११ श्रावण २०८१, शनिबार

Tag: लेख

सन्दर्भ : १४१ आौं मार्क्स स्मृति दिवस : मार्क्सवादको आौचित्य र सान्दर्भिकता – हस्त बहादुर केसी

सन्दर्भ : १४१ आौं मार्क्स स्मृति दिवस : मार्क्सवादको आौचित्य र सान्दर्भिकता – हस्त बहादुर केसी

राजनीति, विचार, शिक्षा
 "उनको नाउँ र कार्य युगयुगान्तरसम्म जीवित रहनेछन् ।"                                            - फ्रेडरिक एंगेल्स सन १८८३ मार्च १४ का दिन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा एउटा अपुरणीय क्षतिको घटना घटित हुन पुग्यो । त्यो घटना थियो - विश्व सर्वहारा वर्गका महान् नेता तथा मार्क्सवादका प्रवर्तक कार्ल मार्क्सको देहावसान भएको दिन । त्यस दिन  मानव समाजको , विश्व सर्वहारावर्गको सबैभन्दा शक्तिशाली मस्तिष्कले विचार गर्न छोडेर कुर्सीमा निदाएको थियोे । यसरी मार्क्सले यस धर्तीबाट बिदा लिएको आज १४१ वर्ष पुरा भएको छ । र विश्व सर्वहारा वर्गले आज महान् दार्शनिक कार्ल मार्क्सको १४१ आौं स्मृति दिवस भव्यताका साथ मनाउन गइरहेका छन् ।       कार्ल मार्क्स जन्म   ५ मई १८१८ मा जर्मनीको ट्रियर शहरको एक वकिल परिवारमा भएको थियो । सन १८४८ फेब्रुअरी २१ का मार्क्स र एंगेल्सद्वारा कम्युनिस्ट लिगको तर्फबाट लण्डनबाट ...
महान् चिनियाँ सर्वहारा साँस्कृतिक क्रान्ति :हस्त बहादुर के.सि

महान् चिनियाँ सर्वहारा साँस्कृतिक क्रान्ति :हस्त बहादुर के.सि

विचार, शिक्षा, संस्कृति
सन्दर्भ,१३१ ओैँ माओ जयन्ती : सन १९६६ देखि १९७६ सम्म एक दशक अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका महान् नेता , चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष , नयाँ जनवादी क्रान्तिका विचारक तथा पहिलो प्रयोगकर्ता एवम् माओवादका प्रवर्तक माओ त्सेतुङको नेतृत्वमा महान् चिनियाँ सर्वहारा साँस्कृतिक क्रान्ति सञ्चालन गरियो ।  यसको मुख्य उद्श्य चिनियाँ कम्युनिस्ट पार्टीको माथिल्लो तहमा सत्ताको पदमा पुगेका दक्षिणपन्थी संशोधनवादी एवम् ख्रुश्चोवका चेलाहरुलाई परास्त गर्नु रहेको थियो । अर्थात् महान् सर्वहारा साँस्कृतिक क्रान्ति सर्वहारा अधिनायकत्वलाई सुदृढ तोल्याउन , पुँजीवादक‍ो पुनर्स्थापनालाई रोक्न वैज्ञानिक समाजवको निर्माणलाई समयानुकूल अगाडि बढाउन र विकास गर्ने रहेको थियो । र , सर्वहारा अधिनायकत्व अन्तर्गत क्रान्तिलाई निरन्तर जारी राख्ने उद्श्यले सञ्चालन गरिएको थियो ।सन १९४९ मा महान् चिनियाँ नयाँ जनवादी क्...
जाजरकोटमा भुकम्प पछिकाे पुन:स्थापना

जाजरकोटमा भुकम्प पछिकाे पुन:स्थापना

पुर्वाधार, विचार, शिक्षा
कार्तिक १७ गते राती ११.४७ बजे गएको भूकम्पले जाजरकोटमा १०१ जनाको ज्यान गएको छ भने १५८ जना घाइते भएका छन् । यस भूकम्पले ९ हजार ७ सय ९४ घर भत्किएका छन् भने २४ हजार ७ सय ७ घर बस्न नमिल्ने गरी चर्किएका छन् । कुल ३४ हजार ३ सय ९ घरधुरी रहेको जाजरकोटमा कुल जनसंख्या १ लाख ८९ हजार ३६५ जना रहेको छ । भूकम्प पछि ९९ % जनता खुला आकाशमा बास गरिरहेका छन् । यसबिचमा ६०० भन्दा बढी प्रकम्प गइसकेका छन् । भूकम्प पछिको १३ दिन वितिसक्दा पनि न त पर्याप्त राहत सामग्री नै पुगेको छ नत जनता आफैले आफ्नो जोहो गर्न सकिरहेका छन् । प्राय सबैमा एउटै आशा छ कि पाल आउँछ, कम्बल आउँछ, म्याट्रिक्स आउँछ, चामल आउँछ र आफ्नो र परिवारको दैन्यनदिन सहज हुन्छ । भूकम्प पछि राहत सामग्री जिल्लामा भित्रिरहेकै पनि छ । नेता, कार्यकर्ता, समाजसेवी लगायतका विभिन्न मानिसहरुले भूकम्प पिडितलाई भेटेर राहन आउने आश्वासन बाँडिरहेकै पनि छन् । राज्यप्रत...
नेपाली समाजका ७ अन्तरविराेध : प्रध्यापक -पीताम्बर शर्मा

नेपाली समाजका ७ अन्तरविराेध : प्रध्यापक -पीताम्बर शर्मा

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
लेखक : प्रध्यापक- पीताम्बर शर्मा वामपन्थ भनेको के हो? यो एक प्रकारले गहकिलो प्रश्न हो, एक प्रकारले साह्रै सहज प्रश्न हो। सहज यस निम्ति कि कुनै पनि समाजमा रेडिकल रुपान्तरण गर्न चाहने समूहलाई वामपन्थी भन्ने चलन छ। त्यो रेडिकल रुपान्तरणका अवधारणा विभिन्न हुन सक्छन्। नेपालको सन्दर्भमा वामपन्थ भन्नाले खास–खास सोचहरु समाहित भएको हुनुपर्छ भन्ने लाग्छ। पहिलो– द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादको विश्लेषण पद्दतिमाथि विश्वास राख्ने समूहलाई वामपन्थी भनिन्छ। समाजमा द्वन्द्व हुन्छ, द्वन्द्वको कारण छ र त्यो ऐतिहासिक समय क्रममा परिवर्तित हुँदै जान्छ। यो विश्लेषण प्रणालीमा विश्वास राख्ने र यसअनुसार समाज, अर्थतन्त्र र राजनीतिलाई व्याख्या गर्नुपर्छ भन्ने सोच वामपन्थको पहिलो विशेषता हो। दोस्रो– लोक कल्याणकारी राज्य र सामाजिक न्यायमा आधारित अग्रगामी सामाजिक–आर्थिक रुपान्तरणका पक्षपाती। लोक कल्याणकारी रा...
शिक्षक आन्दोलन र शिक्षा :

शिक्षक आन्दोलन र शिक्षा :

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
नेपालमा शिक्षक आन्दोलन कहिलेदेखि सुरु भयो र कहिलेसम्म चलिरहन्छ कुनै अनुमान गर्न सकिँदैन । एउटा कुरा चाहिँ के सत्य हो भने जबसम्म शिक्षकहरुले पेसागत हकहीतका लागि सडकको साहरा लिइरहनुपर्ने हुन्छ तबसम्म शिक्षामा परिवर्तनको अपेक्षा नगर्दा हुन्छ। किनभन्दा पेसागत हकअधिकारको सुनिश्चितता नभएको शिक्षकले पहिलो आफ्नै जागिरको चिन्ता गर्दछ । त्यसपछि मात्र विद्यालय, कक्षाकोठा र विद्यार्थीको भबिष्यकाे चिन्ता गर्नसक्छ । शिक्षकको आँखामा आँसु, मुटुमा पीडा र मस्तिष्कमा तनाब भइरहेसम्म हाम्रो शिक्षा राम्रो हुनसक्ने देखिँदैन । १, शिक्षक आन्दोलन किन भइरहन्छ ? पचासौँ वर्षसम्म उही प्रकृतिको शिक्षक आन्दोलन किन ? शिक्षक आन्दोलनले किन विरासत प्राप्त गर्न सकेन ? पेसागत अधिकारका लागि एउटा शिक्षकले जीवनभर लडिरहनु पर्ने किन ? नमागेसम्म नपाइने, पेसागत अधिकारको लडाइमा सडकमा सुतिरहनु पर्ने सूत्रले शिक्षा राम्रो हुने कल्पन...
“हेपाइको सिमा नाघे” शिक्षक आन्दोलनले देशमा आधी बेहरी सिर्जना हुन्छ:रुद्र राज वली

“हेपाइको सिमा नाघे” शिक्षक आन्दोलनले देशमा आधी बेहरी सिर्जना हुन्छ:रुद्र राज वली

Breaking News, राष्ट्रिय, विचार, शिक्षा, समाचार
पृष्ठभूमि : शिक्षा देश विकासको लागि मेरुदण्ड अर्थात सक्षम जनशक्ति तयार पार्ने मुख्य विकासको पुर्वाधार मानिन्छ । विकसित मुलुकमा शिक्षालाइ प्रमुख प्राथमिकता दिइएको पाइन्छ । विद्यालय शिक्षाको केन्द्रविन्दु विद्यार्थी हो भने शैक्षिक नीति , ऐन र नियमावली कार्यान्वयन गर्ने मुख्य जिम्मेवारी शिक्षकको हो । तसर्थ शिक्षक संग व्यापक छलफल तथा सहभागी विनाको कुनै पनि शैक्षिक नीति कार्यान्वयन गर्न कठिन भएकाले त्यो नीति अपुरो र अधुरो हुन्छ । विषय प्रवेश :-नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपनि विभिन्न ऐन कानुन बन्न सकेको छैन । लामो समय अर्थात ५२ वर्ष पछी मन्त्रीपरिषदले पास गरि संसदमा प्रवेश गर्ने तयारिमा रहेको ’विद्यालय शिक्षा ऐन २०८०’ को मस्यौदामा उल्लेख भएका केही दफाहरु संविधान प्रदत्त ट्रेड युनियन अधिकार शिक्षक–कर्मचारीको पेसागत सुरक्षा र स्वाभिमानको खिलापमा रहेका छन । यसको एउटा उदाहरण ...
समाजवादी माेर्चा संगै उब्जिएका प्रश्नहरु : नरेन्द्र जंग पिटर

समाजवादी माेर्चा संगै उब्जिएका प्रश्नहरु : नरेन्द्र जंग पिटर

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
समाजवादी मोर्चा घोषणासँगै राजनीति, दर्शन, राजनीतिक–संस्कृति र समयको चयनसहित अनेकौं तर्कना बहसमा फेरि देखा परे । महत्त्वाकांक्षाको सही व्यवस्थापन हुन नसक्दा अलग्गिएका मोर्चामा सामेल प्रचण्ड, उपेन्द्र यादव र विप्लव त माओवादीका पूर्वघटकै हुन्; नेकपा एकीकृत समाजवादी भने स्वत्वको टकरावमा एमालेमा अट्न नसकेको हो । विचार र दायित्वलाई केन्द्र बनाउन सकेको भए मोर्चाको आकार अझ धेरै फराकिलो हुन सक्थ्यो । मध्यमवर्गमा विचारको तीव्र परिवर्तन, सामान्यजनमा अन्योल र निराशा बढिरहेका बेला गठन भएको मोर्चाले कसका विरुद्ध, किन मोर्चा गठन गर्नुपर्‍यो भन्ने दृष्टिकोण सार्वजनिक गर्न भने अझै सकेको छैन । मोर्चाको आवश्यकता राष्ट्रिय–अन्तर्राष्ट्रिय अभ्यास र अनुभवले भन्छ- निश्चित उद्देश्यले भिन्न सोचहरूबीच पनि दर्बिलो शक्तिका लागि मोर्चाहरू बन्ने गर्छन् । काम फत्ते भएसँगै त्यस्ता मोर्चा टुट्ने गर्छन् ।...
सहिद,सहिद सप्ताह र बलिदानकाे मुल्य

सहिद,सहिद सप्ताह र बलिदानकाे मुल्य

Breaking News, राष्ट्रिय, विगन्यूज, विचार, संस्कृति, समाचार
  आमुख । नेपाली जनताको मुक्तिकामी अभियानमा सर्वप्रथम लखन थापाले सहादत प्राप्त गरे । राणाविरोधी आन्दोलनमा गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीले हाँसीहाँसी जीवनाहुति दिए । युवाविद्यार्थी चिनियाँकाजी श्रेष्ठ, क्रान्तिकारी किसान नेता भीमदत्तदेखि विद्रोही कामी बुढा मगरले पनि महान् सहादत प्राप्त गरे । पूर्वी नेपालको बारा, पर्सा, रौतहटमा २०११/०१२ तिर सशक्त किसान आन्दोलनका क्रममा मुखलाल महतोदेखि पञ्चायती निरङ्कुशताविरोधी आन्दोलनमा मधेसका कामेश्वर र कुशेश्वर यादवले पनि नेपाली धर्तीमा आफ्नो अमूल्य रगत बगाए । पञ्चायती शासनविरोधी काङ्ग्रेसले सुरु गरेको हतियारबद्घ सशस्त्र सङ्घर्षमा ओखलढुङ्गाको टिमुरबोटेमा क्याप्टेन यज्ञबहादुर थापादेखि २०२८/०२९ सालको झापा सशस्त्र विद्रोहको क्रममा नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र रामनाथ दाहालले पनि रगत बगा...
जनयुद्धको सार्वभाैमिकता

जनयुद्धको सार्वभाैमिकता

राजनीति, राष्ट्रिय, विचार, समाचार
२०५२ साल फागुन १ गते उद्घोष भएर दस वर्षसम्म सञ्चालित महान् जनयुद्ध महाभारत कथाका योद्धा कर्णझैँ त्यति बेला ‘कवच–कुण्डल’ विहीन भयो जति बेला २०६३ साल मङ्सिर ५ गतेको विस्तृत ‘शान्ति सम्झौता’ मा सहीछापसहित जनयुद्धको मुख्य ताकत जनमुक्ति सेनालाई ‘क्यान्टोनमेन्ट’ मा थुनेर ‘अपरिचालन’ को अवस्थामा राखियो । कथित अयोग्यता, समायोजन र पुनस्र्थापनाको षड्यन्त्रद्वारा अन्ततः जनमुक्ति सेनालाई एक–एक गरेर छिन्नभिन्न पारियो । तत्पश्चात् माओवादी वर्चस्व भएको संविधानसभाको समेत विघटन गरियो र पूर्ण रूपले जनयुद्धको विघटन गरियो । देशीय सामन्तवाद र वैदेशिक प्रतिक्रियावादी एकाधिकार पुँजीवादका एजेन्टहरूको मुटुमा असहनीय बज्र प्रहार गरेर आमउत्पीडित श्रमिक जनता, दलित, महिला, जनजाति, मधेसी आदिको स्वाभिमान र अस्तित्वलाई माथि उठाइरहेको महान् जनयुद्ध जब एकपछि अर्को चुनौतीका पहाडहरू छिचोल्दै विजयका नयाँ–नयाँ मञ्जिल उक्लन थाल्...
क्वान्टम फिल्ड सिद्धान्तका आधारमा : पदार्थ

क्वान्टम फिल्ड सिद्धान्तका आधारमा : पदार्थ

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार
जब हामी ब्रह्माणलाई बुझ्ने कोसिस गर्दछौँ तब यसका बारेमा पहिलो प्रश्न ब्रह्माण्डको बिल्डिङ ब्लक के हो ? साथै यो केबाट बनेको हुन्छ ? यी सबै बुझ्नका लागि परमाणुको संरचना र तीभन्दा साना कणहरूका बारेमा बुझ्न जरुरी रहेको छ । पहिलापहिला परमाणु सबैभन्दा सानो वस्तु हो र यसको केन्द्रमा न्युक्लिअस रहेको हुन्छ । यसमा न्युट्रोन प्रोटोन रहेको हुन्छ । यसबाहेक परमाणुमा इलेक्ट्रोन पनि रहेको हुन्छ । यसले न्युक्लिअसलाई घुमिरेहको हुन्छ भन्ने मान्यता रहेको थियो । तपाईं विश्वविद्यालयको विद्यार्थी हुनुहुन्छ भने यसभन्दा अगाडि गएर भन्नुहुन्छ– न्युट्रोन र प्रोटोन पनि प्रारम्भिक कण होइनन् किनभने तिनीहरू पनि आफैँ क्वार्कबाट बनेका हुन्छन् । यसको मतलब यो ब्रह्माण्ड इलेक्ट्रोन र क्वार्कसको समायोजनबाट बनेको हुन्छ । के यो धारणा पनि पूर्ण रूपले सही छ ? अवश्य पनि छैन भन्ने कुरा पछिल्ला खोजहरूले पुस्टि गरेका छन् । ब्रह्माण्...