११ श्रावण २०८१, शनिबार

पुर्व मन्त्री टाेप बहादुर रायमाझी पक्राउ

काठमाडौं ।पुर्व मन्त्री तथा एमालेका सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउ गरेको छ । रायमाझी काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ परेका हुन् ।

उनीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी आउँदा उनी अर्घाखाँचीस्थित महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको हिरक महोत्सव उद्घाटन कार्यक्रममा थिए । त्यहाँबाट काठमाडौं हिँडेका रायमाझी फरार थिए ।

पूर्वमन्त्री रायमााझी भैरहवामा केही समय बसेर काठमाडौं आएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले  बताए ।  भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा रायमाझीमाथि छ ।

शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा पक्राउ परेका ललितपुरका सानु भण्डारीले बयानमा टोप बहादुर रायमाझीको संलग्नता खुलाएका छन् ।