११ श्रावण २०८१, शनिबार

Tag: पक्राउ

दुर्गा प्रसाईका बडिगाड हतियार सहित पक्राउ

दुर्गा प्रसाईका बडिगाड हतियार सहित पक्राउ

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं :सर्वोच्च अदालतबाट स्वचालि हतियारसहित दुर्गा प्रसाईंका बडिगाड दिपक खड्का र राम कुमार धिमाललाई साेमबार बिहान ११ बजे प्रहरीले पक्राउ गरेकाे छ।अदालत परिसरबाट हतियारसहित पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान गर्न प्रहरी वृत्त सिंहदरबारमा पठाइएको छ । जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार किन कुन प्रयोजनले हतियार बोकेर अदालत प्रवेश गरे, लाइसेन्स प्राप्त हतियार होरहोइन लगायतका विषय अध्ययनकै क्रममा रहेको एसपी अधिकारीले बताए । अहिले घटनाबारे अध्ययनकै क्रममा रहेकाले के कारबाही हुनेरनहुने भन्न नसकिने एसपी अधिकारीको भनाइ छ । मेडिकल व्यवसायी प्रसाईंको मुद्दाको पेशी सोमबार रहेकाले उनीहरु हतियार बोकेरै सर्वोच्च अदालत पुगेका थिए । अदालतका मुल गेटमा इन्सपेक्टर विजय भण्डारीसहितको टोलीले जाँच गर्ने क्रममा हतियार भेटेपछि उनीहरुलाई पक्राउ गरिएको थियो । उन...
जाजरकोटमा एकजना ब्यापारी माथि लुटपाट, लुटेरा प्रहरी नियन्त्रणमा

जाजरकोटमा एकजना ब्यापारी माथि लुटपाट, लुटेरा प्रहरी नियन्त्रणमा

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, समाचार
जाजरकोट । जाजरकोट मा एक जना ब्यापारी लाई लुटपाट गरि घाइते अवस्था छाेडेर लुटेर भागेकाे अवस्थामा पाँच दिन पछि प्रहरीले नियन्त्रण लिई जिल्ला प्रहरी कार्यलय जाजरकोट पुर्‍याउयकाे छ । जिल्लाको छेडागाड नगरपालिका वडा न-७ र जुनिचाँदे गाउँपालिकाकाे सिमाना पर्ने हाडेखाेला भन्ने ठाउँमा २०८०असाेज ४ गते साझ ८:३० बजेकाे समयमा एक्कासि अज्ञात दुईजना अन्दाजी २०,२५ बर्षका दुइटा केटाहरुले एक्कासी एक जना ब्यापारी कुशे गाउपालिका २ घाेर्ले बस्ने बर्ष ५६ का डिल्लि बहादुर सिंह माथि आक्रमण गरि उनी संग भयकाे नगत एक लाख बीस हजार रुपैयाँ ,डेड ताेला सुन र एउटा आईटियल टचिङ्ग माेबाईल लुटपाट गरि ब्यापारी सिंहलाई कुटपिट गरि बेहाेस अवस्थामा छाेडेर भागेका थिय। बिलेट र धारिलो हतियारले खुट्टामा काटेर भागेकाे र आफू बेहाेस भई ढलेकाे र करिव दुई घण्टा पछि हाेसमा आउदा उनिहरु भागिसकेकाे  पिडित सिंहकाे भनाइ छ । घटना भयका...
अभिनेता अनमाेल के सि पक्राउ

अभिनेता अनमाेल के सि पक्राउ

Breaking News, राष्ट्रिय, विचार, संस्कृति, समाचार
काठमाडौं । आपराधिक विश्वासघात गरेको आरोपमा अभिनेता अनमोल केसी पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले साँगाबाट उनलाई पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले बताए । रावायण नामक फिल्ममा भएको विवादलाई लिएर निर्माता समूहले केसीविरुद्ध आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दिएका थिए । उनलाई भक्तपुरको साँगाबाट साँझ साढे ५ बजे नियन्त्रणमा लिइएको र थप अनुसन्धानका लागि हिरासतमा लिइएको प्रवक्ता रेग्मीले बताए । निर्माण कम्पनी सुदर्शन थापा प्रोडक्सन प्रालिको तर्फबाट सुप्रिया भन्ने चन्द्रकला कटुवालले उजुरी दिएकी थिइन् । उक्त उजुरीको आधारमा अनमोलविरुद्ध केही दिनअघि पक्राउ पुर्जी जारी भएको रेग्मीले जानकारी दिए । प्रहरीले खोजी कार्य गर्दा सूचनाको आधारमा साँगाबाट पक्राउ गरिएको हो ।...
नक्कली शरणार्थी काण्डपछि अर्को मानव तस्करकाण्ड, मानव तस्करका नाईके पक्राउ

नक्कली शरणार्थी काण्डपछि अर्को मानव तस्करकाण्ड, मानव तस्करका नाईके पक्राउ

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, समाचार
काठमाडौँ।नेपालीको विपन्नता र विवशताको फाइदा उठाएर विदेशका सुन्दर सपना देखाउँदै मानव तस्करी गर्ने गिरोहहरूको एकपछि अर्को जालो खुल्दै गएको छ । नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने प्रलोभनमा मानवतस्करी गर्दै करोडौँ असुलेका देशका पूर्वउपप्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्म पक्राउ परेर जेल सजाय काटिरहेको समयमा विभिन्न बहानामा मानव तस्करी गर्ने नयाँनयाँ गिरोहहरूको रहस्य खुल्दै गएको हो । यसैक्रममा विभिन्न बहानामा सयौँ मानिसलाई अमेरिका र क्यानाडा पु¥याएर करोडौँ रुपैयाँ जम्मा गरेका ‘मानव तस्कर’ हस्त गौतम नेपाल–भारत सिमानाबाट पक्राउ परेको समाचार प्राप्त भएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले गरेको अनुसन्धानमा पछिल्लो मानव तस्करीका मुख्य योजनाकार अमेरिकाको टेक्सास बस्ने अमेरिकी नागरिक ५२ वर्षीय हस्त गौतमले अहिलेसम्म दुई सयजनालाई अमेरिका पुर्याइसकेको स्रोतहरूले ...
पुर्व मन्त्री टाेप बहादुर रायमाझी पक्राउ

पुर्व मन्त्री टाेप बहादुर रायमाझी पक्राउ

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।पुर्व मन्त्री तथा एमालेका सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउ गरेको छ । रायमाझी काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ परेका हुन् । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी आउँदा उनी अर्घाखाँचीस्थित महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको हिरक महोत्सव उद्घाटन कार्यक्रममा थिए । त्यहाँबाट काठमाडौं हिँडेका रायमाझी फरार थिए । पूर्वमन्त्री रायमााझी भैरहवामा केही समय बसेर काठमाडौं आएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले  बताए ।  भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा रायमाझीमाथि छ । शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा पक्राउ परेका ललितपुरका सानु भण्डारीले बयानमा टोप बहादुर रायमाझीको संलग्नता खुलाएका छन् ।...
टाेप बहादुर रायमाझीका छाेरा सन्दिप पक्राउ

टाेप बहादुर रायमाझीका छाेरा सन्दिप पक्राउ

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, समाचार
बुटवल।नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप पक्राउ परेका छन् । उनी बुधबार बुटवलमा पक्राउ परेका र बिहीबार काठमाडौं ल्याउने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । यसबारे अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरले बुधबार जिल्ला अदालत काठमाडौंबाट पूर्व उपप्रधानमन्त्री रायमाझी र उनका छोराविरुद्ध पक्राउ पुर्जी लिएको थियो ।सन्दीपले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउन एक करोडको चेक लिएको पाइएको स्रोतको दाबी छ । यो प्रकरणमा गत १२ चैतमा उपत्यका अपराध अनुसन्धान कार्यालयले केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई पक्राउ गरेको थियो । उनीहरुको बयानका आधारमा प्रहरीले मंगलबार पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए । बुधबार भने पूर्वगृहसचिव टेकनाराय...