काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलाको एक लाख ५३ हजार ५ सय रुपैयाँमा घटेर आज प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा राम्रो सुनको कारोबार भइरहेको छ भने चाँदीको भाउ भने आज एक हजार ८१० रुपैयाँ स्थिर रहेको छ ।
काठमाडौं। काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा हाल कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ।
आज जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ३९ जनाविरूद्व सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको हो।
रविविरूद्व मात्रै सहकारी ठगीमा ५ करोड ८ लाख ६९ हजार ६३३ रुपैयाँ ५ पैसा बिगो कायम गरिएको छ।
...
काठमाडौं । आफ्नै छोरा ४९ वर्षीय माइला भन्ने लिला बहादुर पुर्कोटी सार्कीको हत्या गरेको अभियोगमा हरिहरपुरगढी गाउँपालिका-३ चपराडाँडा बस्ने ७६ वर्षीय डोमान सिंह सार्कीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
डोमान सिंहले घरायसी विवादको क्रममा गल प्रहार गर्दा लिला बहादुर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हरिहरपुरगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
गम्भीर घाइते भएका लिला बहादुरको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
...
काठमाडौं। केपी शर्मा ओली नेतृत्वको सरकारलाई सहयोग गर्न भन्दै नेपाली कांग्रेस र नेकपा (एमाले) ले विभिन्न कार्यदल बनाएका बनाएका छन्।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले आइतबार पार्टी केन्द्रीय कमिटी बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा सरकारलाई सहयोग गर्न अलग-अलग कार्यदल रहेकोबारे उल्लेख छ।
सरकार सञ्चालनमा सहजीकरण गर्न तथा आवश्यक सुझाव दिन कांग्रेस र एमालेले पाँच-पाँच जना रहेको संयन्त्र बनाएको पनि प्रतिवेदनमा उल्लेख छ।
साथै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले प्रतिवेदनमा उल्लेख गरेअनुसार कांग्रेस-एमालेका नेताहरू रहेको संयन्त्रले हालै सरकारलाई सहयोग गर्न विभिन्न क्षेत्रमा अलग-अलग कार्यदल बनाउने निर्णय गरेका छन्।
यस्तो कार्यदल चार-चार सदस्यीय रहेको छ। कार्यदलले राष्ट्रिय महत्त्वका केही विषयलाई सकारात्मक निष्कर्षमा पुर्याउन सहयोग गरेको पनि ...
काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ गौशाला स्थित होटलमा युवती मृत भेटिएको प्रकरणमा फरार रहेका युवक पनि मृत फेला परेका छन् । ओखलढुंगा घर भएर जापान बस्दै आएका देव बहादुर थापा पनि झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी कृष्ण खड्का अनुसार २४ वर्षीय थापाको शव सुनकोशी देवीस्थान जंगलमा रहेको रुखमा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेको हो ।
गत पुस १६ मा बागमती होटलमा सुस्मिता खड्का मृत फेला परिन् । कागेश्वरी मनोहरा नगरपालिकास्थित आलापोट घर भएकी उनी होटलको ३०८ नम्बर कोठामा मृत अवस्थामा फेला परेकी थिइन् ।
मध्यान्ह उनीसँगै होटलमा गएका थापा भने फरार थिए । होटलको कोठा जापान बस्दै आएका थापाकै नाममा बुक भएको भेटिएको थियो ।
युवकका परिवार आलापोटमा बस्छन् । थापाले आफ्नो सवारी चालक अनुमति पत्रको फोटो...
काठमाडौं । हुम्लाको सिमकोट गाउँपालिका–४ को पावरहाउस नजिक भदुखोलामा हेल्दुम गाउँका अन्दाजी ३८ वर्षीय चिरञ्जीवी शाही मृत अवस्थामा भेटिएका छन् ।
मृतक शाहीको शव पावरहाउस नजिक रहेको भदुखोलामा बेवारिसे अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले बताए ।
हेल्दुम गाउँका स्थानीय नरेन्द्र शाहीले खोलामा बेवारिसे शव भेटाएको भन्ने जानकारी प्रहरीलाई दिएलगत्तै प्रहरी निरीक्षक सुरेश सुवेदी नेतृत्वको टोली घटनास्थलतर्फ पुगेको थियो ।
भदुखोलाको ५० मिटर टाढा भेटिएको शव माथिल्लो शरीर पानीमा डुबेको र शरीरको तल्लो भाग मात्रै देखिएको थियो ।
शवलाई सदरमुकाम सिमकोट ल्याउने प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।...
काठमाडौं । कैलाली जिल्लामा एकैदिन लागुऔषधसहित १० जना पक्राउ परेका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलाली मातहतबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिकाको विभिन्न पाँच ठाउँका साथै टीकापुर क्षेत्रबाट गरी झण्डै साढे आठ ग्राम खैरो हिरोइन र धनगढीको केदार टोलबाट झण्डै ६९ ग्राम चरेशसहित दश जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कञ्चनपुर जिल्ला, कृष्णपुर नगरपालिकाका मोहन राना, प्रदीप राना, अनिल राना, कैलाली जिल्ला धनगढी उपमहानगरपालिकाका प्रभुराम राना, अमर राना, बाहाली राना, दीपक राना, बैतडी जिल्ला घर भई हाल धनगढी बस्ने खेमराज महरा, टीकापुर नगरपालिकाका विक्रम बुढा र मिलन टमटा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कविन्द्रसिंह बोहराले जानकारी दिए । ‘बेलाबखत प्रहरीले यो कर्डन एण्ड स्वीप अभियान चलाउँछ’, उनले भने, ‘कै...
काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा आज तीन घन्टा विद्युत अवरूद्ध हुने भएको छ।
नेपाल विद्युत प्राधिकरणका अनुसार काठमाडौं जोरपाटी वितरण केन्द्रको साँखु फिडर र ललितपुरको पुल्चोक वितरण केन्द्रको युएन पार्क फिडर अन्तर्गतका क्षेत्रहरूमा तीन घन्टा विद्युत अवरूद्ध हुने भएको हो।
साँखु फिडर अन्तर्गत पर्ने नयाँ पाटी, ब्रम्हखेल, इन्द्रायणी, साँखु, जर्शिंग पौवा, नांगलेभरे, गागलफेदी आलापोट आदि स्थानमा तथा ठिमीको बोडे फिडर अन्तर्गतको मुलपानी पिपलबोट मुलपानीचौर नेपाल टेलिकम ब्रम्हखेल नयापाटी बागधारा आदि स्थानमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।
त्यहाँ पेप्सी-मुलपानी सडकको कल्भर्ट निर्माणको क्रममा परेको एचटी पोल सार्नका लागि फिडर सटडाउनमा राख्नुपरेको प्राधिकरणले जनाएको छ।
त्यस्तै ललितपुरमा युएन पार्क फिडर अन्तर्गत ...
काठमाडौं । काठमाडौंको महाराजगञ्जमा रहेको 'लि शेर्पा रेस्टुरेन्ट' परिसरमा हरेक शनिबार 'लि शेर्पा फार्मर्स मार्केट' चल्दै आएको छ।
यो बजार विगत १४ वर्षदेखि सञ्चालित छ।स्थानीयस्तरमा उत्पादित वस्तु तथा सामग्रीको प्रोत्साहन गर्न यो बजार सुरू गरिएको हो। यहाँ स्वदेशीका साथै विदेशी ग्राहक पनि उल्लेख्य संख्यामा आउँछन्।
शनिबारको यो बजारमा किसानले स्थानीय स्तरमा उत्पादन गरेका फलफूल, तरकारीहरू लगायत खानेकुरा बेच्न राख्छन्। त्यस्तै, नेपाली ब्रान्डका सामानहरू पनि पाइन्छ।
...
काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कपिलवस्तु बाणगंगा नगरपालिका-३ बस्ने ३३ वर्षीय बसन्त बस्याल र सप्तरी तिलाठी कोईलाडी गाँउपालिका-२ बस्ने ३४ वर्षीय लाल कुमार मण्डल रहेका छन् ।
प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले काँकडभिट्टादेखी काठमाडौंतर्फ आउँदै गरेका बा.प्र ०१-००१ ख २८५६ नम्बरको बसमा सवार बसन्तलाई करिब २१ ग्राम र बा.प्र.०१-००६ ख ५६५२ नम्बरको बसमा सवार लाल कुमारलाई करिब १५ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
...