२६ बैशाख २०८३, शनिबार

Tag: जिप दुर्घटना

डाेल्पाकाे जगदुल्लामा जिप दुर्घटना चालककाे मृत्यु

डाेल्पाकाे जगदुल्लामा जिप दुर्घटना चालककाे मृत्यु

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, समाचार
दुनै डाेल्पा : डाेल्पा जिल्लामा जिप दुर्घटना एक युवकको मृत्यु भयकाे छ ।जिल्लाको मुड्केचुला गाँउपालिका -१ भोटगाऊ घर भयका हाल रुकुम पश्चिम त्रिवेणी बस्ने बर्ष २३ का सल्मान रोकायाको मृत्यु भएको हो । मुड्केचुला गाउँपालिका वडा नम्बर -१ काङ्ग्रे खोला स्थित भित्रि कच्ची सडक खण्डमा बोलेरो जिप दुर्घटना हुदा चालक राेकायकाे मृत्यु  भएको हाे। ईल (खर्क) देखि त्रिवेणी (रुकुम पश्चिम) तर्फ जादै गरेको बा.१७ च. ३९७० नम्बरको बोलेरो जिप एक्कासी अनियन्त्रित भई सडकबाट अन्दाजी ३०/४० मिटर तल खस्दा उक्त गाडी चलाकको घटनास्थलमै मृत्यु भएको र  अन्य यात्रु सवार नभएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । जिप साहु र चालक आफै रहेका राेकायले डाेल्पामा पहिलाेपटक चार पाङ्ग्रे सवारी साधन डाेल्पामा पुर्‍याएका थिय। बेलुका ५:१८ बजे तिर जिप दुर्घटना भएर जिप जगदुल्ला नदिमा खसेको छ मृतकको लास घटनास्थलम...
जाजरकोट नलगाडमा जिप दुर्घटना ५ जनाकाे मृत्यु,२ जना घाइते

जाजरकोट नलगाडमा जिप दुर्घटना ५ जनाकाे मृत्यु,२ जना घाइते

Breaking News, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट: जाजरकोटमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा परी नलगाड नगरपालिका–३ करुवाका ३१ वर्षीय जिप चालक ईन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १७ वर्षीया लक्ष्मी पुन रोका र लक्ष्मीका एक महिनाका छोरा आलोचन रोकाको मृत्यु भएको जाजरकोट प्रहरीले जनाएको छ। जीप बुधबार राति ११ बजे नलगाड नगरपालिका–५ कालीमाटिबाट वडा नम्बर ३ करुवा जाँदै गरेको ग ३ च ९८४५ नम्बरको बोलेरो जिप कैना–कड्के सडकअन्तर्गत बिरखोला नजिक दुर्घटनामा परेको हो। डबल क्याप बोलेरो जिप ब्रेक फेल भएपछि सडकबाट करिब ८०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम प्रसाद पाण्डेले बताए । दुर्घटनामा २ जना घाइते भएका छन्।...
जाजरकोटकाे नुवागाउमा जिप दुर्घटना, दुईजनाकाे मृत्यु एक जना घाइते

जाजरकोटकाे नुवागाउमा जिप दुर्घटना, दुईजनाकाे मृत्यु एक जना घाइते

Breaking News, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट : पुष्पलाल मध्यपहाडी राजमार्ग अन्तरगत जाजरकोटको भेरी नगरपालिका -१० नुवागाऊमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन । शर्मा सिंह एण्ड ब्रदर्श निर्माण सेवा प्रालिको प्रदेश नम्बर ३-०१०२३ च ४७१९ बोलेरो जीप नुवागाउँको घुम्तिमा दुर्घटनामा परेको हो ।जीपमा सवार ३ जना मध्य २ जनाको घटनास्थलमा मृत्यु भएको र १ जना घाइते भयकाे जिल्ला प्रहरी कार्यालय जाजरकोटकाले जनायकाे छ । दुर्घटना के कसरी भयाे भन्ने बारे बुझ्न प्रहरीको टाेली घटनास्थल तर्फ पठाईयकाे जिल्ला प्रहरी कार्यलय जाजरकोटका प्रमख पुरुषोत्तम प्रसाद पाण्डेले बताउनु भयकाे छ ।...
जाजरकोट जिप दुर्घटना अपडेट, चालक वलिकाे मृत्युु १४ जना घाइते

जाजरकोट जिप दुर्घटना अपडेट, चालक वलिकाे मृत्युु १४ जना घाइते

Breaking News, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट :जाजरकोटमा जिप दुर्घटना हुँदा जिप चालक मान बहादुर वलिकाे मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ।सबै घाइतेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा उपचार भइरहेको छ।  खलंगाबाट भेरी नगरपालिका– ६ नेटाबजार जाँदै गरेको ग.१ज ७७११ नम्बरको बोलेरो जिप सदरमुकामदेखि करिब १० किलोमिटर पश्चिम भेरे भन्ने स्थानमा दुर्घटना भएको हो। दुर्घटनाग्रस्त जिप सडकबाट करिब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ। घाइते हुनेमा भेरी नगरपालिका ६ बिर बहादुर पुनको छोरी १७ बर्षिया सिता पुन र सोही ठाँउका बर्ष ८० बर्षका कलिमान खत्री गंभिर घाइते भएका छन् । दुवै जनाको होस खुल्न सकेको छैन ,२८ बर्षकी सपना बि.क. सार्की, सोही ठाँउकी बर्ष ३५ कि भुमिका शाही, बर्ष १९ कि दुर्गा पुन, बर्ष १९ कि बिन्दु शाही, बर्ष ५५ कि मोति लुहार, बर्ष २८ कि भुमिकला राना घर्ती, उनको चार महिनाको छोरा प्रज्वल घर्ती र...
जाजरकोटमा जिप दुर्घटना १५ जना घाइते

जाजरकोटमा जिप दुर्घटना १५ जना घाइते

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट :जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा  १५ जना घाइते भएका छन् । जाजरकोटको खलङगा बाट भेरि नगरपालिका–६ नेटाबजार जाँदै गरेको ग १ ज ७७११ नम्बरको जिप वडा नम्बर ६ भेरेमा दुर्घटनामा परेको हो । उक्त दुर्घटना परेर १५ जना यात्रु घाइते भएका छन भन्ने ३ जनाको अवस्था गम्भीर भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिनुभयो । घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।...
अर्घाखाँचीमा जिप दुर्घटना दुईजनाकाे मृत्यु, दुईजना घाइते

अर्घाखाँचीमा जिप दुर्घटना दुईजनाकाे मृत्यु, दुईजना घाइते

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, समाचार
बुटवल : अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ढाकावाङमा लु १ ज १६७९ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा भूमिकास्थान-२ की अन्दाजी ३५ वर्षीया देवा बेल्वासे र सन्धिखर्क-८ की अन्दाजी ४७ वर्षीया डेमकला आचार्यको मृत्यु भएको वडाअध्यक्ष बुद्धिबहादुर थापाले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय अर्घाखांचीका अनुसार ढाकाबांगबाट सन्धिखर्क जाँदै गरेको लु१ज १६७९ नम्बरको जीप भिरालो सडकमा रोकेर चालक झरेको बेला दुर्घटना भएको हो । जीप सडकबाट पल्टिएर करिब दुई सय मिटर तल खसेको छ । दुर्घटनामा पाणिनी गाउँपालिका पणेनाकी कोपिला खनाल र उनका ८ महिनाको छोरा घाइते भएका छन् । घाइतेहरुलाई जिल्ला अस्पताल सन्धिखर्कमा पुर्‍याइएको छ ।...
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाईते

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाईते

Breaking News, यातायात, राष्ट्रिय, समाचार
रुकुम पश्चिम  ।रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाईते भएका छन् । सोमबार बिहान चौरजहारी नगरपालिका ८ को गोईरीज्यूलामा लु १ ज २२९७ नम्वरको जीप दुर्घटना हुँदा जीपमा सवार सबै घाईते भएका हुन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक नमराज भट्टराईका अनुसार चौरजहारी नगरपालिका वडा नम्वर १० खोलागाउँबाट जिल्ला सदरमुकाम मुसिकोट तर्फ जाँदै गरेको जिप दुर्घटना भएको हो । अहिले घाईतेहरु सबैलाई चौरजहारी अस्पतालमा उपचारको लागि ल्याईएको छ । घाईते मध्य सात जनाको अवस्था गम्भिर भएको बताईएको छ । घटनाको थप विवरण आउन बाँकि रहेको छ ।...
जाजरकोट जिप दुर्घटना,एक जना घाईते

जाजरकोट जिप दुर्घटना,एक जना घाईते

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट । जिल्लाको छेडागाड नगरपालिकाकाे झाप्रा नजिकै लम्ति खाेलाकाे खराय भन्ने ठाउँमा  जिप दुर्घटना भयकाे छ । बुधबार बिहान बाटुल्ले देखि थलह बजार आउदै गरेकाे खडग चलाउने काे बा १३च ७९४३ नम्बरको बाेलेराे जिप माेड्ने क्रममा पछाडिको जमिन भासिए पछि जिप हिलाेमा चिप्लिएर दुर्घटना भयकाे हाे । जिपमा सवार यात्रु झारेर साे बाेलेराे घुमाउदा पछाडि पट्टिकाे जमिन भासियर बाेलेराे अन्दाज ५० मिटर तल खसेकाे र मानबिय क्षति कुनै पनि नभयकाे र ड्राइभर लाई हल्का टाउकाे मा चाेट लागेकाे बताएको छ।...
बझाङमा जिप दुर्घटना : मन्त्री सिंह सहित ३जना घाईते, २ जनाकाे मृत्यु

बझाङमा जिप दुर्घटना : मन्त्री सिंह सहित ३जना घाईते, २ जनाकाे मृत्यु

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, समाचार
धनगढी ।बझाङमा भएको गाडी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित ३ जना घाइते भएका छन् ।घाइते ३ जनालाई हेलिकप्टरबाट नेपालगञ्ज लगियकाे छ । बझाङको केदारस्युँ गाउँपालिकामा भएको जीप दुर्घटनामा मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक दिवेश चौधरीले जानकारी दिए । ‘दुई जनाको निधन भएको र शव ऋतु पोलिक्लिनिक देउडामा रहेको जानकारी आएको छ,’ चौधरीले भने । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सिंहसहित, चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत् नेपालगञ्ज लगिएको उनले बताए । मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१-००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिक...
जाजरकोटमा जीप दुर्घटना ६ जना घाइते

जाजरकोटमा जीप दुर्घटना ६ जना घाइते

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट । जाजरकोट नलगाड नगरपालिका वडा न.५ कालिमाटीमा जिप दुर्घटना  भयकाे छ। आईतवार ७:३० बजे नगरपालिकाकाे वडा न.५ र ७ काे बिचमा पर्ने  कालिमाटीमा रहेकाे बेलिब्रिज पुल नजिकै जिप दुर्घटना भयकाे हाे ।नलगाड नगरपालिका दल्लि बाट खलंगा सदरमुकाम जाँदै गरेकाे लु १ च ६०९७ नम्बरको जिपकाे ब्रेक फेल भयपछि  ओेरालाेमा दुर्घटना भयकाे र दुर्घटनामा परि नलगाड नगरपालिका वडा न ७ का अर्जुन बहादुर सिंह ,दिपा सिंह,लक्ष्मी सिंह , माेहन शाह,पुतलि सिंह , सुनिता सिंह, छक्क राज मल्ल घाइते भयका छन । घाइते २ जनालाई नलगाड हष्पिटल र ४ जनालाई नेपालगन्ज लिइयकाे छ , र जिप चालकलाई अनुसन्धानका लागि दल्लि प्रहरीले  नियन्त्रणमा लियकाे नलगाडबाट बिरेन्द्र पुनले जानकारी दिएका छन ।  ...