११ श्रावण २०८१, शनिबार

Tag: विजयी

एसिया कपमा नेपाल , यूएई ७ विकेटले पराजित

एसिया कपमा नेपाल , यूएई ७ विकेटले पराजित

Breaking News, खेल, राष्ट्रिय, समाचार
काठमाडौं ।यूएईलाई ७ विकेटले हराउँदै नेपालले  एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यससँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको छ । यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि गुल्शन झाले अविजित ६७ रन बनाए भने भीम सार्की ३६ रनमा नटआउट रहे । आइतबार टस हारेर ब्याटिङको निम्तो पाएको युएईले २७.३ ओभरमा १०६/९ बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो । सोमबार त्यहीबाट अघि खेल्न थालेको यूएईले थप ११ रन जोड्दा बाँकी विकेट गुमायो । ११८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालको सुरुवात भने राम्रो थिएन । दोस्रो ओभरको पहिलो बलमै ओपनर कुशल भुर्तेल व्यक्तिगत एक रनमा आउट भए, जतिबेला नेपालको स्कोर पनि एक मात्र थियो । तेस्रो नम्बरमा गुल्शन झा ब्याटिङका लागि गए । उनीसँग १८ रनको साझेदारी गरेका आसिफ शेख (८) सातौं ओभरको पहिलो बलमै आउट भए । लगतै कप्तान रोहितकुमा...
उपनिर्वाचन बारा २ बाट उपेन्द्र यादव विजयी

उपनिर्वाचन बारा २ बाट उपेन्द्र यादव विजयी

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
जनकपुरधाम। प्रतिनिधि सभा उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार यादव ५ हजार ८१ मत अन्तरले विजयी भएका हुन् । यादवले २८ हजार ४१५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहा २३ हजार ३३४ मतमा सीमित भए , नेकपा एमालेका पुरुषाेतम पाैडेलले १०२१६ र राष्ट्रिय स्वतन्त्र पार्टी का रमेश खरेलले २८२९ मत प्राप्त गरे भने आमजनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीले २ हजार ७३८ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।...
चितवन २मा रवि लामिछाने प्रतिद्वन्दी भन्दा पाँच गुणा बढि मतान्तरले विजयी

चितवन २मा रवि लामिछाने प्रतिद्वन्दी भन्दा पाँच गुणा बढि मतान्तरले विजयी

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
चितवन ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन २ बाट प्रतिनिधिसभामा पुन: निर्वाचित भएका छन् । २०७९ मंसिर ४ मा चितवन २ बाट प्रतिनिधिसभामा निर्वाचित लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतको फैसलापछि सांसद पद गुमेसँगै यहाँ उपनिर्वाचन भएको हो। लामिछाने ‍‍‍५४ हजार २७६ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिस्पर्धी कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले ११ हजार २५१ मत पाए । यस्तै एमालेका रामप्रसाद न्यौपाने तेस्रो स्थानमा रहे । उनले १० हजार ९३५ मत मात्रै पाए। गत मंसिर ४ को निर्वाचनमा प्रतिद्वन्द्वीभन्दा तेब्बर बढी मतले जितेका लामिछानेले यसपटक त्यो मतान्तरलाई पाँच गुणा बनाउन सफल भए। मंसिरमा उनले ४९ हजार ३ सय र निकटतम प्रतिस्पर्धीले १४ हजार ९८८ मत ल्याएका थिए। रविको जितपछि उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौ...
तनहुँ १ मा रास्वपाका डा. स्वर्णिम वाग्ले विजयी

तनहुँ १ मा रास्वपाका डा. स्वर्णिम वाग्ले विजयी

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्ले विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई भन्दा १४ हजार ७ सयभन्दा बढी मत ल्याएर उनी विजयी भएका हुन् । वाग्लेले ३४ हजार ९१८ पाउँदा भट्टराईले २० हजार १२२ मत पाएका छन् । वाग्लेले भट्टराईभन्दा १४ हजार ७९६ मत बढी ल्याएका छन् । नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल ८ हजार ४८८ मत पाउँदै तेस्रो भए । राप्रपाकी शोभा गुरुङले २१८ र मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापाले १६६ मत पाएका छन् । निर्वाचन अधिकृतको कार्यालयले मत परिणामको औपचारिक घोषणा गर्न भने बाँकी छ । ...
विश्वकप : उपाधी अर्जेन्टिनालाई

विश्वकप : उपाधी अर्जेन्टिनालाई

अन्तर्राष्ट्रिय, खेल, समाचार
४ पुस, काठमाडौं । अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि जितेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक नाटकीय खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि उचालेको हो । यसअघि सन् १९७८ र १९८६ को विश्वकप जितेको अर्जेन्टिनाको यो तेश्रो उपाधि हो र उसले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको हो । टाइब्रेकरमा पहिलो पेनाल्टी फ्रान्सका केलियन एम्बाप्पेले गोलमा परिणत गरे । त्यसपछि अर्जेन्टिनाका लियोनेल मेस्सीले गाेल गरे । तर फ्रान्सका लागि दोस्रो पेनाल्टी हानेका किङ्स्ले कोमानको प्रहार अर्जेन्टिनी किपरले रोके । अर्जेन्टिनाको दोस्रो पेनाल्टी पाउलो डिबालाले गोलमा परिणत गरे । अर्जेन्टिनाका लागि तेस्रो पेनाल्टीमा लियोनार्दो पारडेसले गोल गर्दै टाइब्रेकरलाई ३-१ मा पुर्‍याए । फ्रान्सको चौथो पेनाल्टी राण्डानल कोलोमुनीले गोल गरे पनि अर्जेन्टिनाका ला...
मुस्ताङबाट नेपाली कांग्रेसका युवा नेता  याेगेश  गाैचन थकाली विजयी

मुस्ताङबाट नेपाली कांग्रेसका युवा नेता याेगेश गाैचन थकाली विजयी

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
प्रतिनिधि सभामा एक मात्रै निर्वाचन क्षेत्र रहेको मुस्ताङबाट नेपाली कांग्रेसका युवा नेता योगेश गौचन थकाली निर्वाचित भएका छन्। तर, निर्वाचन अधिकृतको कार्यालयले यसको औपचारिक घोषणा गर्न भने बाँकी छ। २८ वर्षीय गौचनले नेकपा एमालेका प्रेमप्रकाश तुलाचनलाई पराजित गरेका हुन्। गौचनले तीन हजार १५६ मत पाउँदा एमालेका तुलाचनले दुई हजार ५२१ मत मात्रै पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवीणकुमार शेरचनले ६६ मत मात्रै पाएका छन्। मुस्ताङको थासाङ गाउँपालिका–३ का योगेशले ललितपुरको लिटिल एन्जल्स स्कुलबाट १२ कक्षा पास गरेका छन्। उनले एलाइन्स युनिभर्सिटी बैंगलोरबाट बिजनेश म्यानेजमेन्टमा स्नातक गरेका छन्। योगेश नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुन्। उनी पर्यटन व्यवसायीसमेत हुन्। थकाली कांग्रेस गण्डकी प्रदेशको कार्यसम्पादन र कार्यसमिति सदस्य छन्। पार्टीको वडा सभापति र...