श्रमिक कम्युनिस्ट पार्टीले रुपन्देही खेलकुदको कार्यलयमा टाँग्याे कालाेब्यानर
बुटवल : श्रमिक कम्युनिस्ट पार्टी नेपालले जिल्ला खेलकुद बिकास समितिकाे कार्यलय बुटवल,रुपन्देहीमा कालाेब्यानर टाँगेकाे छ । पार्टीले सार्वजनिक सम्पत्ति माथि लुटखसाेट मच्याएकाे भन्दै विज्ञप्ति मार्फत चेतावनी पनि दिएकाे थियो । उक्त पार्टीले थप कार्य नराेकिए पछि आज चरणबद्ध कार्यक्रम अनुसार कालाेब्यानर टाँगिएको बताएको छ ।
यति गर्दा पनि लुटखसाेट थप संघर्ष गर्ने भन्दै ब्यानरमै चेतावनी दिदै लेखेको छ - "पुनश्च : यो हाम्रो अनुरोधलाई बेवास्ता गरिए श्रृखलाबद्ध पुनः कडा संघर्ष गर्न बाध्य हुनेछौं ।" उक्त पार्टीले कालाेब्यानरमा टाँग्नुका ११ बुँदे कारणहरु जस्ताको त्यस्तै
"सार्वजनिक सम्पत्ति माथिको लुटखसोट तुरुन्तै बन्द गर !
१) कालीलेक कन्सट्रक्सन प्रालि मध्यपुर ठिमी १ भक्तपुर ठेकेदार कम्पनीले अवैधानिक रूपमा बिना सुचना सटरवालासंग गरेको सम्झौतापत्र र बैंक भौचर अनुसार खातावालाको नाम ईन्द्र बहादुर पुन र कार...