३० पुष २०८२, बुधबार

Author: तुफान न्यूज

बजारको ब्याजदर घट्दा बैंक तथा वित्तीय संस्थाको ऋणपत्रको मूल्य आकासिँदै

बजारको ब्याजदर घट्दा बैंक तथा वित्तीय संस्थाको ऋणपत्रको मूल्य आकासिँदै

समाचार
काठमाडौँ । बजारको ब्याजदर घट्दा बैंक तथा वित्तीय संस्थाको ऋणपत्र (डिबेञ्चर) को मूल्य आकासिँदै गएको छ । बजारको ब्याजदर सस्तो हुँदै जाँदा तुलनात्मक रूपमा धेरै प्रतिफल भएका यी ऋणपत्रको मूल्य बढ्दै गएको हो । अहिले बैंकिङ क्षेत्रको औसत ब्याजदर ५ प्रतिशत हाराहारीमा मात्रै छ । असोज मसान्तको विवरण अनुसार यस्तो दर ५.२५ प्रतिशत रहेको थियो । कात्तिक र मंसिर महिनामा घटेको ब्याजदरले यसलाई ५ प्रतिशत भन्दा तल झारिसकेको बैंकहरुको भनाइ छ । तर, बैंकहरुले तरलता समस्या समाधान हुनुअघि नै जारी गरेको ऋणपत्रको ब्याजदर भने उच्च छ । अङ्कित मूल्य १००० रुपैयाँ रहेका यस्ता ऋणपत्रको ब्याजदर परिपक्व अवधिसम्म तोकिएको बराबर नै हुन्छ भने प्रत्येक ६/६ महिनामा ब्याज भुक्तानी हुने व्यवस्था छ । अहिले बजारमा विभिन्न बैंक वित्तीय संस्थाहरुको ७३ वटा ऋणपत्र दोस्रो बजारमा सूचीकृत छन् । ती ऋणपत्रको ब्याजद...
रवि माथिको प्रतिशोधपूर्ण व्यवहार तत्काल रोक्न सरकारलाई प्रचण्डको चेतावनी

रवि माथिको प्रतिशोधपूर्ण व्यवहार तत्काल रोक्न सरकारलाई प्रचण्डको चेतावनी

समाचार
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले निरङ्कुश र अमानवीय व्यवहार देखाएको आरोप लगाएका छन् । पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका रविमाथि सरकारले गरेको अलोकतान्त्रिक, निरङ्कुश तथा प्रतिशोधपूर्ण व्यवहार तत्काल रोक्न उनले आग्रह गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा प्रचण्डले लेखेका छन्– ‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति मा।रवि लामिछानेमाथि सरकारले जुन निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरिरहेका छ त्यसको निन्दा गर्दछु र त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह गर्दछु।’ सहकारी ठगी गरेको आरोपमा लामिछानेलाई कातिक २ गते पक्राउ गरी कास्की प्रहरी हिरासतमा राखिएको छ । अस्वस्थ हुँदाह...
क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिवमा माेहन वैद्य “किरण”

क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिवमा माेहन वैद्य “किरण”

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा  माेहन वैद्य किरणलाई नै चुनिएको छ। काठमाडौंमा १० दिन सम्म चलेकाे महाधिवेशनले वैद्यलाई महासचिवमा चुनेकाे हाे।पार्टीका नेता सन्तबहादुर नेपालीको प्रस्ताव र हेमन्तप्रकाश ओली सुदर्शनको समर्थनमा मोहन वैद्य किरणलाई महासचिवमा निर्वाचित गरिएको हो। महाधिवेशनले मोहन वैद्य किरणको नीति र नेतृत्वलाई सर्वसम्मत रुपमा पारित गरेको छ । महाधिवेशनको बन्द सत्रले ११७ सदस्यीय पूर्ण र ८० सदस्यीय वैकल्पिक रहेको केन्द्रीय समिति निर्वाचित गरेको छ। नव निर्वाचित महासचिवको तर्फबाट किरणले आफूले सकेसम्म क्रान्तिको तयारीमा पूर्ण रुपले लागिपर्ने प्रतिबद्धता गरेका छन। मंसिर १३ गते काठमाडौं न्यूरोडको भूगोल पार्कमा  उद्घाटन कार्यक्रम सम्पन्न गरी कीर्तिपुरको स्मृति हलमा बन्द सत्र सुरु गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले मोहन वैद्य किरणले प्रस्तुत गरेको मूल र...
तारालाल धरेल सोफा उत्पादक संघ नेपालको अध्यक्षमा पुन निर्वाचित

तारालाल धरेल सोफा उत्पादक संघ नेपालको अध्यक्षमा पुन निर्वाचित

अर्थवाणिज्य, समाचार
काठमाडौँ । सोफा उत्पादक संघ नेपालको पहिलो साधारणसभा सम्पन्न भएको छ । काठमाडौं १६ नयाँबजारको सम्राट पार्टी प्यालेसमा पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको प्रमुख आतिथ्यता तथा चेम्बर अफ कमर्सका उपाध्यक्ष, सुरेन्द्र श्रेष्ठ, नेपाल फर्निचर तथा फर्निसिङ संघका उपाध्यक्ष राममणि गैरे, रिपोटर्स क्लबका अध्यक्ष ऋषि धमला, नेकपा एमालेका केन्द्रीय सदस्य खेम लोहनी, रास्वपाका उपसभापति डीपी अर्याल लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रम गायीका राशी रिजालले सन्चालन गरेकी थिईन् । कार्यक्रम सन्चालन संगै बिभिन्न गीतहरु गाएर उनले त्यहाँ आएका आगन्तुक हरुलाई मन्त्रमुग्ध बनाएकी थिईन् । पहिलो साधारणसभाले यो संघ स्थापना गर्न महत्वपुर्ण भुमिका निभाएका सफल सोफा व्यवसायी तारालाल धरेलको नेतृत्वमा नयाँ कार्यसमिति समेत चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा सुज...
लोमश वाङमय प्रतिष्ठानमा अक्षयकोष स्थापनार्थ “आधा शताब्दी” का लेखक राम प्रसाद सापकोटा बाट एक लाख सहयोग गर्ने घोषणा

लोमश वाङमय प्रतिष्ठानमा अक्षयकोष स्थापनार्थ “आधा शताब्दी” का लेखक राम प्रसाद सापकोटा बाट एक लाख सहयोग गर्ने घोषणा

मनाेरन्जन, समाचार
काठमाडौं । लोमश वाङमय प्रतिष्ठानमा अक्षयकोष स्थापनार्थ “आधा शताब्दी” का लेखक, पर्यटन व्यवसायी राम प्रसाद सापकोटाले एक लाख सहयोग गर्ने घोषणा गर्नु भएको छ । उहाँको आत्म बृतान्त “ आधा शताब्दी” माथि चर्चा परिचर्चा कार्यक्रममा उहाँले यो घोषणा गर्नु भएको हो । आफ्नो पुस्तकबारे बोल्दै लेखक रामप्रसाद सापकोटाले आफु कुनै साहित्यकार वा प्रवाभशालि लेखक नभएर एक सामान्य मान्छे भएकोले यसमा कुनै ढाँट छल नगरिकन आफ्नो जीवन यात्राका भोगाई तथा अनुभवहरुलाई शब्दको माध्यमबाटआम पाठक वर्गलाई पस्कने जमर्को मात्र गरेको भन्दै कतै शब्द वा वाक्य नमिलेको भए मिलाएर बुझिदिनुहुन आग्रह समेत गर्नु भएको थियो । यहि कार्यक्रम मार्फत भर्खरै मात्र दर्ता भएर ताते ताते मै हिडिरहेको संस्था लोमश वाङ्मय प्रतिष्ठानलाई अझै व्यवस्थित बनाएर अगाडी बढाउन लेखक तथा पर्यटन व्यवसायी राम प्रसाद सापकोटाले रु १ लाख बराबरको अक्षयकोष स्थापना गरिदि...
मानवता र फिलिस्तीन शहीदहरूको सम्झनामा विशेष कार्यक्रम सम्पन्न

मानवता र फिलिस्तीन शहीदहरूको सम्झनामा विशेष कार्यक्रम सम्पन्न

समाचार
बाँके । नेपालगञ्जमा मानवता र फिलिस्तीन शहीदहरूको सम्झनामा विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम नेपाल मुस्लिम शान्ति समाज, एक्टिभ युनियन अर्गेनाइजेसन नेपाल, सद्‌का पंजतन पाक समिति, र इको नेपाल फाउन्डेसनको संयुक्त आयोजनामा भएको हो। कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य मीना बोहरा सिद्दिकी रहनु भएको थियो। पूर्व लुम्बिनी प्रदेश सभा सदस्य याकुब अन्सारी र नरैनापुर गाउँपालिकाका प्रमुख इस्तियाक अहमद शाहको विशेष उपस्थिति रहेको कार्यक्रममा शान्ति, एकता, र मानवताको सन्देश प्रवाह गरियो। कार्यक्रम सञ्चालन डा. जैनुल आबदिनले गर्नुभएको थियो। हाफिज सगिर खानले शुभकामना मन्तव्य दिंदै मानवता र शान्तिका लागि समाजका सबै पक्षले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो। वक्ताहरूले विशेषगरी फिलिस्तीन युद्ध र हिंसाबाट प्रभावित बालबालिका, महिला, र पत्रकारहरूको सम्मान गर्दै उनीहरूका लागि न्...
टायल उद्योगमा १५ अर्ब लगानी, २ हजारलाई रोजगारी

टायल उद्योगमा १५ अर्ब लगानी, २ हजारलाई रोजगारी

समाचार
काठमाडौं । बाथरुम, भान्सा तथा भुइँ (फ्लोर) लगायतमा प्रयोग हुने टायलमा नेपाल आन्तनिर्भर हुने दिशामा अगाडि छ । पछिल्लो चार वर्ष अवधिमै नेपालमा ६ ठूला टायल उद्योग खुलेका छन् । यी उद्योगले कुल टायल मागको ६५ प्रतिशत हिस्सा ओगटेको नेपालमा कजरिया टायल उत्पादन गरिरहेको कजरिया रमेश टायल्स लिमिटेडका सञ्चालक रोहित गुप्ताले बताए । एउटा टायल उद्योगमा कम्तीमा २ अर्बदेखि बढीमा ४ अर्बसम्म लगानी भएको गुप्ता बताउँछन् । टायल उद्योगको लगानीलाई औसत साढे २ अर्बका दरले हिसाब गर्दा यी उद्योगहरुमा कुल १५ अर्ब रुपैयाँ लगानी भएको गुप्ता बताउँछन् । एउटा टायल उद्योगले २ सय ५० देखि ४ सय जनासम्मलाई रोजगारी दिन्छन् । यस हिसाबले टायल उद्योगमा २ हजार जनाले रोजगारी पाएका छन् । नेपालका ६ ठूला टायल उद्योगको कुल क्षमता प्रतिदिन ५० देखि ६० हजार वर्गमिटर रहेको उनले बताए । रमेश ...
म्याग्दीको  आठ स्थानमा स्वास्थ्य चौकीका भवन निर्माण

म्याग्दीको आठ स्थानमा स्वास्थ्य चौकीका भवन निर्माण

Breaking News
काठमाडौँ । जिल्लाका विभिन्न स्थानमा रु १० करोड ४७ लाख लागतमा आठवटा स्वास्थ्य चौकी भवन निर्माण भएका छन् । बेनी नगरपालिका, धवलागिरि, मङ्गला, अन्नपूर्ण गाउँपालिकामा एक–एक, मालिका र रघुगङ्गा गाउँपालिकामा दुई–दुईवटा स्वास्थ्य चौकी भवन निर्माण भएका हुन् । बेनी नगरपालिका–३ भकिम्लीमा रु ५० लाखमा सभाहलसहित पाँचकोठे एकतले स्वास्थ्य चौकीको पक्की भवन निर्माण भएको वडाध्यक्ष पदमबहादुर पुनले बताउनुभयो । रघुगङ्गा गाउँपालिका–४ दग्नाममा सहरी विकास मन्त्रालयको रु एक करोड ५९ लाख र वडा नम्बर ७ चिमखोलामा रु एक करोड ६७ लाख २८ हजार एक सय २६ लागतमा स्वास्थ्य चौकी भवन निर्माण भएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको स्वास्थ्य चौकीमा निलगिरिखोला जलविद्युत् आयोजनाको रु २८ लाख ४९ हजार सहयोगमा निर्माण भएको छकोठे भवनमा प्रसूतिगृह सञ्चालन भएको छ । अन्नपूर्ण–३ दाना र वडा ...
सर्बिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

सर्बिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

समाचार
काठमाडौं। वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामेछाप लिखु तामाकोशी गाउँपालिका-३ बिजुलकोट घर भई काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-९ नयाँबस्ती बस्ने ३४ वर्षीय उखिल बम्जन र कैलाली टिकापुर नगरपालिका-१ घर भई काठमाडौं महानगरपालिका-१० बुद्धनगर बस्ने २६ वर्षीय कमल रावल रहेका छन् । पक्राउ मध्ये उखिलले १ जना पीडितबाट १ लाख ४० हजार रूपैयाँ र कमलले १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उखिललाई काठमाडौं पिङगलास्थानबाट बुधबार र कमललाई काठमाडौं ताहाचलबाट बिहीबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल क...
प्रचण्डकी नातिनी स्मिता दाहाल बाँधिइन् बिवाह बन्धनमा

प्रचण्डकी नातिनी स्मिता दाहाल बाँधिइन् बिवाह बन्धनमा

समाचार
काठमाडौं। पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी गायिका स्मिता दाहाल विवाह बन्धनमा बाँधिएकी छिन् । स्मिताले आज प्रेमी सायुज्य श्रेष्ठसँग लगनगाँठो कसेकी हुन् । काठमाडौंको मूलपानीस्थित नर्लिङ रिसोर्टमा अहिले बिवाह समारोह चलिरहेको छ । स्मिता ‘प्रचण्ड’ की छोरी गंगा दाहाली छोरी हुन् । ...