२९ फाल्गुन २०८१, बिहीबार

चक्रपथ सरसफाई महाअभियानको बृहत रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । चक्रपथ सरसफाई महाअभियानको आयोजना तथा ग्रिन सिटी हस्पिटल र ब्लोदान काठमाडौं मध्यक्षेत्रको सह आयोजनामा भएको रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
बसुन्धारा चौकी स्थित ग्रीन सिटी हस्पिटलको प्रागणमा भएको रक्तदान कार्यक्रममा ९५ जनाले रक्तदान गर्नुभएको थियो ।
“तपाइको खेर जाने रगतले २ जनाको ज्यान बच्न सक्छ” “रक्तदान जीवनदान” भन्ने मुल मुल नारा सहित आयोजित रक्तदान कार्यक्रममा चक्रपथ सरसफाई महाअभियानका अभियन्ताहरु, ग्रीन सिटी हस्पिटलका डाक्टर,नर्स तथा कर्मचारीहरु,ट्राफिक प्रहरी,सर्वसाधारण तथा सामाजिक व्यक्तित्वहरुले रक्तदान गर्नुभएको थियो ।
रक्तदान कार्यक्रमको मुख्य व्यवस्थापन ग्रीन सिटी हस्पिटलले गरेको थियो भने कार्यक्रमको संयोजन चक्रपथ सरसफाई महाअभियानका संयोजक तथा ग्रीन सिटी हस्पिटलका अध्यक्ष लोक बहादुर टण्डनले गर्नु भएको थियो ।
कार्यक्रममा मिडिया सपोर्टरको रुपमा तुफान न्यूज ,नेपाली मिडिया अनलाईन टिभि र राष्ट्रियखबर रहेको थियो भने मिडिया संयोजन तथा प्रचारप्रसारको जिम्मा अभियन्ता डि.बि.पराजुलीले गर्नु भएको थियो ।
कार्यक्रममा स्वयंसेवी संस्थाको रुपमा सुन्दर परिकल्पना सक्षम समाज संस्थाले भुमिका निर्वाह गरेको थियो भने कार्यक्रमको मुख्य फिल्ड व्यवस्थापन राष्ट्रिय गायक तथा सामाजिक अभियन्ता तिलक बस्नेतले गर्नु भएको थियो ।
कार्यक्रममा भारतबाट नेपाल घुम्न आउनु भएका ओम शान्तिका धार्मिक पर्यटकहरुले समेत रक्तदान गर्नु भएको थियो ।
चक्रपथ सरसफाई महाअभियानको ४०० औं हप्ताको कार्यक्रममा घोषणा भए अनुसार चक्रपथ सरसफाई महाअभियानले प्रतेक तिन तिन महिनामा रक्तदान कार्यक्रम गरेर यो अभियानले अन्य समाजिक कार्य समेत गर्न अग्रसर रहने संयोजक लोक बहादुर टण्डनले बताउनु भयो ।
कार्यक्रमको अवसरमा ग्रीन सिटी हस्पिटललेराष्ट्रिय युवा समाजले काठमाडौंको काभ्रेस्थलीमा शुरु गरेको सडकमा छाडा छाडीएका गाई वस्तु संरक्षण कार्यको लागि दश हजार सहयोग समेत गरेको छ ।
हस्पिटलको बसाई अत्यन्तै कठिनहुने र जीवनमा कमाएको कमाई समेत खर्च हुने भएकोले स्वस्थ रहौं हस्पिटल कम जाऔं भन्ने उदेश्यका साथ शुरु गरिएको अभियान मार्फत आएका कयौं असाहय तथा आर्थिक रुपमा बिपन्न बिरामीहरुलाई ग्रीन सिटी हस्पिटलले निशुल्क उपचार समेत गरेको हस्पिटलका अध्यक्ष लोक बहादुर टण्डनले बताउनु भयो ।
निजि हस्पिटलहरु व्यापार गर्नकै लागि खोलिएको भएपनि ग्रीन सिटी हस्पिटलले मानवीय समवेदनालाई नभुलेको अध्यक्ष टण्डनले बताउनु भयो ।
सरसफाई अभियानको रुपमा परिचय बनाउन सफल यो अभियानले यस्ता अन्य सामाजिक कार्य गर्नुमा सबै अभियन्ताहरुको महत्वपुर्ण भुमिका रहेको र त्यसको संरक्षकत्व मात्र आफुले प्रदान गरेको अध्यक्ष टण्डनले बताउनु भयो ।
कार्यक्रममा यती हेल्थ साईन्स एकेडेमीका शिक्षक,कर्मचारी तथा विद्यार्थीहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।
सरसफाई संगै प्रतेक तिन महिनामा यो अभियानले रक्तदान गर्ने भएकोले आफ्नो संस्थाले सहयोगी भुमिकाको रुपमा रहन तयार हरेको ब्लोदान काठमाडौं मध्य क्षेत्रका अध्यक्ष आर बि ठकुरीले बताउनु भयो ।
कार्यक्रम सम्पन्न बनाउन चक्रपथ सरसफाई महाअभियानको तर्फबाट संयोजक लोक बहादुर टण्डन,ग्रीन सिटी हस्पिटलको तर्फबाट फाईनानिसयल डाईरेक्टर रेणुका गुरुङ र ब्लोदान काठमाडौं मध्य क्षेत्रका अध्यक्ष आर बि ठकुरीले संयोजन गर्नु भएको थियो ।
कार्यक्रममा सशस्त्र प्रहरीबलका पुर्व वरिष्ठ उपरिक्षक तथा समाजसेवी शम्भु उप्रेती को उपस्थिति रहेको थियो ।