३० पुष २०८२, बुधबार

Author: तुफान न्यूज

भुटानका राजा पर्सि काठमाडौं आउँदै

समाचार
काठमाडौं । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक यही मंसिर २१ गते काठमाडौं आउने भएका छन् । उनी २१ गते बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने छन् । र, सोही दिन काठमाडौंबाट फर्किने छन् । विहीबारदेखि भारतको औपचारिक भ्रमणमा निस्किने उनी भारत भ्रमण सकेपछि काठमाडौंमा केहीबेर रोकिने स्रोतको भनाइ छ । भुटानी राजा केही घण्टा काठमाडौं विमानस्थलमा रोकिने भएपछि काठमाडौंमा आवश्यक सुरक्षा तयारी अघि बढाइएको छ । उनको सुरक्षाका लागि नेपाली सेनाले अभ्यास समेत गरेको छ । ‘भुटानका राजाले काठमाडौंमा कसैलाई भेट्छन् कि भेट्दैनन् भन्ने खुलिसकेको छैन । यद्यपि स्वयम्भू र बौद्धनाथ दर्शन गरेर फर्किनसक्ने सम्भावना छ,’ स्रोतले अनलाइनखबरसँग भन्यो । भारतको विदेश मन्त्रालयले सार्वजनिक गरेको भुटानी राजाको भ्रमण तालिका अनुसार वाङचुक ९ः१० बजे इन्दिरा गान्धी अन्तर...
नेपालमा उत्पादन हुने ६० प्रतिशत अदुवा निर्यात

नेपालमा उत्पादन हुने ६० प्रतिशत अदुवा निर्यात

समाचार
काठमाडौँ । नेपाली अदुवाले अन्तर्राष्ट्रिय बजारमा सम्भावना देखाएको छ । मसला बालीको रूपमा हेरिने अदुवाले अन्तर्राष्ट्रिय स्तरमा राम्रो बजार पाएको छ । तर नेपालमा यसको प्रवर्द्धन र विकास भने खासै हुन सकेको देखिँदैन । नेपालमा अदुवाको माग र खपत कति हुन्छ भन्ने यकिन तथ्याङ्क सरकारी निकायसँग पनि खासै भेटिँदैन । नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत अदुवा बाली अनुसन्धान कार्यक्रम कपुरकोट, सल्यानले प्रकाशित गरेको ‘अदुवा उत्पादन प्रविधि’ नामक  अध्ययन पुस्तिकामा नेपालको कुल अदुवा उत्पादनको ६० प्रतिशत भाग निर्यात हुने गरेको उल्लेख छ । बाँकी ४० प्रतिशत उत्पादन आन्तरिक बजारमा खपत हुने गरेको अनुमान गरिएको सो अध्ययन प्रतिवेदनमा उल्लेख छ । सो अध्ययन प्रतिवेदन अनुसार बाह्य बजारमा अदुवाबाट बनेका विभिन्न खाद्यवस्तुहरूको माग पनि हुने गरेको पाइन्छ । अदुवा नेपालको मध्यपहाडी क्षेत्रका कृषकहरूका ...
कीर्तिपुरमा आज राति १० बजेदेखि मतगणना हुने

कीर्तिपुरमा आज राति १० बजेदेखि मतगणना हुने

समाचार
काठमाडौं । काठमाडौ‌को कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनको मतगणना आजराति १० बजेदेखि हुने भएको छ। आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदान सकिएसँगै अहिले कीर्तिपुर नगरपालिकाको सभाहलमा सर्वदलीय बैठक जारी छ। बैठकमा मतगणनाबारे छलफल भइरहेको छ। मतगणना आज राति १० बजेदेखि नै गर्ने तयारी छ।   ...
भक्तपुरमा एक सय ५१ एचआइभी सङ्क्रमित

भक्तपुरमा एक सय ५१ एचआइभी सङ्क्रमित

समाचार
काठमाडौं । भक्तपुरमा एक सय ५१ एचआइभी सङ्क्रमित रहेका छन् । आज साँझ ३७ औँ विश्व एड्स दिवसका अवसरमा जनस्वास्थ्य कार्यालय भक्तपुरले मध्यपुरथिमिस्थित राधेराधेमा आयोजित दीप प्रज्वलन कार्यक्रममा कार्यालय प्रमुख शान्तिराम खतिवडाले यहाँ एक सय ५१ एचआइभी सङ्क्रमित उपचाररत रहेको बताए । उनले नेपालमा एचआइभी एड्सको अवस्थाबारे जानकारी गराउँदै सन् २०२३ को अन्तिमसम्म नेपालमा ३० हजार तीन सय व्यक्तिमा एचआइभी सङ्क्रमित रहेको बताए । सन् २०२३ मा नेपालमा चार सय ५७ व्यक्तिमा एचआइभीको नयाँ सङ्क्रमण फेला परेको र यो सङ्ख्या सन् २००० को तुलनामा ९१ प्रतिशतले घटेको दाबी गरे । सन् २०३० सम्ममा नेपालमा एड्सलाई अन्त्य गर्ने परिकल्पना गरिएको छ । एचआइभी सङ्क्रमण रोकथाम, एचआइभी सङ्क्रमित व्यक्तिहरूको स्वास्थ्यसम्बन्धी परिणामहरूमा सुधार, सङ्क्रमित तथा मुख्य समूहमा एचआइभीसम्बन्धी असमानतामा कमी ल्याउन...
वीर अस्पतालअगाडि थर्मसमा चिया बेच्ने महिलालाई  महानगरद्दारा लछारपछार

वीर अस्पतालअगाडि थर्मसमा चिया बेच्ने महिलालाई महानगरद्दारा लछारपछार

समाचार
काठमाडौं । काठमाडौं महानगर प्रहरी बलले वीर अस्पतालअगाडि थर्मसमा चिया बेच्न हिँडेकी महिलालाई लछारपछार गरेको छ। वीर अस्पतालको बीच बाटोमा दुइटा थर्मस बोकेर चिया बेच्न हिँडेकी महिलामाथि तीन जना नगर प्रहरीले जबर्जस्ती थर्मस खोसेको भिडिओ सामाजिक सञ्जाल एक्समा भाइरल भइरहेको छ। भिडिओमा नगर प्रहरीले महिलाबाट थर्मस खोसेर लगेको देखिन्छ। सो क्रममा महिलाले कराउँदै प्रतिकार गर्न खोजेकी छन्। नगर प्रहरी ईश्वर वाग्लेले भने उक्त घटनाको गलत व्याख्या गरिएको बताए। 'उहाँ संकटा मन्दिरनेर बसिरहनुभएको थियो,' उनले भने, 'त्यहाँ पुनः निर्माणको काम भइरहेको हुँदा नबस्न हामीले आग्रह गरेका थियौं। तर नमानेपछि हटाएका हौं।' महिलालाई कुनै चोट नलागेको उनको दाबी छ। ...
दाङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दाङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

समाचार
काठमाडौं । दाङमा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। मोटसाइकलको पछाडि बस्ने अर्का घाइते छन्। ठक्करबाट मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ कुटीचौरका  १९ वर्षीय सुदीप बुढाथोकीको मृत्यु भएको छ। उनको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी ईश्वर थापाले बताए। मोटरसाइकलको पछाडि बस्ने तुलसीपुर वडा नम्बर १७ का २२ वर्षीय दीपक बस्नेत घाइते छन्। सोमबार बेलुका करिब साढे ६ बजेतिर घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ख १२९१ नम्बरको टिपरले एकै दिशातर्फ आउँदै गरेको रा ७ प ७४६ नम्बरको मोटरसाइकललाई उपमहानगरपालिका वडा नम्बर १० झारबैरा चोकमा ठक्कर दिएको थियो। टिपर चालक घोराही उपमहानगरपालिका वडा नम्बर ११ डोक्रेनाका ४० वर्षीय जितबहादुर चौधरी प्रहरी नियन्त्रणमा छन्।   ...
इयूले तोक्यो मेटालाई करिब ८०० मिलियन युरो जरिवाना

इयूले तोक्यो मेटालाई करिब ८०० मिलियन युरो जरिवाना

समाचार
काठमाडौं । युरोपियन युनियन (इयू)ले फेसबुकको माउ कम्पनी मेटालाई करिब ८०० मिलियन युरोको जरिवाना तोकेको छ। मेटाले अनलाइन विज्ञापनको व्यवसायमा ‘अपमानजनक व्यवहार’ गरेको भन्दै इयूको कार्यकारी निकायले लामो अनुसन्धान गर्दै बिहीबार ७९७.७२ मिलियन युरो (८४१ मिलियन डलर ) जरिवाना तोकेको अन्तर्राष्ट्रिय समाचार संस्था एसोसिएटेड प्रेसले जनाएको छ। मेटाले आफू शक्तिशाली स्थानमा बसेर विज्ञापनको व्यापारमा प्रतिस्पर्धाको नियमविरूद्ध लागेको आरोपमा इयुले जरिवाना गरेको हो। ‘मार्केटप्लेस’ मा आफ्नो चाहनाअनुसारको विज्ञापन देखाउने र प्रतिस्पर्धीको विज्ञापन नदेखाउने गरी अपमानजनक व्यवहार गरेको समाचारमा भनिएको छ। ‘प्रतिस्पर्धा सम्बन्धी कानुन’ विरूद्धको काम गरेको भन्दै इयूले पहिलो पटक सामाजिक सञ्जाल कम्पनीलाई जरिवाना तोकेको समाचारमा उल्लेख छ। मेटाले भने इयूले फेसबुक प्रयोगकर्ताल...
नेपाली बजारमा बढ्यो  आज  सुन–चाँदीको मूल्य

नेपाली बजारमा बढ्यो  आज सुन–चाँदीको मूल्य

समाचार
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुन–चाँदीको मूल्य बढेको छ। सोमबार प्रतितोला एक हजार दुई सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला एक हजार आठ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ। ...
उप निर्वाचन २०८१ मा पुरानै दलकाेे बर्चस्व

उप निर्वाचन २०८१ मा पुरानै दलकाेे बर्चस्व

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं : देशका विभिन्न पालिकामा भएकाे उप निर्वाचन २०८१ काे मत परिणामले फेरि पनि पुरानै दलकाे बर्चस्व देखियकाे छ । दुई जिल्ला समन्वय समितिका प्रमुख र एउटा वडा अध्यक्ष पद निर्विरोध भय पछि  आइतबार ४१ पदमा मतदान भएको हो । समग्रमा कुल ४४ पदमध्ये कांग्रेस १९, माओवादी ११, एमाले ८, जसपा २ तथा एस, रास्वपा, नेमकिपा र स्वतन्त्र १/१ पदमा विजयी भएका छन् । उपनिर्वाचन भएका पालिका प्रमुख र उपप्रमुखका ८ पदमध्ये २०७९ को निर्वाचनमा कांग्रेसले ६ र माओवादीले २ स्थानमा जितेका थिए । अन्तिम मतपरिणामअनुसार माओवादीले २ पदाधिकारी र एमालेले ३ पदाधिकारी थपेका छन् । कांग्रेसले यसअघि जितेका ६ मध्ये काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुखको पद मात्र सुरक्षित राख्न सकेको छ । कांग्रेसले अघिल्लो निर्वाचनमा जितेका मध्ये दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष तथा बाजुराको स्वामिकार्...
माेहन वैद्यका झापा जिल्ला कमिटी सदस्य लामाले राेजे श्रमिक कम्युनिस्ट पार्टी

माेहन वैद्यका झापा जिल्ला कमिटी सदस्य लामाले राेजे श्रमिक कम्युनिस्ट पार्टी

Breaking News, राजनीति, राष्ट्रिय, विचार
काठमाडौं : माेहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल झापा जिल्ला सचिवालय सदस्य भिम लामाले पार्टी परित्याग गरि श्रमिक कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन । उनले गत शुक्रबार एक वक्तव्य जारी गर्दै भनेका छन ´२०६०/६१ सालमा तत्कालीन जनमाेर्चा नेपाल र त्यसकाे माउ पार्टी नेकपा एकता केन्द्र मसालकाे जिल्ला समितिमा गर्दै २०६४ सालमा नेकपा माओवादी संग पार्टी एकता गरि जिल्ला समितिमा काम गर्दै आयकाे र अहिले क्रान्तिकारी कम्युनिस्ट पार्टी काे सचिवालय कमिटिमा काम गर्दै आयकाे अवस्थामा पार्टी भित्र केन्द्रीयता र बाहुनबाद लादेकाेले यश पार्टीले क्रान्तिका कुरा गर्ने तर ब्यक्तिवादि गतिविधि गर्दै आयकाे आराेप लगायका छन्।` माओवादी घटक भित्रका सम्पुर्ण पार्टी अबिस्वासका पार्टी भयकाले  समरजंग नेतृत्वको श्रमिक कम्युनिस्ट पार्टी नै अबकाे सच्चा र क्रान्तिकारी पार्टी भयकाेले आफू उक्त पार्टीमा प्रव...