९ माघ २०८१, बुधबार

इजरायलले रिहा गर्‍यो ९० प्यालेस्टाइनी बन्दी

काठमाडौं। इजरायल र हमासबीच विगत १५ महिनादेखि जारी युद्ध गत जनवरी १९ आइतबारबाट रोकिएको छ ।

  इजरायलले युद्धविरामपछि पहिलो लटमा ९० प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ भने यसअघि हमासले इजरायलका तीन महिला बन्धकलाई पनि रिहा गरेको थियो । यी बन्धकहरूको नाम रोमी गोनेन, एमिली डमारी र डोरोन स्टेनब्रेचर हुन् ।

 

  टाइम्स अफ इजरायलको रिपोर्ट अनुसार रेडक्रसको सहयोगमा तीन जना बन्धकहरूलाई इजरायलमा फिर्ता ल्याइएको थियो । बन्धकहरू फर्किएपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सम्पूर्ण देशले तपाईंलाई अँगालो हालेको बताएका छन् ।

 

  युद्धविरामपछि रिहाई भएका बन्दीहरू देखे पछि प्यालेस्टाइन र इजरायल दुवैमा उत्सव मनाएका छन् ।

 

युद्धविराम घोषणा भएपछि इजरायलको कडा नाकाबन्दीको बीचमा ६ सयभन्दा बढी ट्रक मानवीय सहायता बोकेर गाजा पुगेका थिए । प्यालेस्टाइनी नागरिकहरू युद्धग्रस्त क्षेत्रहरूबाट घरहरू निरीक्षण गर्न र आफ्ना आफन्तहरूलाई गाड्न फर्किरहेका छन् ।