११ श्रावण २०८१, शनिबार

मुस्ताङबाट नेपाली कांग्रेसका युवा नेता याेगेश गाैचन थकाली विजयी

प्रतिनिधि सभामा एक मात्रै निर्वाचन क्षेत्र रहेको मुस्ताङबाट नेपाली कांग्रेसका युवा नेता योगेश गौचन थकाली निर्वाचित भएका छन्। तर, निर्वाचन अधिकृतको कार्यालयले यसको औपचारिक घोषणा गर्न भने बाँकी छ।

२८ वर्षीय गौचनले नेकपा एमालेका प्रेमप्रकाश तुलाचनलाई पराजित गरेका हुन्। गौचनले तीन हजार १५६ मत पाउँदा एमालेका तुलाचनले दुई हजार ५२१ मत मात्रै पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवीणकुमार शेरचनले ६६ मत मात्रै पाएका छन्।

मुस्ताङको थासाङ गाउँपालिका–३ का योगेशले ललितपुरको लिटिल एन्जल्स स्कुलबाट १२ कक्षा पास गरेका छन्।

उनले एलाइन्स युनिभर्सिटी बैंगलोरबाट बिजनेश म्यानेजमेन्टमा स्नातक गरेका छन्। योगेश नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुन्। उनी पर्यटन व्यवसायीसमेत हुन्।

थकाली कांग्रेस गण्डकी प्रदेशको कार्यसम्पादन र कार्यसमिति सदस्य छन्। पार्टीको वडा सभापति र जिल्ला सदस्य हुँदै उनी मुस्ताङबाट कांग्रेसको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य छन्।

उनी मुस्ताङबाट कांग्रेसको उम्मेदवारका रुपमा सर्वसम्मत सिफारिस भएका थिए। २०७४ को चुनावमा पराजित भएपछि उनका बाबु रोमीले विशेष परिस्थितिबाहेक चुनाव नलड्ने घोषणा गरे ।२०७०काे चुनावमा राेमि झिनाे मतान्तरले बिजयि हुँदै संसद बनेका थिय । र बाणिज्य मन्त्री समेत भय ।त्यसअघि गिरिजाप्रसाद कोइरालाको सरकारमा उनी परराष्ट्र सहायकमन्त्री भएका थिए।

२०७४ को चुनावमा वाम गठबन्धनबाट प्रेमलाई एमालेले उम्मेदवार बनायो भने कांग्रेसबाट पुनः रोमी बने।

रोमी झिनो मतले पराजित भएका थिए। ५ वर्ष पहिले कै उम्मेदवारलाई एमालेले दोहोर्‍याएको थियो।

तर २०७४ को निर्वाचनमा आफ्नै बाबुलाई हराएका प्रेमविरुद्ध योगेशले बदला समेत लिए।