२८ फाल्गुन २०८१, बुधबार

जाजरकोट छेडाचाैरमा एक युवा मृत अवस्थामा भेटिए

जाजरकोट :जिल्लाको छेडागाड नगरपालिका–१२ उम्रा निवासी राजु सिंहको गाडीको ठक्करबाट मृत्यु भएको छ । भारतको गुजरातबाट घर फर्किने क्रममा शुक्रबार राति करिब साढे ९ बजे शिवालय गाउपालिका – १ पर्ने छेडाबजार नजिकै उनलाई गाडीले ठक्कर दिएको हो सिंहलाई ठक्कर दिने गाडीबारे कुनै जानकारी नभएको वडावनस्थित प्रहरी कार्यालयले बताएको छ ।

ठक्कर दिने गाडीबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।पीडित पक्षले भने ठक्कर दिने गाडी र चालकलाई तत्काल पक्राउ गर्नुपर्ने भन्दै थलह बजारको सडकमा आन्दोलित बनेका छन् ।