११ श्रावण २०८१, शनिबार

Tag: मुस्ताङ

मुस्ताङबाट नेपाली कांग्रेसका युवा नेता  याेगेश  गाैचन थकाली विजयी

मुस्ताङबाट नेपाली कांग्रेसका युवा नेता याेगेश गाैचन थकाली विजयी

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
प्रतिनिधि सभामा एक मात्रै निर्वाचन क्षेत्र रहेको मुस्ताङबाट नेपाली कांग्रेसका युवा नेता योगेश गौचन थकाली निर्वाचित भएका छन्। तर, निर्वाचन अधिकृतको कार्यालयले यसको औपचारिक घोषणा गर्न भने बाँकी छ। २८ वर्षीय गौचनले नेकपा एमालेका प्रेमप्रकाश तुलाचनलाई पराजित गरेका हुन्। गौचनले तीन हजार १५६ मत पाउँदा एमालेका तुलाचनले दुई हजार ५२१ मत मात्रै पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवीणकुमार शेरचनले ६६ मत मात्रै पाएका छन्। मुस्ताङको थासाङ गाउँपालिका–३ का योगेशले ललितपुरको लिटिल एन्जल्स स्कुलबाट १२ कक्षा पास गरेका छन्। उनले एलाइन्स युनिभर्सिटी बैंगलोरबाट बिजनेश म्यानेजमेन्टमा स्नातक गरेका छन्। योगेश नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुन्। उनी पर्यटन व्यवसायीसमेत हुन्। थकाली कांग्रेस गण्डकी प्रदेशको कार्यसम्पादन र कार्यसमिति सदस्य छन्। पार्टीको वडा सभापति र...
मुस्ताङवासी चिसाे छल्न  बेँसी झर्दै

मुस्ताङवासी चिसाे छल्न बेँसी झर्दै

Breaking News, कृषि, पर्यटन, पुर्वाधार, माैसम, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार, स्वास्थ
चिसो मौसमको सुरुआतसँगै उपल्लो मुस्ताङका सर्वसाधारण बेँसी झर्न थालेका छन्। यही कात्तिक महिना सुरु भएदेखि नै उनीहरूले गाउँ छाडी विभिन्न जिल्लामा पुगेर घुम्ती व्यापार थालेका छन् । वृद्धवृद्धाबाहेक धेरैजसो सर्वसाधारण कात्तिकदेखि फागुन दोस्रो सातासम्म बेँसी झरेर घुम्ती व्यापारमा संलग्न हुँदै आएको व्यापारका लागि पर्वतको कुश्मा आइपुगेकी छोसेरकी ल्यामु छिरिङले बताए । यसरी व्यापारमा निस्किएका मुस्ताङीले आफ्नै लगानीमा लत्ताकपडाका साथमा सियो, धागो, जिम्बु, सिद्रा, हिंग, माला, शिलाजितलगायतका सामग्रीको व्यापार गर्दै आएका छन् । चार महिना हिमाली जिल्लामा अत्यधिक चिसो हुने भएकाले गत असोज अन्तिम हप्ताभित्र अन्नबाली थन्काएर सर्वसाधारण बेँसी झरेपछि गाउँ नै सुनसान बन्न थालेको छ । मुस्ताङको लोमान्थाङ, घमी, छोसेर, सुर्खाङ र छोन्हुपलगायतका गाउँबाट सर्वसाधारण जाडो छल्न तल बेँसी झर्ने गरेका हुन् । चिस...