दुर्घटनामा ३ जनाको मृत्यु
काठमाडौं । बाँके र दाङमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । सल्यानको छत्रेश्वरी गाउँपालिका-१ मयनीस्थित सडकमा भालुमारेबाट मयनीतर्फ जाँदै गरेको लु.प्र.०२-००१ त ००१२ नम्बरको ट्याक्टर बुधबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ४९ वर्षीय क्षेत्र बहादुर खत्रीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
यसैगरी बाँकेको नेपालगंज उपमहानगरपालिका-१७ ढोडेगाउँस्थित सडकमा युपि ४० एएफ २०४४ नम्बरको मोटरसाइकल र ने.१ ह ३६८१ नम्बरको ई-रिक्सा एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक जानकी गाउँपालिका-३ बढैया बस्ने ५० वर्षीय निजमुद्दिन खानको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते ...