११ श्रावण २०८१, शनिबार

Tag: नेपाल सरकार

नयाँ मन्त्रीमण्डल गठन कुन दल बाट कति र कुन-कुन मन्त्री भय हेर्नुहाेस

नयाँ मन्त्रीमण्डल गठन कुन दल बाट कति र कुन-कुन मन्त्री भय हेर्नुहाेस

Breaking News, पर्यटन, राजनीति, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, शिक्षा, समाचार, सुचना संचार, स्वास्थ
काठमाडौं : प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले दोस्रो पटक मन्त्रीमण्डल विस्तार गरेका छन । मंगलबार नियुक्त भएका तीन जना विनाविभागीय मन्त्रीहरुको जिम्मेवारी तोक्दै प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनमा रहेका दलहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका साथै एकीकृत समावादीबाट सहभागी हुनेलाई मन्त्री बनाउँदै आज थप १६ जना मन्त्रीहरु नियुक्त गर्दै मन्त्रीपरिषद विस्तार गरेका हुन। नयाँ सत्ता समीकरणमा रहेको जनता समाजबादी दल भने सरकारमा सहभागी भएको छैन । -कुन दल बाट को बने मन्त्री ? नेकपा एमालेबाट ; १) रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार २) पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला ३) हरि उप्रेती, रक्षा ४) भगवति चौधरी, महिला बालबालिका ५) राजेन्द्र राई, खानेपानी ६) दामोदर भण्डारी, उद्यो ७) ज्वालाकुमारी साह, कृषि ८) बलराम अधिकार...
भुकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सरकारले ५ लाख अनुदान दिने

भुकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सरकारले ५ लाख अनुदान दिने

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, समाचार
जाजरकोट :पुर्ननिर्माणका लागि सरकारले प्रति परिवार पाँच लाख अनुदान दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्प प्रभावित क्षेत्रमा प्रति परिवार घर निर्माणका लागि पाँच लाख अनुदान दिने निर्णय गरेको हो । पुनर्निर्माणका लागि सरकारले आन्तरिक स्रोत, बाहृय सहयोग, अनुदान र ऋण प्रयोग गर्ने भएको छ । कार्यविधि अनुसार भूकम्प प्रतिरोधी घरको ढाँचा तयार गरी पुनर्निर्माणको काम अघि बढ्ने बताईयकाे छ। भूकम्प गएको चार महिना बितिसक्दा पनि पुनर्निर्माणको काम अघि नबढेको भन्दै संसदमा सरकारको आलोचना भएको थियो । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद् बैठकले भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण अघि बढाउने निर्णय गरेको बताए । "कार्यविधि स्वीकृत भइसकेको छ । अब आन्तरिक र बाहृय स्रोत परिचालन गरी पुनर्निर्माण अघि बढ्छ,"गृह मन्त्री श्रेष्ठले भने । जाजरकोटमा हालसम्म ४२ हजार...
गैरआवासीय नेपालीलाई सरकारद्वारा नागरिता प्रदान

गैरआवासीय नेपालीलाई सरकारद्वारा नागरिता प्रदान

Breaking News, राष्ट्रिय, विचार, संस्कृति, समाचार
काठमाडौं ।सरकारले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड"ले बालुवाटारमा आयोजित एक कार्यक्रममा आज बिहान गैरआवासीय नागरिकता प्रदान गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्षद्वय कुल आचार्य र बद्री केसीलाई नागरिकता प्रदान गर्दै गैरआवासीय नागरिकता वितरणको सुरुआत गरेका हुन् । नागरिकता प्राप्त गरेपछि अध्यक्ष केसीले एक पटकको नेपाली सधैंको नेपाली भन्ने अभियान सार्थक भएको बताउँदै सरकारलाई धन्यवाद दिए ।गत जेठमा संशोधन भएको नागरिकतासम्बन्धी ऐनअनुसार नागरिकता नियमावली सरकारले यसअघि नै स्वीकृत गरेकाले गैरआवासीय नेपालीलाई नेपालीले नेपालको नागरिकता पाउने बाटो खुलेको थियो ।...
आन्दोलनरत राहत शिक्षक र सरकार बिच ५ बुदे सहमति

आन्दोलनरत राहत शिक्षक र सरकार बिच ५ बुदे सहमति

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं ।सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँचबुँदे सहमति भएको छ । सहमतिसँगै शिक्षकहरुको आन्दोलन फिर्ता भएको छ । शिक्षामन्त्री अशोककुमार राईकै संलग्नतामा भएको सहमतिमा राहत शिक्षकको सीमित प्रतिस्पर्धा सम्बन्धी व्यवस्थालाई एक पटकका लागि आन्तरिकतर्फ शतप्रतिशत कायम गर्ने सहमति भएको छ । परीक्षामा उत्तीर्ण भएका शिक्षकहरु स्थायी हुनेछन् भने अनुत्तीर्ण भएका शिक्षकहरुलाई सरकारले आर्थिक प्याकेज दिनेछ । संसदमा दर्ता भएको विधेयकमा भने आन्तरिकतर्फ ५० प्रतिशत कायम गर्ने उल्लेख थियो भने ५ असोजमा शिक्षक महासंघसँग भएको ६बुँँदे सहमतिमा ७५ प्रतिशत पुर्‍याउने उल्लेख थियो । त्यसमा असहमत राहत तथा बालविकास शिक्षकहरुले आन्दोलन जारी राखेपछि सरकारले वार्ता थालेको थियो । शुक्रबार भएको सहमति शिक्षक महासंघसँग गरेको सहमतिको पूरक भएको शिक्षामन्त्री राईले बताए । प्रस्तावित विधेयकमा ...
सरकारले २०८० सालका लागि विभिन्न बिदाहरु सार्वजनिक गरेकाे छ

सरकारले २०८० सालका लागि विभिन्न बिदाहरु सार्वजनिक गरेकाे छ

Breaking News, पुर्वाधार, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार
काठमाडौं ।सरकारले २०८० सालमा हुने सार्वजनिक बिदाको सूची प्रकाशित गरेको छ। राजपत्रमा प्रकाशित उक्त सूचीमा पृथ्वी जयन्ती र जनयुद्ध दिवसको बिदा पनि समावेश गरिएको छ। दशैंमा पनि एक दिन बिदा थप गरी पाँच दिन बनाइएको छ। अब फूलपातीदेखि द्वादशीसम्म दशैं बिदा दिइनेछ। यसअघि एकादशीसम्म चार दिन मात्र दशैं बिदा दिइन्थ्यो। मन्त्रिपरिषद्को निर्णयानुसार गृह मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशन गरी बिदा तथा कार्यालय समय निर्धारण गरेको हो । मन्त्रालयले नववर्ष, उभौली, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, घटस्थापना, दशैं (कात्तिक ४ देखि ९ सम्म), तिहार (कात्तिक २६ देखि ३० सम्म), छठ, क्रिसमस, उधौली, तमु ल्होसार, माघी, सोनाम ल्होसार, ग्याल्पो ल्होसार, दुवै इद (इद उल फित्र र इद उल अजहा), महाशिवरात्रि र फागुपर्वमा मुलुकभरि सार्वजनिक बिदा हुने उल्लेख गरेको छ । सम्बन्धित धर्म, संस्कृति भौगोलिक क्षेत्र र स...
आजै मन्त्री परिषद  गठन हुने

आजै मन्त्री परिषद गठन हुने

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौ । सत्ता गठबन्धनमा रहेका दलका नेताहरूले आज मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । गठबन्धनमा मन्त्रालयको भागबन्डा टुंगिएकाले आज मन्त्रिपरिषद् विस्तार हुने उनीहरूको दाबी छ । नयाँ मन्त्रीहरूको शपथ पनि आजै गराउने तयारी रहेको जसपा नेता राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । हिजो साँझ बसेको सत्ता गठबन्धनको बैठकमा नेपाली कांग्रेसलाई आठ, माओवादीलाई पाँच, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)लाई दुई -दुई मन्त्रालय दिने सहमति भएको छ । लोकतान्त्रिक समाजवादी (लोसपा), नागरिक उन्मुक्ति, बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी र प्रभु साहको आम जनता पार्टीले एक एकवटा मन्त्रलय लिने सहमति भएको बताइएको छ । एक मन्त्रालयसहित सरकारमा रहेको जनमत पार्टीले थप एक राज्यमन्त्री पाउने भएको छ । मन्त्रालयको बाँडफाँट भने मिलिसकेको छैन । बाँडफाँटको अधिकार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्र...
जिउदा मान्छे पनि राष्ट्रिय सहिद घाेषणा

जिउदा मान्छे पनि राष्ट्रिय सहिद घाेषणा

Breaking News, राष्ट्रिय, विचार, शिक्षा, समाचार, स्वास्थ
काठमाडौं  । सरकारले सार्वजनिक गरेको शहीदको सूचीमा जिउँदा मान्छेको पनि नाम समावेश भएको पाइएको छ । डोटीको बडीकेदार गाउँपालिका–२ (साविकको बर्छैन गाउँ विकास समिति–८) का ५९ बर्षीय चक्रबहादुर मटेलीको नाम शहीदहरुको सूचीमा छ । फागुन १५ गते सरकारले सशस्त्र बिद्रोहका साथै विभिन्न आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरुलाई सम्मान स्वरुप शहीद घोषणा गर्ने निर्णय गरेको थियो । फागुन २९ गते प्रकाशित राजपत्रमा जिउँदा व्यक्ति मटेलीलाई पनि शहीदको सूचीमा राखिएको छ । डोटी जिल्लाबाट शहीद घोषणा गरिएका ६३ जनामध्ये मटेलीको नाम ४२ औं नम्बरमा छ । राजपत्रमा २०५९ साल बैशाख १९ गते मटेलीको मृत्यु भएको उल्लेख छ। मटेली २०५९ साल वैशाख १९ गते बर्छैनको छेडामा तत्कालीन शाही नेपाली सेनाले गरेको आक्रमणमा परी घाइते भएका थिए । उनको घाँटी, मुख र पाखुरामा गोली लागेको थियो । उनी भन्छन् ‘मलाई मर्‍यो भनेरै छोडेका हुन...