११ श्रावण २०८१, शनिबार

Tag: जनक के सि

आउदै गरेको डोजर र खलंगाको चिन्ता:-जनक केसी

आउदै गरेको डोजर र खलंगाको चिन्ता:-जनक केसी

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, यातायात, राष्ट्रिय, विचार, शिक्षा
बिषय प्रवेश :अहिले जाजरकोट सदरमुकाम खलंगाको बजारमा अतिक्रमित जग्गामा बनेका भौतिक संरचनाहरु हटाउन स्थानीय प्रशासनले जारी गरेको ३५ दिने सुचना पछि घरटहरा भत्काउन डोजर आउन लागेको भन्ने हल्लाको व्यापक चर्चा भइरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको फैसला र गृहमन्त्रालयको परिपत्र भन्दै जिल्ला प्रशासन कार्यालयले फागुन २० गते केहि स्थानीयको नाम र केहि कित्ता नम्वरहरुमा रहेका जग्गाहरुको क्षेत्र तोकेर ती क्षेत्रमा वनेका घरटहराहरु भत्काउन सार्वजनिक सुचना जारी गरेपछि यहाँ विभिन्न थरिका हल्लाहरु फैलिएका छन् ।स्थानीय प्रशासनको सुचना, अख्तियारको फैसला,गृहमन्त्रालयको पत्र र विभिन्न समयमा वसेका जिल्ला स्तरका सर्वदलीय तथा सर्वपक्षीय वैठकहरुले पनि विकल्प नदिएर गरेका निणर्यहरुका आधारमा स्थानीय प्रशासन अघि वढेको छ । जाजरकोट सदरमुकाम खलंगाको वजार क्षेत्रमा अहिले भर्खरै भन्दा पनि तीस चालिस वर्...
केसिकाे पहलमा विपन्न वालवालिकालाइ पढाइ समाग्री सहयोग

केसिकाे पहलमा विपन्न वालवालिकालाइ पढाइ समाग्री सहयोग

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, शिक्षा, समाचार
जाजरकोट ।गैरआवासीय नेपाली संघ अमेरीकाको आर्थिक सहयोग र जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको समन्वयमा जाजरकोटका ३ सय ३२ विद्यार्थीहरुलाई विद्यालय पोशाक, झोला लगाएतका पढाइमा सहयोग पुग्ने सामाग्रीहरु सहयोग गरिएको छ । प्रतिष्ठानका अध्यक्ष जनक केसीको प्रस्ताव र पहलमा जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठान मार्फत एनआरएन अमेरीकाले उपलव्ध गराएको आर्थिक सहयोगले व्यवस्था गरिएको किताव कापी वोक्ने झोला, विद्यालय पोषाक र कापी कलम शुक्रवार खलंगामा आयोजित एक विशेष कार्यक्रमका विच कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले विद्यार्थीहरुलाइ हस्तान्तरण गरे । भेरी नगरपालिका वडा नम्वर ४ रानागाउँ स्थित भेरी प्राविमा आयोजना गरिएको विशेष कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री सिंहले स्कुले वालवालिकाहरुलाइ कापी कलम राखिएको झोला वोकाउदै विद्यालय पो...
फर्केर सम्झिदा जाजरकोटको पत्रकारीता: जनक के.सि.

फर्केर सम्झिदा जाजरकोटको पत्रकारीता: जनक के.सि.

Breaking News, राष्ट्रिय, विचार, विज्ञान प्रबिधि, समाचार, सुचना संचार
- जाजरकोटमा पत्रकारीताको ऐतिहासिक पृष्ठभुमि: चरम भौगोलिक विकटता, अज्ञानताको तुवालो र चौतर्फी अभावयुक्त खाडलहरुका विचमा परिवर्तन र सिर्जनात्मक कार्यको हुटहुटी भएका केहि युवाहरुको पहलमा २०३५ सालतिर लिथो मेसिनवाट मालिका हवाइ पत्रिका प्रकाशन गरि सुरु भएको जाजरकोटको पत्रकारीतामा म भने २०५७÷ ५८ साल देखि विस्तारै सहभागि हुन पुगेँ ।काठमाडौं र नेपागन्जसंग उति वेला सहज र उन्नत सम्वन्ध नभएका कारण जाजरकोटको पत्रकारीतामा सहजताको सम्भावना सुन्य जस्तै थियो । काठमाडौंमा छापिएका पत्रपत्रिकाहरु ६ महिना एक वर्ष पछि सदरमुकाम खलंगामा पुग्ने मात्र होइन श्रोत साधनको अभावले जिल्लामै पत्रपत्रिकाको छपाइ पनि गाह्रै काम थियो । उति वेला कसैले हातैले काजगमा केहि रचना र लेख लेखेर कतै देखायो भने पनि अचम्म लाग्ने अवस्था थियो । उ वेलाका जाजरकोटी युवाहरु अमर शाह, दिलिप शाह, राजेस्वर कार्की र मधुकर शाहले निकै प्रतिकुल स...
जाजरकोट : शैक्षिक इतिहास

जाजरकोट : शैक्षिक इतिहास

Breaking News, पुर्वाधार, राष्ट्रिय, विचार, शिक्षा, समाचार
पृष्ठभुमि नेपाल विभिन्न राज्यहरुमा विभाजित भई वाइसे चौविसे राज्यहरु अस्तित्वमा रहेको समयमा जाजरकोट राज्य पश्चिमको एक शक्तिशाली अनि प्रभावशाली राज्य थियो भन्ने कुरा विभिन्न दस्तावेजहरुमा पढ्न पाइन्छ । जाजरकोट राज्य र राजाहरुको इतिहासका धेरै कुराहरु चर्चामा आएको भएपनि यहाँको शैक्षिक इतिहास के हो भन्ने वारे खासै खोजी तथा चर्चा भएको पाइदैन । ६ सय २४ वर्ष अघि विक्रम सम्वत १४५५ अर्थात सन् १३९८ मा स्थापना भएको जाजरकोट राज्यमा शैक्षिक गतिविधिहरु कहिले देखि सुरु भए ? कसले सुरु ग¥यो ? भन्ने कुराको कुनै एकिन जानकारी छैन । जाजरकोट राज्य र राजाहरुको इतिहास खोज्दै जाने क्रममा यहाँको शैक्षिक गतिविधि औपचारिक रुपमा १ सय २३ वर्ष अघि मात्र सुरु भएको देखिन्छ । भौगोलिक विकटता, गरिवी, अज्ञानता र नेपाल राज्य सँगको प्रत्यक्ष र निरन्तर सम्पर्कको अभावले राज्य स्थापना भएको लामो समय सम्म शैक्षिक गतिविधिमा शून्यता...