११ श्रावण २०८१, शनिबार

नेकपा निकट बिद्यार्थी संगठनका अध्यक्ष सहित १२ जना पक्राउ

काठमाडौं ।नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कडा कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका नेत्रविक्रम चन्द ‘विप्लव’का कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौं जिल्ला अदालत परिसरबाट १२ जनालाई नियन्त्रणमा लिएको हो । नक्कली भु्टानी शरणार्थी प्रकरणमा पक्राउ परेको पक्षमा  कानुन व्यवसायीहरूले बहस गरेको भन्दै उनीहरूले कालाे ब्यानर सहित अदालत परिसरमा नाराबाजी गरेका थिए।

पक्राउ पर्नेहरूमा नेकपा निकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष प्रकाश शाही ,उपाध्यक्ष नरेन्द्र, केन्द्रीय सचिव प्रकाश ,कार्यलय सदस्य अटल , केन्द्रीय सचिवालय -सदस्य लाेकेश जाेशी,अनिल, तारा,डि बि,केन्द्रीय सदस्य हष्त ,बजिर,समीर, आदेश र चेतन  सहितका  विद्यार्थी नेताहरू रहेका छन् । हाल उनिहरुलाई सिंहदरबार परिसर प्रहरी वृत्त अनामनगरमा राखियकाे छ ।