२३ भाद्र २०८१, आईतवार

आजै मन्त्री परिषद गठन हुने

काठमाडौ । सत्ता गठबन्धनमा रहेका दलका नेताहरूले आज मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । गठबन्धनमा मन्त्रालयको भागबन्डा टुंगिएकाले आज मन्त्रिपरिषद् विस्तार हुने उनीहरूको दाबी छ ।

नयाँ मन्त्रीहरूको शपथ पनि आजै गराउने तयारी रहेको जसपा नेता राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । हिजो साँझ बसेको सत्ता गठबन्धनको बैठकमा नेपाली कांग्रेसलाई आठ, माओवादीलाई पाँच, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)लाई दुई -दुई मन्त्रालय दिने सहमति भएको छ ।

लोकतान्त्रिक समाजवादी (लोसपा), नागरिक उन्मुक्ति, बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी र प्रभु साहको आम जनता पार्टीले एक एकवटा मन्त्रलय लिने सहमति भएको बताइएको छ । एक मन्त्रालयसहित सरकारमा रहेको जनमत पार्टीले थप एक राज्यमन्त्री पाउने भएको छ ।

मन्त्रालयको बाँडफाँट भने मिलिसकेको छैन । बाँडफाँटको अधिकार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई दिन माग गरेका छन् ।