७ वर्षीय सुरेश महरलाई ठक्कर दिएको थियो। बसको ठक्करबाट महर गम्भीर घाइते भएको डिएसपी पाण्डेले बताए। उपचारका लागि उनलाई जिल्ला अस्पताल जाजरकोटमा लगिएको थियो। चालक बाँके नेपालगंज उपमहानगरपालिका वडा न.४ बस्ने बर्ष ४५ को कबिराज घर्तिमगरलाई प्रहरीले पक्राउ गरेको थियो।   ...

जाजरकोटमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

समाचार
काठमाडौं । जाजरकोटमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ। शुक्रबार साँझ ७ बजे भेरी नगरपालिका-१ रावतगाउँस्थित कर्णाली करिडोर अन्तर्गत डोल्पाबाट नेपालगन्जतर्फ आउँदै गरेको बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी पुरूषोत्तम पाण्डेले जानकारी दिए। भे १ ख १३९६ नम्बरको बसले जाजरकोट नलगाड नगरपालिका-१ चिउरी बस्ने ३७ वर्षीय सुरेश महरलाई ठक्कर दिएको थियो। बसको ठक्करबाट महर गम्भीर घाइते भएको डिएसपी पाण्डेले बताए। उपचारका लागि उनलाई जिल्ला अस्पताल जाजरकोटमा लगिएको थियो। चालक बाँके नेपालगंज उपमहानगरपालिका वडा न.४ बस्ने बर्ष ४५ को कबिराज घर्तिमगरलाई प्रहरीले पक्राउ गरेको थियो।   ...
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको

समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। शनिबार अमेरिकी डलरको भाउ स्थिर छ। अमेरिकी डलर एकको खरिददर १३४ रूपैयाँ ८८ पैसा र बिक्रिदर १३५ रूपैयाँ ४८ पैसा तोकिएको छ। शुक्रबार पनि सोही मूल्यमा अमेरिकी डलरको कारोबार भएको थियो। युरोको भाउ आज केही घटेको छ। शुक्रबार युरो एकको खरिददर  १३४ रूपैयाँ ८८ पैसा र बिक्रीदर १३५ रूपैइँ ४८ पैसा थियो। शनिबार एकको खरिददर १४२ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ २१ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३ रुपैयाँ ७८ पैसा कायम गरिएको छ। केन्द्रीय बैंकका अनुसार, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ८८ रुपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३५ पैसा र बिक्...
किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

समाचार
काठमाडौं । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दाङमा युवक पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका-१३ सेवार सृजनशील टोल डेरा गरी बस्ने सल्यान दार्मा गाउँपालिका-६ घर भएका २० वर्षीय कमल बुढाथोकीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । कमलले ती किशोरीलाई विभिन्न प्रलोभनमा पारी भेट्न बोलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ...
रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किँदा पाँच जनाको मृत्यु

रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किँदा पाँच जनाको मृत्यु

समाचार
काठमाडौं । रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किँदा पाँच जनाको मृत्यु भएको छ। सुनछहारी गाउँपालिका वडा नम्बर ३ गाममा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किएको हो। जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाका अनुसार टेवा पर्खाल भत्किँदा पाँच जनाको मृत्यु भएको हो। मौलाबाङ र बाहिरी गाम जोड्न झोलुङ्गे पुल निर्माणको काम चलिरहेको थियो। आइतबार बिहान करिब ९:५० बजे टेवा पर्खाल भत्किँदा पाँच जनालाई पुरेको थियो। रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीले मृतक पाँचै जनाको पहिचान खुलेको जानकारी दिए। सुनछहरी ३ बाहिरी गामका ४५ वर्षीय दुजमान परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुवित्रा परियार, २७ वर्षीया आइती परियार र ६६ वर्षीय देवीराम परियारको मृत्यु भएको उनले बताए। यो पुल निर्माणमा सात जना खटिएका थिए। पर्खाल भत्केको देखेपछि दुई जना भाग्न सफल भएका थ...
नेपाली बजारमा घट्यो आइतबार सुन–चाँदीको भाउ

नेपाली बजारमा घट्यो आइतबार सुन–चाँदीको भाउ

समाचार
नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको भाउ घटेको छ। अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला एक हजार छ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला चार सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो। यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ५० अमेरिकी डलरमा कारोबार भइरहेको छ।...
चक्रपथ सरसफाइ महा अभियानको ४०० औं हप्ता पुरा

चक्रपथ सरसफाइ महा अभियानको ४०० औं हप्ता पुरा

समाचार
काठमाडौं । चक्रपथ सरसफाइ महा अभियानको ४००औं हप्ता पुरा भएको अवसरमा सफाई अभियन्ता सम्मान,बृहत रक्तदान कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ । २०७४ साल बैसाख २ गतेबाट शुरु भएको अभियान ४०० हप्ता पुरा भएको छ । युवा नेता तथा प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सभापतित्व ग्रीन सिटी हस्पिटलका अध्यक्ष एवं चक्रपथ सरसफाइका संयोजक लोक बहादुर टण्डनले गर्नु भएको थियो । कार्यक्रम सन्चालन सामाजिक अभियन्ता तथा मिडियाकर्मी डि.बि.पराजुलीले गर्नु भएको थियो । यो कार्यक्रमलाई ग्रीन सिटी हस्पिटल र रोटरी क्लबअफ काठमाडौं डाउनटाउनले आयोजना गरेको हो भने सह आयोजकको रुपमा ब्लोदान काठमाडौं मध्यक्षेत्र रहेको थियो । ब्लोदान काठमाडौं मध्यक्षेत्रका अध्यक्ष आर.बि.ठकुरीले रक्तदान कार्यक्रमको संयोजन गर्नु भएको थियो । कार्यक्रममा नेपाल सरकारका पुर्व मुख्य सचिव लिलामणी पौडेल, टोखा नगरप...
आज रित्ता भयका स्थानीय तहमा जनप्रतिनिधि चुन्न मतदान सुरु

आज रित्ता भयका स्थानीय तहमा जनप्रतिनिधि चुन्न मतदान सुरु

Breaking News
काठमाडौं :विभिन्न कारणले रिक्त भयका देशैभरिका स्थानीय तहमा आज जनप्रतिनिधि चुन्न मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न हुने छ ।नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन भएको हो । कैलाली र ओखलढुंगाका जिल्ला समन्वय समिति प्रमुख र रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडाध्यक्ष भने निर्विरोध निर्वाचित भइसकेका छन् ।काठमाडौंको कीर्तिपुर नगरपालिकाका प्रमुख, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष, दोलखाको गौरीशङ्कर गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पदका लागि उपनिर्वाचन सुरु भएको छ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३, झापाको कन्काइ नगरपालिका–६, तेह्...