३० पुष २०८२, बुधबार

Author: तुफान न्यूज

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा थप एकजना पक्राउ परेका छन् । प्रहरीले सूर्यदर्शन सहकारीका साधारण सदस्य कृष्ण गुरुङलाई पक्राउ गरेको हो । विदेश जान लागेको अवस्थामा उनलाई प्रहरीले बिहीबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । उनी कतार जाने तयारीमा थिए ।

समाचार
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा थप एकजना पक्राउ परेका छन् । प्रहरीले सूर्यदर्शन सहकारीका साधारण सदस्य कृष्ण गुरुङलाई पक्राउ गरेको हो । विदेश जान लागेको अवस्थामा उनलाई प्रहरीले बिहीबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । उनी कतार जाने तयारीमा थिए । ...
निर्माण क्षेत्र निरन्तर सुस्त भएपछि घट्यो डिजेल खपत

निर्माण क्षेत्र निरन्तर सुस्त भएपछि घट्यो डिजेल खपत

समाचार
काठमाडौं। निर्माण क्षेत्र लामो समयदेखि सुस्त छ। यसको प्रत्यक्ष र प्रमुख प्रभाव निर्माण सामग्री उत्पादन र डिजेल खपतमा देखिएको छ। चालु वर्षको सुरूआती चार महिनामा मूल्यगत आधारमा २८ प्रतिशतले र परिमाणको आधारमा १० प्रतिशतले डिजेल खपत घटेको छ। २०८१ साउनदेखि कात्तिक मसान्तसम्म २९ अर्ब रूपैयाँ बराबरको तीन लाख २४ हजार किलोलिटर डिजेल आयात भएको छ। २०८० सालका यिनै महिनामा ४० अर्ब ३१ करोड रूपैयाँको ३ लाख ५९ हजार किलोलिटर डिजेल आयात भएको थियो। हामीकहाँ डिजेल भण्डार गर्ने क्षमता निकै कम भएकाले आयात भएको मात्रा नै तत्काल भएको खपतका रूपमा हेरिन्छ। यस आधारमा डिजेल खपत यो वर्ष पनि घटेको छ।अहिले मात्रै होइन, पछिल्ला केही वर्षदेखि नै डिजेल खपत बढेको छैन। नेपाल आयल निगमको तथ्यांक अनुसार वर्ष २०७७/७८ अघिका १५ वर्षमा वार्षिक डिजेल खपत वृद्धिदर २० प्रतिशत थियो। अर्थात् ह...
जंगलमा मृत भेटिएकी सुचिनाको हत्या भएको खुलासा

जंगलमा मृत भेटिएकी सुचिनाको हत्या भएको खुलासा

समाचार
काठमाडौं । सम्पर्कविहीन भएको चार दिनपछि मृत भेटिएकी गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ की १८ वर्षीया सुचिना घलेको हत्या भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले घलेको हत्या भएको निष्कर्ष निकाल्दै अनुसन्धान अघि बढाएको छ । गोरखाका डीएसपी तथा प्रवक्ता इन्द्रप्रसाद सुवेदीले धारिलो हतियार प्रहार गरी घलेको हत्या गरिएको देखिएको बताए । ‘अहिलेसम्मको अनुसन्धानका क्रमा धारिलो हतियार प्रहार गरी हत्या गरेको देखिन्छ । थप अनुसन्धानको काम भइरहेको छ,’ डीएसपी सुवेदीले  भने । युवतीको शव पोस्टमार्टमका लागि समेत पठाइएकोमा अहिलेसम्म रिपोर्ट आइपुगेको छैन । घले १५ मंसिरमा घाँस काट्न भन्दै जंगल गएकी थिइन् । त्यसको चार दिनपछि मंगलबार उनको शव जंगलमै खाल्डो खनेर गाडिएको अवस्थामा भेटिएको थियो ।उनी जंगलबाट नफर्किएपछि परिवारले खोजीका लागि भन्दै प्रहरीमा निवेदन दिएका थि...
क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य १ लाख अमेरिकी डलर नाघ्यो

क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य १ लाख अमेरिकी डलर नाघ्यो

समाचार
काठमाडौं । क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य १ लाख अमेरिकी डलर नाघेको छ । बिहीबार (बिहान ९ बजे कारोबार भइरहँदा) बिटक्वाइनको मूल्य १ लाख ३ हजार अमेरिकी डलर पुगेको छ । अघिल्लो दिनको तुलनामा यो ४.६७ प्रतिशतले बढेको हो । पछिल्लो एक महिनायता बिटक्वाइनको मूल्य उच्च दरमा बढेको छ । एक महिनाकै अवधिमा बिटक्वाइनको मूल्य करिब ४७ प्रतिशत बढेको छ । अमेरिकाको ४७औं राष्ट्रपतिमा डोनल्ड ट्रम्प निर्वाचित भएदेखि नै बिटक्वाइनको मूल्य उच्च दरमा बढिरहेको छ । अहिले फेरि ट्रम्पको अर्को घोषणाले बिटक्वाइनको भाउ बढेको छ । ट्रम्पले सेक्युरिटिज एण्ड एक्स्चेन्ज आयोगको अध्यक्षको जिम्मा पल एटकिन्सलाई दिने घोषणा गरेसँगै बिटक्वाइनको मूल्यले अर्को उचाइ लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनबीसीले उल्लेख गरेको छ । एटकिन्सले अमेरिकामा क्रिप्टोमैत्री नीतिको विकास गर्ने अनुमान गरिएको छ । ...
प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश प्रस्थान

समाचार
काठमाडौं । चीनको चारदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीलाई चीनका उप परराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान ११ बजे बिदाइ गरे । प्रधानमन्त्री ओली नेपाली समय अनुसार दिउँसो २:३० बजे काठमाडौं पुग्ने कार्यक्रम रहेको छ । ...
नेकपा माओवादी केन्द्रले २०८४ को चुनाव पनि एक्लै लड्ने तयारीमा जुट्ने निर्णय

नेकपा माओवादी केन्द्रले २०८४ को चुनाव पनि एक्लै लड्ने तयारीमा जुट्ने निर्णय

समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रले २०८४ को चुनाव पनि एक्लै लड्ने तयारीमा जुट्ने निर्णय गरेको छ । आज बिहान बसेको पदाधिकारी बैठकले स्थानीय तह उपनिर्वाचनबाट शिक्षा लिँदै २०८४ सालमा हुने निर्वाचन पनि एक्लै लड्ने तयारीमा जुट्ने निर्णय गरेको हो । मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनमा ४४ मध्ये ११ स्थान जितेर दोस्रो हुँदा उत्साहित भएको माओवादीको आज पार्टी अध्यक्ष प्रचण्डको निवास खुमलटारमा पदाधिकारी बैठक बसेको थियो । बैठकले उपनिर्वाचनमा एक्लै लड्ने पार्टीको निर्णय जनताले अनुमोदन गरेको र माओवादीको जनमत सबैतिर ‘राम्रो’ भएको निष्कर्ष निकालेको छ । बैठकपछि माओवादी उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले भने, ‘बीचमा केही समय अलमलिए पनि अब जनता र हाम्रो मन एकै ठाउँमा भएको जस्तो लागेको छ ।’ कीर्तिपुर नगरपालिकाको मेयर पदको उपनिर्वाचनमा माओवादी केन्द्रका उम्मे...
जाजरकोटकाे नुवागाउमा जिप दुर्घटना, दुईजनाकाे मृत्यु एक जना घाइते

जाजरकोटकाे नुवागाउमा जिप दुर्घटना, दुईजनाकाे मृत्यु एक जना घाइते

Breaking News, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट : पुष्पलाल मध्यपहाडी राजमार्ग अन्तरगत जाजरकोटको भेरी नगरपालिका -१० नुवागाऊमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन । शर्मा सिंह एण्ड ब्रदर्श निर्माण सेवा प्रालिको प्रदेश नम्बर ३-०१०२३ च ४७१९ बोलेरो जीप नुवागाउँको घुम्तिमा दुर्घटनामा परेको हो ।जीपमा सवार ३ जना मध्य २ जनाको घटनास्थलमा मृत्यु भएको र १ जना घाइते भयकाे जिल्ला प्रहरी कार्यालय जाजरकोटकाले जनायकाे छ । दुर्घटना के कसरी भयाे भन्ने बारे बुझ्न प्रहरीको टाेली घटनास्थल तर्फ पठाईयकाे जिल्ला प्रहरी कार्यलय जाजरकोटका प्रमख पुरुषोत्तम प्रसाद पाण्डेले बताउनु भयकाे छ ।...
टिकटकले दुई महिनामा हटायो ६ हजार ७८ भिडियो

टिकटकले दुई महिनामा हटायो ६ हजार ७८ भिडियो

Breaking News
काठमाडौं । टिकटकले नेपालमा दुई महिनामा कम्युनिटी ‘गाइडलाइन्स’ विपरीत पोष्ट गरेका छ हजार ७८ भिडियो हटाइएको छ । अप्रिल र जुन महिनामा पोष्ट भएका भिडियोमध्ये ९९ दशमलव १ प्रतिशत तुरून्तै हटाएको र ९३ दशमलव २ प्रतिशत भिडियो २४ घन्टाभित्र हटाएको टिकटकका प्रतिनिधिले जनाएका छन् । काठमाडौंमा मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगको समन्वयमा टिकटकले आयोजना गरेको ‘डिजिटल सेफ्टी समिट नेपाल’ कार्यक्रममा यो तथ्याङ्क प्रस्तुत गरिएको थियो । कार्यक्रममा टिकटक प्रतिनिधि सिद्रा जलिलले टिकटकले नियमन गर्न बनाएको निर्देशिका (गाइडलाइन) बारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् । मर्यादित र व्यवस्थित टिकटक प्लेटफर्म बनाउन उमेर समूह समेत छुट्याइएको प्रस्तुतकर्ता जलिलले बताइन् । टिकटकमा सीधै म्यासेज गर्न १६ वर्ष उमेर पुगेको हुनुपर्ने, लाइभमा बस्न १८ वर्ष उमेर पुगेको हुनुपर्नेलगायत निर्देशिका टिकटकले निर्धारण ग...
टुँडिखेलमा पुरुषको शव फेला

टुँडिखेलमा पुरुषको शव फेला

समाचार
काठमाडौं। काठमाडौँको टुँडिखेलमा शव फेला परेको छ । आज अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । शवको सनाखत हुन सकेको छैन ।
जनकपुरधाम नगरक्षेत्रमा आजदेखि मासु, माछा तथा मदिरा बिक्री वितरणमा रोक

जनकपुरधाम नगरक्षेत्रमा आजदेखि मासु, माछा तथा मदिरा बिक्री वितरणमा रोक

समाचार
काठमाडौं । सीताराम विवाहपञ्चमी महोत्सवका अवसरमा जनकपुरधाम नगरक्षेत्रमा आजदेखि मासु, माछा तथा मदिरा बिक्री वितरणमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले एक सूचना प्रकाशित गर्दै आजदेखि तीन दिनसम्म माछा, मासु तथा मदिरा बिक्री वितरणमा रोक लगाएको हो । जनकपुरधाम उपमहानगरपालिकाको परिक्रमा क्षेत्रभित्र तथा परिक्रमा सडकको दायाँबायाँ मदिरा बिक्री वितरण, पशुपक्षी काटमार, माछा बिक्रीवितरण तथा उत्पादनलगायत अन्य नशालु पदार्थको सेवन नगर्न/नगराउन अनुरोध गर्दै ती वस्तु पूर्ण रूपमा निषेध गरिएको सूचनामार्फत जनाइएको छ । कार्यालयद्वारा जारी सूचनामा आजराति १२ बजेदेखि मङ्सिर २२ गते राति १२ बजेसम्म जनकपुर नगरक्षेत्रमा मासु, माछा तथा मदिरा बिक्री वितरण नगर्न/नगराउन आदेश जारी गरिएको छ ।   धनुषाका प्रमुख जिल्ला अधिकारी राजुराम कडरियाको अध्यक्षतामा बसेको बैठकले उक्त ...