गैर राजनीतिक घुसपैठियाहरूले फैलाएको भ्रम र षड्यन्त्रहरु खारेज गर्दछाैं : समरजंग
काठमाडौं : श्रमिक कम्युनिस्ट पार्टीको नेपालकाे केन्द्रीय संयाेजक पुर्ण बहादुर सिंह समरजंगले गैरराजनीतिक षड्यन्त्रकारी घुसपैठियाहरूले फैलाएको भ्रम र षड्यन्त्रहरु खारेज गरेकाे बताएका छन् ।
आज उनलेे एक विज्ञप्ति जारी गर्दै हिजो साझ केही अराजनीतिक समुहले श्रमिक कम्युनिस्ट पार्टी नेपाल विघटन भएको मिथ्या समाचारलाई लिएर त्यसको खण्डन गरेका छन् साथै उनलेे आफ्नाे पार्टी पंक्ति नियमित काम रहेको, राष्ट्रिय सम्मेलनकाे तयारीमा जुटेको समेत बताएका छन् । उनलेे पार्टी पंक्तिलाई एकताबद्ध भई नियमित कार्यमा डट्न र भ्रममा नपर्न समेत अपिल गरेका छन् । उनलेे जारी गरेको विज्ञप्ति यस्तो छ :
“विचार एवम् क्रान्तिप्रति प्रतिबद्ध जनउत्तरदायी पार्टी श्रमिक कम्युनिस्ट पार्टी नेपालको नाम लिंदै वैचारिक रूपमा- मनोगत, पेटी बुर्जुवा तथा जातीय सङ्कीर्णता बोकेका, दार्शनिक रूपमा- लाललफ्फाजी, राजनीतिक रूपमा अवसरवादी, गलत मह...







