२८ फाल्गुन २०८१, बुधबार

नयाँ गाउँ खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको स्वतन्त्र प्यानलको अध्यक्षमा बामदेव भुसाल

बुटवल । नयाँ गाउँ खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्ष पदमा स्वतन्त्र प्यानलबाट बामदेव भुसालले आफ्नो सम्भावना बलियो रहेको बताउनु भएको छ ।
बुटवल स्थित नयाँ गाउँ खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको यहि २०८१ फागुन २४ गते हुने अधिवेशनमा बिभिन्न प्यानल गरि २१ सदस्यिय कार्य समितिको लागि ६९ जनाको प्रतिस्पर्धा रहेको हाम्रा बुटवल संवाददाताले बताउनु भएको छ ।
यो संस्थाको आजसम्म भएको दलिय सिन्डिकेटलाई तोड्दै स्वतन्त्र संस्था निर्माण गर्ने भन्दै स्वतन्त्र उम्मेदवार बामदेव भुसालको अध्यक्षता २१ सदस्यिय टिमले उमेदवारी दर्ता गराएको छ ।

राजनैतिक दल प्रतिको बितृष्णाको कारण आम नागरिकले स्वतन्त्र उमेदवारलाई यो संस्थाको कार्यसमितिमा निर्वाचित गराउने भन्दै यो समितिमा लेखा समिति सदस्य पदको लागि समाजसेवी गुणानिधी कँडेलले आफ्नो उमेदवारी दिएको बताउनु भएको छ ।
बर्षौ देखि बाँडी चुँडी खाने दलिय संयन्त्रलाई पाखा लगाएर आम नागरिकको पक्षमा कार्य गर्ने उद्योष साथ आफुले उमेदवारी दर्ता गराएकाले बटवल१२ र १३ का नागरिकहरुले आफुलाई पुर्ण रुपमा साथ दिने कँडेल बताउनु हुन्छ ।

यो निर्वाचनमा स्वतन्त्र प्यानलको जितनै यस क्षेत्रका आमनागरिकको जित हुने भन्दै पछि पछुताउनु भन्दा बैलैमा बुद्धि पुर्याउन सम्पर्ण नयाँ गाउँ खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था मार्फतका उपभोक्ताहरुलाई कँडेलले आह्वान समेत गर्नु भएको छ ।
नेपालमा लोकतन्त्रको स्थापना पछाडी यसको प्रयोग हुने क्रम बढ्दो छ । यसको प्रत्यक्ष प्रभाव यतिबेला बिभिन्न कृयासिल सामाजिक संघ संस्थाहरुमा समेत देखिन थालेको छ । पहिला पहिला सर्वसहमत बाट चुनिने संघ संस्थाका कार्यसमितहरुमा आज भोलि निर्वाचन मात्रहुने गरेको छैन, राजनैतिक पार्टीको आवरणमा प्यानल समेत बन्ने गरेको छ ।