११ श्रावण २०८१, शनिबार

Tag: शेर बहादुर देउवा

तीन शिर्ष नेता बिच भेटवार्ता

तीन शिर्ष नेता बिच भेटवार्ता

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल‘ प्रचण्ड’ सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसहित देउवा र ओलीबीच छलफल भएको हो । प्रचण्ड, देउवा र ओलीबीच सत्य निरुपण तथा मेलमिलाप आयोगको ऐनका सम्बन्ध छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयका एक सदस्यले बताए । अहिले प्रधानमन्त्री,  देउवा र ओली  तीन शिर्ष नेता मात्रै छलफलमा हुनुहुन्छ’ ती सदस्यले भने, ‘सत्य निरुपण तथा मेलमिलाप आयोगको विषय र संक्रमणकालीन न्याय टुंग्गो लगाउने विषयमा छलफल जारी छ ।’ सचिवालय सदस्यले यस्तो दाबी गरे पनि नक्कली भुटानी शरणार्थीका विषयमा छलफल गर्न तीन नेताबीच छलफल भएको हुन सक्ने बताइएको छ । भुटानी शरणर्थी प्रकरणमा लहरो तान्दा पहरो थर्किन थालेकाले शीर्ष तहमा छलफल हुन लागेको बताएको छ । बुधबार बिहान मात्र पूर्...
सरकार गठनका लागि देउवा –  प्रचण्डकाे वार्ता निष्कर्ष बिहिन

सरकार गठनका लागि देउवा – प्रचण्डकाे वार्ता निष्कर्ष बिहिन

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, समाचार
९ पुस काठमाडौं ।गत मंसिरको प्रतिनिधिसभा निर्वाचनअगाडि आलोपालो प्रधानमन्त्री बन्ने सहमति गरे पनि नयाँ सरकार गठनका वेला पहिलो नेतृत्वलाई लिएर प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच विवाद देखिएको छ । दुवै नेताले एकले अर्कासँग आफू पहिलो कार्यकालमा प्रधानमन्त्री बन्ने चाहना व्यक्त गरेका छन् । तर, औपचारिक–अनौपचारिक वार्तामा नेतृत्व लिने दाबी छाड्न देउवा र प्रचण्ड तयार भएका छैनन् । बरु, दुवै नेता एक–अर्कामाथि निर्णायक दबाब बनाउने रणनीतिमा छन् । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवासमा देउवा र प्रचण्डबीच दुई घन्टा लामो वार्ता पनि आ–आफ्ना अडान यथावत् रहेपछि निष्कर्षहीन भएको छ । पार्टीभित्र समेत थप छलफल गर्ने र शनिबार फेरि वार्तामा बस्नेमा देउवा र प्रचण्ड सहमत भएका छन् । तर, स्रोतका अनुसार शुक्रबारको वार्ता ‘सकारात्मक दिशातर्फ उन्मुख’ छैन । बि...
नेपाली कांग्रेस संसदीय दलकाे नेतामा देउवा विजयी ।

नेपाली कांग्रेस संसदीय दलकाे नेतामा देउवा विजयी ।

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, समाचार
नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापतिसमेत रहेका शेरबहादुर देउवा विजयी भएका छन् । देउवाले डा. शेखर कोइराला नेतृत्वको समूहबाट उम्मेदवारी दिएका महामन्त्री गगन थापालाई पराजित गर्रै देउवा विजयी भयका हुन्।सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा बिहान ८ बजेपछि सुरु भएको मतदान बिहान १० बजेतिर सकिएको थियो । निर्वाचन समिति स्रोतका अनुसार देउवाको पक्षमा ६४ मत खसेको छ। पराजित भएका गगनको पक्षमा २५ मत खसेको छ। देउवाले गगनलाई ३९ मतले पराजित गरेका हुन्। गगन थापालाई नेता शेखर कोइराला, उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायतले समर्थन गरेका थिए , भने देउवालाई उपसभापति रामचन्द्र पाैडेल र पुर्ण बहादुर खड्का काे समर्थन थियाे ।...
सुकुम्बासी बस्ति हटाउने बारे मेयर  बालेन्द्र शाह र प्रधानमन्त्री देउवा  बिच भेटवार्ता

सुकुम्बासी बस्ति हटाउने बारे मेयर बालेन्द्र शाह र प्रधानमन्त्री देउवा बिच भेटवार्ता

Breaking News, पुर्वाधार, समाचार
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेट भएको छ। प्रधानमन्त्री देउवालाई भेट्न मेयर शाह सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। बागमती नदी किनारका बस्ती हटाउनेबारे छलफल गर्न मेयर शाहले प्रधानमन्त्री देउवासँग छलफल गरेका हुन्। मेयर बालेन्द्रका स्वकिय सचिव भूपदेव शाहका अनाधिकृत रुपमा बसोबास गरिरहेकाको व्यवस्थापनको तयारी महानगरपालिकाले गरिरहेको छ । अनाधिकृत रुपमा बसोबास गरिरहेकाको व्यवस्थापनको तयारी महानगरले गरिसकेको छ । सरकारले महानगरलाइ अहिले सम्म अनाधिकृत रुपमा बसोबास गरिरहेका बस्ती किन महानगरले खाली नगरेको भन्नू पर्ने हो । तर महानगरले आफै अग्रसरता देखाउदा सरोकारवाला मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी बलहरु र सम्बद्ध निकाय किन मौन? सो को जानकारी लिन मेयर ज्यु प्रधानमन्त्री लाई भेट्न प्रम निवास बालुवटारमा निकै समय वेट गरे...
प्रधानमन्त्री देउवा पुन: डडेल्धुरा बाट विजयि

प्रधानमन्त्री देउवा पुन: डडेल्धुरा बाट विजयि

चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
७ मंसिर काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारी मतान्तरका साथ प्रतिनिधिसभा सदस्यमा डडेल्धुराबाट निर्वाचित भएका छन्। निर्वाचन आयोगले बुधबार बिहान सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार उनी १२ हजार ४९२ मतान्तरका साथ सातौं पटक सांसदका रुपमा विजयी भएका हुन्। आयोगका अनुसार प्रधानमन्त्री देउवाले २५ हजार ५३४ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिष्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत ल्याएका छन्। नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्णबहादुर मल्ल ७ हजार ५३५ मत ल्याएर तेस्रो भएका छन्। डडेल्धुराको निर्वाचन अधिकृतको कार्यालले कूल खसेको मत ५१ हजार २०३ मध्ये ३ हजार १८७ मत बदर भएको जनाएको छ। प्रधानमन्त्री देउवा २०४८ सालदेखि लगातार डडेल्धुराबाट निर्वाचन जित्दै आएका छन्।...
भाषण गर्दैमा  लिम्पियाधुरा ल्याउन सकिँदैन : प्रधानमन्त्री देउवा

भाषण गर्दैमा लिम्पियाधुरा ल्याउन सकिँदैन : प्रधानमन्त्री देउवा

चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
१९ कार्तिक, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावपछि पनि गठबन्धन सरकार बन्ने बताएका छन् ।  प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै षडयन्त्रपूर्ण ढंगले राष्ट्रपतिलाई मध्यराति २ बजे उठाएर संसद विघटन गरिएको र त्यसका विरुद्धमा गठबन्धन बनेको बताए । शनिबार  डडेल्धुराको अजयमेरु गाउँपालिकाको चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने– ‘षड्यन्त्रपूर्ण तरिकाले राष्ट्रपतिलाई मध्यराति २ बजे उठाए संसद विघटन गर्नुभयो । त्यसका विरुद्धमा गठबन्धन बनेको  हो । त्यसैले चुनावपछि पनि गठबन्धन सरकार बन्छ ।’ कांगेस सभापति समेत रहेका देउवाले ओलीले दार्चुला गएर भाषण गरेर  लिम्पियाधुरा नआउने बताए । उनले भने– ‘दार्चुला गएर भाषण गरेर  लिम्पियाधुरा आउँछ ? कि लड्नुपर्यो । बन्दुक ल्याउनुहोला । होइन भने कुटनैतिक माध्यमबाट आफ्नो भूमि फिर्ता ल्याउने हो । भाषण त काठमाड...
सत्यमोहन जोशी सच्चा देशभक्त : प्रधानमन्त्री देउवा

सत्यमोहन जोशी सच्चा देशभक्त : प्रधानमन्त्री देउवा

Breaking News, पर्यटन, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार, सुचना संचार
प्रधानमन्त्री शेरबहादुर देउवाले संस्कृतिविद् सत्यमोहन जोशीका असल कार्यहरु देशका लागि शिक्षा, ज्ञान र प्रेरणा भएको बताएका छन्। प्रधानमन्त्री देउवाले उनले नेपालको भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा पुर्याएको योगदान र लेखेको कीर्ति संरक्षण र सम्वर्द्धन गर्दै मुलुकको विकास गर्न सके साँचो अर्थमा कदर हुने पनि स्पष्ट पारे । स्वर्गीय जोशीको १३ औँ पुण्यतिथिको अवसर पारेर शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संस्कृतिविद् जोशीलाई देशलाई माया गर्ने सच्चा देशभक्त व्यक्तित्वको रुपमा आफूले चिनेको पनि बताए। प्रधानमन्त्री देउवाले नेपालको साहित्य, संस्कृति र राजनीतिको विभिन्न आयामको साक्षीको रुपमा जोशी रहेकाले उनलाई नेपाल राष्ट्र र नेपाली जनताले कहिल्यै पनि नबिर्सने बताए। जोशीलाई नेपालको भाषा, साहित्य र संस्कृतिलाई माया गर्ने मुलुकको निधिको रुपमा चित्रण गर्दै उनले सरकारले त्यसैका...
गठबन्धन १०–२० वर्ष जानसक्छ : देउवा

गठबन्धन १०–२० वर्ष जानसक्छ : देउवा

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
४ कात्तिक, बुटवल । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन अझै १०–२० वर्ष कायम रहन सक्ने बताएका छन् । सत्ता गठबन्धनले बुटवलमा गरेको प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै देउवाले संविधान,संघीयता, समावेशीता बचाउन गठबन्धन आवश्यक रहेको जिकिर गर्दै चुनावपछि पनि गठबन्धन सरकार बन्ने बताए । धेरै ठूलो लडाइँपछि संविधानले दिएका संघीयता,गणतन्त्र,समावेशीता समाप्त पार्ने प्रयास भइरहेको छ’, देउवाले भने, ‘चुनावपछि गठबन्धनकै सरकार बन्ने हो,यो १०–२० वर्षसम्म जानसक्छ ।’ टिकट नपाएर असन्तुष्ट बनेकाहरुलाई लक्षित गर्दै देउवाले अहिले टिकट नपाएकाहरुलाई संघीय र प्रदेश सरकारमा धेरै ठाउँमा अवसर हुने आश्वासन दिए । सत्ता गठबन्धनको विरुद्ध राष्ट्रवादीको नाममा राजावादी शक्ति लागेको देउवाको आरोप छ । गठबन्धनका विषयमा शंका उपशंका गर्ने गराउने अवस्था आउन नदिन देउवाले ब...