२३ भाद्र २०८१, आईतवार

जाजरकोटमा बस दुर्घटना, दुई जना घाईते

जाजरकोट : जिल्लाको छेडागाड नगरपालिका-१०मा बस दुर्घटना भएको छ। बिहिवार बिहान कुशे गाउँपालिकादेखि छेडागाड थलह बजार जाँदै गरेको बस बाटुल्ले नजिकै जलजला भन्ने ठाउँको मोडमा बस दुर्घटना भएको वडाध्यक्ष जयनाथ योगीले जानकारी दिए ।

बस सडकबाट २५ मिटर तल खोल्सामा खसेको उनले बताय ।सडक साघुराे र कच्ची भएको कारण माेड्ने क्रममा दुर्घटना भयकाे बुझिएको छ । दुइजना सामान्य घाइते भएका छन् र मानवीय क्षति भने नभयकाे  वडा अध्यक्ष याेगिले जानकारी दिय।

बिगतका बर्षहरुमा बाेलेराे जिप चल्दै आयकाे उक्त सडकमा गत असाेज देखि ठुला गाडिहरु संचालनमा आईरहेका छन ।