११ श्रावण २०८१, शनिबार

Tag: गृहमन्त्रालय

सरकारी जग्गा अतिक्रमकाे अवस्था बुझेर पठाउन गृहमन्त्रालकाे जिल्ला प्रशासन लाई निर्देशन

सरकारी जग्गा अतिक्रमकाे अवस्था बुझेर पठाउन गृहमन्त्रालकाे जिल्ला प्रशासन लाई निर्देशन

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
काठमाडौं :गृह मन्त्रालयले देशभर सरकारी जग्गा अतिक्रमको अवस्थाबारे विवरण संकलन गरी पठाउन प्रमुख जिल्ला अधिकारीहरुलाई दिर्नेशन दिएको छ । मन्त्रालयले सार्वजनिक एवं सरकारी स्वामित्वमा रहेको जग्गा कसैले आफ्नो नाममा दर्ता गरेको वा कुनै प्रयोजनका लागि भोगचलन वा नियन्त्रणमा राखेको भए त्यस्ता व्यक्तिलाई कानुन बमोजिम कारबाही गर्न आग्रह गरेको छ । विज्ञप्ति यस्तो छ : ...
गृहमन्त्रालयमै लेनदेनकाे झगडा भयकाे थियाे : रायमाझी

गृहमन्त्रालयमै लेनदेनकाे झगडा भयकाे थियाे : रायमाझी

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।पूर्वउपप्रधानमन्त्री एवं एमाले सांसद टोपबहादुर रायमाझीले नक्कली शरणार्थी प्रकरणमा संलग्नहरुबीचको लेनदेनका क्रममा गृह मन्त्रालयभित्रै विवाद भएको दाबी गरेका छन् । पक्राउ परेपछि प्रहरीसँगको बयानका क्रममा उनले आफू कामविशेषले गृह मन्त्रालयमा जाँदा लेनदेनको विवाद प्रत्यक्ष रुपमा सुनेको दाबी गरे । कामविशेषले गृह मन्त्रालय गएको बखत स्वकीय सचिवको कार्यालयमा बसिरहेको अवस्थामा इन्द्रजित राईको कार्यकक्षमा छलफल हुँदा ठूलो स्वरमा आवाज आएको हुँदा म पनि कार्यकक्षमा छिरे’, १६ पुस २०७७ को घटना भन्दै उनले बयानमा खुलाएका छन्, ‘त्यहाँ जाँदा इन्द्रजित राई, सानु भण्डारी र केशवप्रसाद दुलालबीच लेनदेन सम्बन्धी विवाद भएको सुनेको हुँ ।’ कार्यकक्षबाट बाहिर निस्केपछि आफूले सानु भण्डारी र केशवप्रसाद दुलाललाई डुप्लिकेट (नक्कली) काम त गरेका छैनौ भनेर सोधेको उनको दाबी छ । त्यसक्रममा उनीहरुले भुटानी शरणार...
गृहमन्त्रालयद्वारा ६ जना सिडियाेलाई परिवर्तन

गृहमन्त्रालयद्वारा ६ जना सिडियाेलाई परिवर्तन

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं । गृह मन्त्रालयले ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । सहसचिवको दरबन्दी रहने ६ जिल्लाका सिडिओहरूको सरुवा गरिएको गृह मन्त्रालयका प्रवक्ता जीतेन्द्र बस्नेतले बताए । हाल सरुवा भएका सिडिओहरूमा धादिङमा बद्रीनाथ गैह्रे, ललितपुरमा रुद्र प्रसाद पण्डित, कास्कीमा वासुदेव घिमिरे, अछाममा शिवराज न्यौपाने, अर्घाखाँचीमा कमल राज ढकाल र गुल्मीमा टेक बहादुर केसी रहेका छन् । सरुवा भएकामध्ये टेक बहादुर केसी यसअघि कास्की जिल्लाको प्रमुख जिल्ला अधिकारी थिए । उनलाई सिडिओबाट पुनः सिडिओमै सरुवा गरिएको हो । अन्य सहसचिवहरूको हकमा झक्कप्रसाद आचार्यलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशक बनाइएको छ । त्यसै गरी तुलसी बहादुर श्रेष्ठ र जयनारायण आचार्यलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । मन्त्रालयले यो नियमित पदस्थापन र सरुवा भएको जनाएको छ ।...
अनाधिकृत रुपमा छापियका पात्राेहरु नियन्त्रण का लागि गृहकाे परिपत्र

अनाधिकृत रुपमा छापियका पात्राेहरु नियन्त्रण का लागि गृहकाे परिपत्र

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं ।अनधिकृतरूपमा प्रकाशन भएका पात्रो, भित्तेपात्रो र गोजीपात्रोको निरीक्षण अनुगमन गरी नियन्त्रण गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । मन्त्रालयका उपसचिव भीमकान्त शर्माले जारी गरेको परिपत्रमा मन्त्रिपरिषद्ले समेत सार्वजनिक विदाका सम्बन्धमा निर्णय लिँदा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तयार पारेको ‘डेट प्याड’ समेतलाई आधार लिने गरेको तथा पात्रो, भित्तेपात्रो र गोजीपात्रोको स्वीकृति दिने काम पनि समितिकै भएको उल्लेख छ । पात्रो, भित्तेपात्रो र गोजीपात्रो प्रकाशन गरी बिक्री, वितरण गराउने काम समितिको गठन आदेश, २०७७ मा उल्लेख भएकाले अनधिकृतरूपमा स्वीकृति नलिई प्रकाशन भएका पात्रो, भित्तेपात्रो र गोजीपात्रोलाई कारबाही गर्न मन्त्रालयले परिपत्र गरेको हो । समितिको आन्तरिक व्यवस्थापन दिग्दर्शन, २०७९ मा पञ्चाङ्ग (पात्रो), भित्तेपात्रो र गोजीपात्रो प्र...
पितृत्वको ठेगान नलागेको बच्चाको आमाको थर राखेर जन्मदर्ता हुने

पितृत्वको ठेगान नलागेको बच्चाको आमाको थर राखेर जन्मदर्ता हुने

Breaking News, मनाेरन्जन, राष्ट्रिय, विचार, शिक्षा, समाचार, स्वास्थ
काठमाडौं ।राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकल महिलाबाट जन्मेको र पितृत्वको ठेगान नलागेको बच्चाको आमाको थर राखेर जन्मदर्ता हुने व्यवस्था गरेको छ । यसअघि २३ चैतमा स्थानीय तहहरुलाई गरेको परिपत्रमा यस्ता बच्चाको मावलीको थर राखेर जन्मदर्ता गर्न पाउने भनी गरेको व्यवस्थाको आलोचना भएपछि विभागले नयाँ परिपत्रमार्फत सच्याएको हो । आइतबार स्थानीय तहमा गरिएको नयाँ परिपत्रमा भनिएको छ, ‘एकल महिलाबाट जन्म भएको तर पितृत्वको ठेथान नलागेको बच्चाको जन्मदर्ता गर्दा आमाको थर र स्थायी ठेगाना राखी जन्मदर्ता गरिदिने ।’ विवाहअघि बच्चा जन्माएकी एकल महिलाले पछि विवाह गरी पतिको ठेगानामा सँगै बसेको अवस्थामा आमा सूचक भई बच्चा जन्मदा आमाको थर राखी हालको स्थायी ठेगानामा जन्मदर्ता गर्न पनि विभागले परिपत्र गरेको छ । त्यस्तै नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको बच्चाको कुनै पनि परिवार नभएको प...
पिताकाे ठेगान नभएका बच्चाको जन्मदर्तामा मावलीकै थर कायम गर्न गृहको पत्र

पिताकाे ठेगान नभएका बच्चाको जन्मदर्तामा मावलीकै थर कायम गर्न गृहको पत्र

Breaking News, राष्ट्रिय, विचार, विज्ञान प्रबिधि, शिक्षा, समाचार, सुचना संचार
काठमाडौं ।गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकल महिलाबाट जन्मेको पितृत्वको ठेगान नभएको बच्चाको जन्मदर्ता सम्बन्धमा प्रष्ट्याएको छ। बुधबार ६ हजार ७ सय ४३ वटै वडा कार्यालयलाई पत्र लेख्दै विभागले यस सम्बन्धमा प्रष्ट पारेको हो। यस विषयमा थप प्रष्ट पार्न भन्दै स्थानीय तहहरूले अनुरोध गरेपछि विभागले सबै वडामा परिपत्र गरेको हो। विवाहअघि जन्म भएको तर बुवाको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी बच्चासहित पतिको ठेगानामा सँगै बसेको भए उक्त बच्चाको मावलीकै थर राख्न भनिएको छ। यस्तै आमाको हालको स्थायी ठेगानामा जन्‍म दर्ता गर्न अनुरोध गरेको छ। यस्तै एकल महिलाले विवाह गरी पतिसँगै बसेको तर बच्चा मावलीमै बसेको भए मावलीकै थर कायम गरी मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्म दर्ता गरिदिन भनेको छ। यसरी जन्मदर्तापछि बुवाको ठेगाना पत्ता लागेको अवस्थामा सो ...
काेभिड काे खतरा हुन सक्ने भन्दै सचेत रहन  गृहमन्त्रालयकाे  सार्वजनिक सुचना

काेभिड काे खतरा हुन सक्ने भन्दै सचेत रहन गृहमन्त्रालयकाे सार्वजनिक सुचना

Breaking News, समाचार, स्वास्थ
काठमाडौं । गृह मन्त्रालयले छिमेकी देशहरूमा कोभिड-१९ को नयाँ भेरियन्ट (बीएफ ७ ) को संक्रमण दर दिनानुदिन बढ्दै गएकाले जोखिमलाई मध्यनजर गर्दै सबैलाई सचेत रहन  आग्रह गरेकाे  छ। अहिले इसाई धर्मालम्बीले मनाउने क्रिस्मस तथा अंग्रेजी नयाँ वर्ष २०२३ नजिकिँदै गरेको छ।यसको विद्यमान अवस्थालाई मध्यनजर गर्दै  जिल्लास्थित सुरक्षा समिति, स्वास्थ्य कार्यलय , स्थानीय निकाय लगायत सराेकारवाला सबैमा सार्वजनिक स्थलमा भिडभाड हुने ठाउँहरुमा मास्क लगाउनु पर्ने सेनिटाईजर प्रयाेग गर्नु पर्ने , एक अर्कामा भाैतिक दुरि कायम गर्ने,ब्यक्तिगत सरसफाइ लगायतका आवश्यक स्वास्थ्य प्राेटेाकल ब्यवस्था  गर्न  मन्त्रालयले अपिल गरेको हो। सुचना :    ...
डोटीमा भूकम्प : उद्धार, राहत र बासको व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन

डोटीमा भूकम्प : उद्धार, राहत र बासको व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
            २३ कात्तिक, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले डोटीको भूकम्पमा परी घाइते भएकाहरुको यथाशीघ्र उपचारको व्यवस्था गर्न र घर भत्किएकाहरुलाई बासको व्यवस्था मिलाउन गृह प्रशासनलाई निर्देशन दिएका छन् । उनले घाइतेको उपचारका लागि हेलिकोप्टरको व्यवस्था गर्नु पर्ने भएमा पनि तत्काल गर्न गृह प्रशासनलाई भनेका छन् । गृहसचिव विनोदप्रकाश सिंह, मन्त्रालयका सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेल र विपद् महाशाखा तथा सुरक्षा निकायलाई तत्काल घाइतेको उद्धार तथा उपचारको प्रभावकारी व्यवस्था गर्न मन्त्री खाँणले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । गृहमन्त्री खाँणले घाइतेहरुको अवस्था र अहिले उनीहरुलाई तत्कालका लागि गरिएको अवस्थाबारे पनि मन्त्री खाँणले जानकारी लिएका छन् । उनले भूकम्पमा परेर प्रभावित भएकाहरुलाई राहतको तत्काल व्यवस्था गर्दै उचित स्थानमा बासस्थानको व्यवस्था गर्न पन...