१० असार २०८३, बुधबार

Tag: बस दुर्घटना

कपिलवस्तुकाे सुरहि पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु, ३० घाइते

कपिलवस्तुकाे सुरहि पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु, ३० घाइते

Breaking News, यातायात, राष्ट्रिय, समाचार
बुटवल :पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै यात्रुवहाक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । बुधबार साँझ महेन्द्रनगरबाट काठमाडौंका लागि छुटेको सु प प्र ०२-००१ ख ००९८ नम्बरको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको र ३० जना घाइते भएका छन् । त्यसमध्ये ९ जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ । अरु घाइतेको चन्द्रौटामै उपचार भइरहेको छ । सुनौलो महाकाली यातायातको बस राति २ बजेतिर सडकबाट २०० मिटर तल खसेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रदेश कार्यालय बुटवलले जनाएको छ । बसमा ४० जना यात्रु रहेकाे र मृत्यु हुनेमा ३ महिला र ७ पुरुष रहेकाे बुटवल प्रहरी कार्यलयले जनायकाे छ । घटनाको थप विवरण आउन बाँकी छ ।...
चितवनमा यात्रुबाहक बस दुर्घटना, २०जना घाइते

चितवनमा यात्रुबाहक बस दुर्घटना, २०जना घाइते

Breaking News, यातायात, समाचार
चितवन :चितवनमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं. बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको हो ।घाइते सबै बसका यात्रु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीले जानकारी दिए । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । बसका चालक फरार रहेको र खोजीकार्य जारी रहेको प्रमुख सुवेदीले जानकारी दिए ।...
भालुबाङ बस दुर्घटनामा इच्छुक प्रतिष्ठानका अध्यक्ष डा.ताराकान्त पाण्डेको निधन

भालुबाङ बस दुर्घटनामा इच्छुक प्रतिष्ठानका अध्यक्ष डा.ताराकान्त पाण्डेको निधन

Breaking News, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं : २०८० पौष २७ गते राति करीव १०:३० बजेतीर दाङको भालुबाङस्थित राप्ती नदीको पुलमा भएको बस दुर्घटनामापरि इच्छुक प्रतिष्ठानका अध्यक्ष प्रा.डा. ताराकान्त पाण्डेयको निधन भएको छ । प्रा.डा. ताराकान्त पाण्डेय एक जना ख्यातीप्राप्त माक्र्सवादी समालोचक, सौन्दर्यशास्त्री तथा चिन्तक हुनुहुन्थ्यो ।इच्छुक प्रतिष्ठानका अध्यक्ष प्राध्यापक डाक्टर ताराकान्त पाण्डेय क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सल्लाहकार समितिका सदस्य, अखिल नेपाल जनसाँस्कृतिक महासंघको केन्द्रीय सचिवालय सदस्य तथा नेपाल राष्ट्रिय प्रध्यापक संघको केन्द्रीय सदस्य हुनुहुन्थ्यो । केन्द्रीय पार्टी स्कुलिङ विभागका सदस्यसमेत रहनु भएका प्रा.डा. पाण्डे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले कैलालीमा आयोजना गरेको स्कुलिङ कार्यक्रममा प्रशिक्षकको रुपमा सहभागी भएर फर्किने क्रममा उहाँ सवार बस दुर्घटनामा परी दुर्घटनास्थलबाट नजिक...
दाङ राप्ती नदिको पुलमा बस दुर्घटना हुदा १२ जनाकाे मृत्युु १७ जना घाइते

दाङ राप्ती नदिको पुलमा बस दुर्घटना हुदा १२ जनाकाे मृत्युु १७ जना घाइते

Breaking News, यातायात, राष्ट्रिय, समाचार
दाङ :दाङ जिल्लाको देउखुरीको राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ भने १७ जना घाइते भयका छन्। । बाँकेको नेपालगञ्जबाट काठमाडौं जादै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति १०:३० बजेतिर पुलबाट राप्ती नदीमा खसेको थियो । दुर्घटनामा एक महिला र ११ पुरुष गरी १२ जनाको मृत्यु भएको घटनास्थलमा रहेका राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए । धेरैजसोको बसले च्यापिएर मृत्यु भएको छ । घाइतेहरुलाई उपचारका लागि बुटवल र नेपालगन्ज पठाइएको छ । इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार १२ वटै शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । मृत्यु हुने मध्येका  ८ जनाको सनाखत भएको छ।मृतक १२  जना मध्ये  दुई जना भारतीय नागरिक सहित ८ जनाको परिचाहन भएको  हो।मृत्यु हुनेमा नेपालगञ्जका ६० वर्षीया कुसम बस्नेत, मकवान...
जाजरकोटमा बस दुर्घटना, दुई जना घाईते

जाजरकोटमा बस दुर्घटना, दुई जना घाईते

Breaking News, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट : जिल्लाको छेडागाड नगरपालिका-१०मा बस दुर्घटना भएको छ। बिहिवार बिहान कुशे गाउँपालिकादेखि छेडागाड थलह बजार जाँदै गरेको बस बाटुल्ले नजिकै जलजला भन्ने ठाउँको मोडमा बस दुर्घटना भएको वडाध्यक्ष जयनाथ योगीले जानकारी दिए । बस सडकबाट २५ मिटर तल खोल्सामा खसेको उनले बताय ।सडक साघुराे र कच्ची भएको कारण माेड्ने क्रममा दुर्घटना भयकाे बुझिएको छ । दुइजना सामान्य घाइते भएका छन् र मानवीय क्षति भने नभयकाे  वडा अध्यक्ष याेगिले जानकारी दिय। बिगतका बर्षहरुमा बाेलेराे जिप चल्दै आयकाे उक्त सडकमा गत असाेज देखि ठुला गाडिहरु संचालनमा आईरहेका छन ।...
बाँकेमा बस दुर्घटना ७ जनाकाे मृत्युु २५ जना घाइते

बाँकेमा बस दुर्घटना ७ जनाकाे मृत्युु २५ जना घाइते

Breaking News, यातायात, राष्ट्रिय, समाचार
नेपालगन्ज ।बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं. ९ बाट भ्रमणटोली लिएर गएको बस बाँकेमा दुर्घटनामा परेको छ । भ्रमण सकेर ठाकुरबाबातर्फ फर्किँदा बस दुर्घटना भएको हो । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत  बाँकेको सम्शेरगन्ज स्थित राष्ट्रिय निकुञ्जमा पर्ने नेपाली सेनाको चेक पोष्ट नजिकै दुर्घटना भएको थियो । दुर्घटनामा ४ जना पुरुष र ३ जना महिला गरी ७ जनाको मृत्यु भएको र २५ जना घाइते भएको प्रहरीले जनाएको छ । मृत्युको सनाखत भयकाे छ : दुर्घटनामा ज्यान गुमाउनेमा बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर–९ का ५० वर्षीय काशिराम थारू, सोही वडाकै ५५ वर्षीया कस्तुरी थापा, सोही ठाउँकै ५० वर्षीया रूपा परियार, ४० वर्षीया जयन्ती थारु, ६५ वर्षीया साधुराम थारू रहेका छन् । यसैगरी ठाकुरबाबा नगरपालिका–८ का बस चालक ४५ वर्षीय जुगबहादुर चन्द र नाम खुल्न बाँकी सहचालक ३५ वर्षीय युवकको ज्यान गएको बाँकेको इलाका प्र...
धादिङमा बस दुर्घटना आठ जनाकाे मृत्यु बीस जना घाईते , हाल सम्मा ५ जनाकाे  सनाखत

धादिङमा बस दुर्घटना आठ जनाकाे मृत्यु बीस जना घाईते , हाल सम्मा ५ जनाकाे सनाखत

Breaking News, पर्यटन, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं ।धादिङको गजुरी गाउँपालिका,२ चालिसेस्थित बस दुर्घटना हुँदा मृत्यु भएका आठ जनामध्ये पाँच जनाको सनाखत भएको छ। काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान पृथ्वी राजमार्गको गजुरी नजिकै त्रिशूली नदीमा खसेको हो। जसमा मृत्यु हुनेमध्ये पाँच जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख डीएसपी गौतम मिश्रले जानकारी दिए। दुर्घटनामा मृत्यु भएकामध्ये म्याग्दी रघुगङ्गा–३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वत मोदी–१ की १५ वर्षीया कृतिका शर्मा पौडेल, धादिङ गजुरी–८ का अन्दाजी २० वर्षीय सुशील रम्तेल, कास्की फूलबारी–११ का अन्दाजी २४ वर्षीय सुमन थापा र पर्वत जलजला गाउँपालिका ६ बस्ने ४२ बर्षीया राधिका सापकोटाको सनाखत भएको डीएसपी मिश्रले नेपालखबरलाई जानकारी दिए। ‘दुई महिला छ जना पुरुषको दुर्घटनास्थलमै मृत्यु भएको थियो,’ उनले भने, ‘मृतक तीन जना प...
नवलपुर  बस दुर्घटना ५ जनाकाे मृत्यु २९ जना घाइते :

नवलपुर बस दुर्घटना ५ जनाकाे मृत्यु २९ जना घाइते :

Breaking News, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
१३ कात्तिक, काठमाडौं । पाल्पाबाट मनकामना दर्शनको लागि जादै गरेका दर्शनार्थी चढेको बस दुर्घटनामा मृत्यु भएका पाँच जनाकै सनाखत भएको छ । पाल्पाको रम्भा गाउँपालिका-१ हुँगीबाट मनकामना जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस नवलपरासी पूर्व (नवलपुर)को बुलिङटारमा आज बिहान करिब चार बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा रम्भा गाउँपालिका-१ का ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीया धनी विक, ५८ वर्षीया देवी गाहा र स्याङ्जाको गल्याङ नगरपालिका-९ बेलचौरकी वर्ष ४५ की फूलमाया माझी रहेकी छन् । उनीहरू सबैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी सन्तोष पाठकले जानकारी दिए । दुर्घटनामा २९ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि चितवनको भरतपुर पठाइएको डिएसपी पाठकले जानकारी दिए । घाइतेको नामावली : १)    बस चालक, पाल्पा रामपुर न.पा.३ गण्डकी ढिक बस्ने वर्ष २९ का ...