२८ फाल्गुन २०८१, बुधबार

बनस्थली चोकमा बिभिन्न कार्यक्रम गर्दै मनाईयो ११५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस — २०२५

काठमाडौं । आज ११५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस — २०२५ काठमाडौं महानगरपालिका वडा नम्बर १६ बनस्थलीमा बिभिन्न कार्यक्रम गरेर मनाईएको छ ।
आठ मार्च स—शक्तिकरण मन्च,बालाजु ,प्रहरी बृत बालाजु ,काठमाडौं महानगरपालिका वडा नम्बर १६ र लायन्स क्लब अफ काठमाडौं महिला नौमती बाजाको आयोजनामा कार्यक्रम भएको हो ।
आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाईने यो दिवसको अवसरमा आयोजित कार्यक्रम आठ मार्च स—शक्तिकरण मन्च,बालाजुकि अध्यक्ष जानुका पौडेलले संयोजन गर्नु भएको थियो ।
कार्यक्रममा बालाजु बृत,तथा सामुदायीक प्रहरीबाट महिला प्रहरी लगायत प्रहरी टोलि,शान्ति नगर महिला समुह, बिभिन्न टोल सुधार संस्थाको प्रतिनिधि तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
कामपा १६ कि अध्यक्ष रोजिना श्रेष्ठ को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा चक्रपथ सरसफाई महा अभियानको समेत ऐकेबद्धता रहेको थियो भने लायन्स क्लब अफ काठमाडौं महिला नौमती बाजा समुहले आफ्नो कला प्रस्तुत गरेका थिए ।
कार्यक्रममा आफ्नो मनतव्य राख्दै वडा अध्यक्ष रोजिना श्रेक्ष्ठले “सबै महिला तथा बालिकाको लागि अधिकार, समानता र सशक्तिकरण” भन्ने मूल नारासहित नेपालमा मनाउन लागिएको यो दिवसको स्थापना र महत्व बारे चर्चा गर्नु भएको थियो ।
उहाँले भन्न्ुभयो “नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर दिवस मनाउने प्रचलन छ । सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सचिव बन्नुभयो । त्यसपछि १९०८ मार्च ८ मा अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग राखेर महिलाहरूले हडताल गरे । महिला अधिकारको माग गर्दै भएको सोही आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रूपमा ८ मार्चलाई लिने गरिन्छ ।”
कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले भन्नु भयो “ नेपालमा शिक्षा, स्वास्थ्य, आर्थिक सशक्तिकरण तथा नेतृत्वमा महिला सहभागिता बढे पनि त्यो पर्याप्त नभएको सरोकारवालाको गुनासो छ । त्यसैले महिला समानताको लक्ष्यलाई वास्तविक कार्यान्वयमा ल्याउन हातेमालो गर्दै जाने सवालमा यो दिवस महत्वपूर्ण मानिन्छ ।”
हरेक वर्ष मार्च ८ तारिखमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने गरिन्छ । नेपालमा लैंगिक समनता र महिला अधिकारको प्रवद्र्धमा यो दिवसले महत्वपूर्ण योगदान दिएको छ । आजको दिनमा महिला सशक्तिकरणलाई प्रोत्साहन गर्ने र लैंगिक विभेद हटाउने सवालमा देशभर विभिन्न कार्यक्रम गरिँदैछ ।
कार्यक्रमको अवसरमा सामाजिक काममा सकृय उषा सिंखडालाई चक्रपथ सरसफाई महाअभियानको तर्फबाट राष्ट्रिय गायक तिलक बस्नेत,सकृय अभियन्ता जित हमाल ,डा पुस्कर काफ्ले,लिला खनाल,उत्तम घिमिरे लगायतको समुहले मायाको चिनो सहित खादा लगाएर सम्मान गरेको थियो ।
सम्मान ग्रहण गर्दै अभियन्ता उषा सिंखडाले सरप्राईजको रुपमा सम्मान गर्नु भएकोमा चक्रपथ सरसफाई महाअभियान परिवारलाई आभार व्यक्त गर्दै यो सम्मानले समाजसेवाको यात्रामा अझ अगाडी बढ्न प्रेरणा मिलेको तथा जिम्मेवारी थपिएको महसुस भएको बताउनु भयो ।