११ श्रावण २०८१, शनिबार

Tag: नेकपा बिप्लप

नेकपा निकट बिद्यार्थी संगठनका अध्यक्ष सहित १२ जना पक्राउ

नेकपा निकट बिद्यार्थी संगठनका अध्यक्ष सहित १२ जना पक्राउ

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं ।नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कडा कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका नेत्रविक्रम चन्द ‘विप्लव’का कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले काठमाडौं जिल्ला अदालत परिसरबाट १२ जनालाई नियन्त्रणमा लिएको हो । नक्कली भु्टानी शरणार्थी प्रकरणमा पक्राउ परेको पक्षमा  कानुन व्यवसायीहरूले बहस गरेको भन्दै उनीहरूले कालाे ब्यानर सहित अदालत परिसरमा नाराबाजी गरेका थिए। पक्राउ पर्नेहरूमा नेकपा निकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष प्रकाश शाही ,उपाध्यक्ष नरेन्द्र, केन्द्रीय सचिव प्रकाश ,कार्यलय सदस्य अटल , केन्द्रीय सचिवालय -सदस्य लाेकेश जाेशी,अनिल, तारा,डि बि,केन्द्रीय सदस्य हष्त ,बजिर,समीर, आदेश र चेतन  सहितका  विद्यार्थी नेताहरू रहेका छन् । हाल उनिहरुलाई सिंहदरबार परिसर प्रहरी वृत्त अनामनगरमा राखियकाे छ ।...
नेकपाकाे जनपत्रिका लाेकार्पण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेकपाकाे जनपत्रिका लाेकार्पण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं ।बुधबार नेपाल बार एसाेसियसनकाे सभाहल रामशाह पथ काठमाडौंमा  नेकपाकाे  प्रकाशन तथा प्रचार प्रसार विभागले आयोजना गरेको राजनीतिक अस्थिरता, आर्थिक संकट र सञ्चारको दायित्व तथा जनपत्रिका विमोचन कार्यक्रम सम्पन्न भयकाे हाे ।कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेकपाका महासचिव बिप्लवले नेपालको परनिर्भर उत्पादन प्रणाली, प्रशासनिक पलायन, विभिन्न बहानामा पुँजी पलायन, बेरोजगारी र राजनीतिक अस्थिरताले नेपाल आर्थिक संकटतिर जान लागेको बताए। उनले भने, ‘लघुवित्त, बैंक र मिटर ब्याजीहरुले जनताबाट विभिन्न बहानामा अकुत लुटेका छन्। देशको पुँजीलाई विभिन्न गैरकानुनी तवरले पलायन गराएका छन्। कृतिम बेरोजगारी सिर्जना गरेर देशका दक्ष जनसक्तिहरुलाई विदेश पलायन हुनुपर्ने बाध्यता  बनाएको छ। याे आजको ज्वलन्त संकट यहि हो ।’ आर्थिक संकट समाधानको एउटामात्र विकल्प आफूसँग भएको भन्दै अवसर पाए गरेर देखाउन...
आज इटहरीमा तीन कम्युनिस्ट पार्टी काे  भन्डाफोर सभा हुँदै

आज इटहरीमा तीन कम्युनिस्ट पार्टी काे भन्डाफोर सभा हुँदै

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, समाचार
     आशन्न मङ्सिर ४ गते हुने भनिएको संसदिय चुनावको औचित्य नरहेको भन्दै चुनाव खारेज/बहिस्कारको कार्यनीति लिएका तीन कम्युनिस्ट पार्टीले आज पूर्वको इटहरीमा भन्डाफोर सभा गर्ने भएका छन् । नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेकपा सम्मिलित तीन क्रान्तिकारी कम्युनिस्ट पार्टीको देशव्यापी विरोध तथा जनपरिचालन अन्तर्गत आज इटहरीमा कार्यक्रम हुन लागेको हो । सुनसरीको इटहरी मेनचोक बाट १ सय मिटर पश्चिम तर्फको चोकमा आज दिउँसो ठिक १ बजे हुने कार्यक्रमलाई नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य एबम प्रवक्ता प्रकाण्ड, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव आहुती र नेकपा नेता सतिसाल लगाएतका नेताहरूले सम्बोधन गर्ने सुनसरीस्थित नेकपा पोलिट व्युरो सदस्य दिपेश सीले जानकारी दिएका छन् । कार्यक्रमको शुरुवात ब्यानरसहित नारा जुलुश गर्दै हुने बताइएको छ ।...
नेकपा  विप्लवका दर्जनौँ नेता–कार्यकर्ता नेकपा (बहुमत) मा प्रवेश

नेकपा विप्लवका दर्जनौँ नेता–कार्यकर्ता नेकपा (बहुमत) मा प्रवेश

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
    काठमाडौँ : विप्लव नेतृत्वको नेकपा अर्थात् विप्लव समूह महाधिवेशनपछि झन्झन् रित्तिँदै गएको छ । कैलालीमा शुक्रबार दर्जनौँ जिल्लास्तरीय नेता–कार्यकर्ता विप्लव समूहबाट विद्रोह गर्दै नेकपा (बहुमत) मा समाहित भएका छन् । नेकपा (बहुमत) मा प्रवेश गर्नेहरूमा माओवादी केन्द्र, एमाले, नेकपा एस, नेपाली काङ्ग्रेसलगायत पार्टीका नेता–कार्यकर्ता पनि छन् । नेकपा (बहुमत) मा प्रवेश गर्ने विप्लव समूहका जिल्लास्तरीय नेताहरूमा शारदा अधिकारी (कैलाली जिल्ला सदस्य), कटक थापा (कैलाली जिल्ला सदस्य), पान्सरा विकलगायत छन् । त्यसैगरी राजबहादुर बिस्ट नेकपा (एकीकृत समाजवादी युवा सङ्गठनका लम्की इन्चार्ज तथा एसका जिल्ला सचिवालय सदस्य), रङ्ग बटाला (नेकपा समाजवादी केन्द्र का जिल्ला सचिवालय सदस्य), चक्र बिस्ट (नेकपा एसका नगर समिति सचिवालय सदस्य), पद्मा शाही (राप्रपा नगर समिति सदस्य), डिल्ली बटाला (नेपाली काङ्ग्रेस), पुर...
संसदीय चुनाव खारेज अभियानलाई दमन गरे प्रतिरोध गछौं : प्रकाण्ड

संसदीय चुनाव खारेज अभियानलाई दमन गरे प्रतिरोध गछौं : प्रकाण्ड

चुनाव, राजनीति, राष्ट्रिय, समाचार
             १५ कार्तिक काठमाडौं  । नेकपा प्रवक्ता प्रकाण्ड सीले आगामी संसदीय व्यवस्था अन्तर्गतको संघीय र प्रादेशिक चुनाव शसक्त खारेज गर्ने बताउनु छ । उहाँले चुनाव खारेजी अभियानलाई राज्यले दमन गरे प्रतिरोध गरिने बताउनु भएको छ । उहाँले एमसीसी पक्षधर दलाल, भ्रष्टाचारी, राष्टघाटी, भुमाफिया, सुदखोर, तस्कर, व्यभिचारीहरुलाई पार्टीले कारवाहीको निशाना बनाउने बताउनु भएको छ । मंगलबार नवौं महाधिवेशनको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रकाण्डले निर्वाचन खारेजी अभियान ३ बुँदे सहमति कार्यान्वयनका लागी दवाव दिन समेत संघर्षको मोर्चा हुने बताउदै सम्पूर्ण देशभक्त क्रान्तिकारी एवं सच्चा लोकतन्त्रवादीहरुले यो चुनावलाई खारेज गर्नुपर्ने बताउनुभयो । उहाँले चुनावको वर्गीय पक्षधरता हुने बताउदै संसदीय चुनावले दलाल पुँजीवादलाई बलियो बनाउने बताउनुभयो । उहाँले स्थानीय चुनावलाई कार्यनीत...