२३ भाद्र २०८१, आईतवार

जाजरकोटमा जम्मा ६५९६२ मत खस्याे

 जाजरकोट ।२०७९/ मंसिर ४ गते भयकाे प्रतिनिधि सभा र प्रदेशसभा चुनावका लागि  जाजरकोटमा केही मत केन्द्र मा सामान्य बिवाद भयपनि शान्तिपूर्ण ढंगले चुनाव सम्पन्न भयकाे छ  ।

एक प्रतिनिधि सभा र दुई प्रदेश सभाका लागि  जिल्लामा  ३ नगर पालीका र ४ गाउपालिका रहेका छन । जस अनुसार भेरि नगरपालिकामा १३६४२, नलगाड नगरपालिकामा १०२८१, छेडागाड नगरपालिकामा १३४१८,बारेकाेट गाँउपालिकामा ८३४०, शिवालय गाउँ पालिका ५०१७,कुशे गाउँ पालिकामा ७५०३, जुनिचाँदे गाउँपालिकामा ७६६७र अस्थाई केन्द्र काे ९४ गरि कुल  ६५९६२ मत खसेकाे छ । आज बिहान सम्म सबै ठाउका मतपेटिका जिल्लामा पुगिसकेका र अबकाे केही पछि सर्वदलीय बैठक बसि  मत नतिजा सुरु  हुने बताईएकाे छ ।