११ श्रावण २०८१, शनिबार

Tag: खेल

पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलका लागि प्रशिक्षकले डाके ३० खेलाडी

पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलका लागि प्रशिक्षकले डाके ३० खेलाडी

Breaking News, अन्तर्राष्ट्रिय, खेल, मनाेरन्जन, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, समाचार, सुचना संचार
१५ कात्तिक, काठमाडौं । पाकिस्तानसँगको मैत्रीपूर्ण खेलका लागि नवनियुक्त कार्यवाहक प्रशिक्षक प्रवेश कटुवालले ३० खेलाडीलाई टिममा बोलाएका छन् । नेपालले पाकिस्तानसँग ३० कात्तिकमा काठमाडौंको दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल खेल्दै छ ।मच्छिन्द्र फुटबल क्लबलाई ए डिभिजन लिग जिताएका कटुवालले मैत्रीपूर्ण खेलका लागि सर्वोत्कृष्ट टिम छनोट गरेको दाबी गरे । अखिल नेपाल फुटबल संघ एन्फाबाट प्रशिक्षकको जिम्मेवारी पाए लगत्तै उनले टिम बनाएका हुन् । प्रशिक्षणमा डाकिएका खेलाडीहरु विकास खवास, विकास तामाङ, सेसेहाङ आङदेम्बे, नवयुग श्रेष्ठ, तेज तामाङ, आभाष लामिछाने, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, देवेन्द्र तामाङ, रञ्जित धिमाल, पुजन उपरकोटी, सुदीप गुरुङ सुरजज्यू ठकुरी, सुजल श्रेष्ठ, एरिक विष्ट, बिमल घर्ती मगर, अञ्जन विष्ट, मनिष डाँगी, सुनिल बल, आशिष चौधरी, रितक खड्का, आयुष घलान, सन...
प्रधानमन्त्री कपः आज दुई खेल हुँदै छन ।

प्रधानमन्त्री कपः आज दुई खेल हुँदै छन ।

Breaking News, खेल, मनाेरन्जन, राष्ट्रिय, समाचार, सुचना संचार
१४ कार्तिक काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा आज दुई खेल हुँदै छन्। खेलहरु कीर्तिपुर र मूलपानी क्रिकेट मैदानमा हुनेछन्। टियु क्रिकेट मैदानमा हुने खेलमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबीच प्रतस्पर्धा हुनेछ। खेल बिहान ९ः३० बजे सुरु हुनेछ। त्यस्तै मूलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र प्रदेश–१ बीच प्रतिस्पर्धा हुनेछ। खेल बिहान ९ः३० बजे नै सुरु हुनेछ। प्रतियोगितामा १० टोलीको सहभागिता छ।...
एम्सको सदस्यता नेपालगन्ज म्याराथनलाई

एम्सको सदस्यता नेपालगन्ज म्याराथनलाई

खेल, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, शिक्षा, संस्कृति, समाचार, सुचना संचार
१३ कात्तिक, काठमाडौं । नेपालगञ्ज म्याराथनले विश्व म्याराथनको सर्वोच्च निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) को सदस्यता प्राप्त गरेको छ । विश्वका आधिकारिक म्याराथन आयोजकहरुको सर्वोच्च साझा संस्था एम्समा नेपालगञ्ज म्याराथनले सदस्यता पाएको म्याराथन आयोजकले विज्ञप्तिमार्फत जनाएको छ । गत महिना मात्र एम्सबाट नेपालगञ्ज म्याराथनको रुट प्रमाणीकरण भएको थियो । नेपालगञ्ज म्याराथनअन्तर्गत ४२.१९५ किमी, २१.०९७५ किमी, १० किमी र ५ किमी गरी चार वटा दूरीको अलगअलग प्रमाणपत्र रहेको पनि आयोजकले जनाएको छ । सदस्यता प्राप्त गर्न सफल भएकोमा नेपालगञ्ज म्याराथन आयोजकलाई एम्स प्रेसिडेन्ट पाका बोराओले स्वागत गरेका छन् । उनले नेपालगञ्ज म्याराथन पूर्ण सफलताको कामना गरेका छन् । ‘म तपाईं र तपाईंको टिमलाई तपाईको रेशको पुर्ण सफलताको कामना गर्दछु’, पाका बोराओले नेपालगञ्ज म्यारथनका अध्...
जिम्बावेमाथि बंगलादेशको रोमाञ्चक ,टी-२० विश्वकप

जिम्बावेमाथि बंगलादेशको रोमाञ्चक ,टी-२० विश्वकप

Breaking News, अन्तर्राष्ट्रिय, खेल, समाचार, सुचना संचार
१३ कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकपमा बंगलादेशले जिम्बावेमाथि ३ रनको रोमाञ्चक जित निकालेको छ । ब्रिसबनमा बंगलादेशले दिएको १५१ रनको लक्ष्य पछ्याएको जिम्बावेले ८ विकेट गुमाएर १४७ रन मात्र बनाउन सक्यो । नाटकीय बनेको अन्तिम ओभरमा जिम्बावेलाई जितका लागि १६ रन आवश्यक थियो । तर जिम्बावेले २ विकेट गुमाएर १२ रन बनायो ।त्यसमा पनि अन्तिम बल झनै नाटकीय बन्यो । जिम्बावेलाई अन्तिम बलमा जितका लागि ५ रन आवश्यक थियो । छक्का हान्दा जिम्बावेले खेल जित्ने थियो भने चौकाले खेल सुपर ओभरमा पुग्ने ।  तर बंगलादेशका मोसादेक होसेनको बलमा विकेटकिपर नुरुल हुसेनले जिम्बावेका ब्लेसिङ मुजाराबानीलाई सटम्पिङ गरे । त्यसपछि बंगलादेशले जितको मनाउन थाल्यो भने जिम्बावे निराश बन्यो ।        तर अम्पारले उक्त बल रिभ्यु गर्दा नुरुले स्टम्प अगाडि बल समातेकोले उक्त बल नो बल भयो र मैदान बाहि...
नेदरल्याण्ड्सलाई हराउँदै श्रीलंका सुपर१२ मा प्रवेश

नेदरल्याण्ड्सलाई हराउँदै श्रीलंका सुपर१२ मा प्रवेश

Breaking News, अन्तर्राष्ट्रिय, खेल, विगन्यूज, समाचार, सुचना संचार
नेदरल्याण्ड्सलाई हराउँदै श्रीलंका अष्ट्रेलियामा जारी टी२० विश्वकपको सुपर१२ मा पुगेको छ। समूह पहिलो चरणको समूह ए मा रहेको श्रीलंकाले ३ खेलबाट २ ज बिहीबारको खेलमा १६३ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४६ रनमा समेटिन पुग्यो। नेदरल्याण्ड्सका लागि ओपनर म्याक्स ओ’डोडले अविजित ७१ रन बनाए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन। नेदरल्याण्ड्सलाई रोक्ने क्रममा श्रीलंकाका वानिन्दु हसरंगा डि सिल्भाले ३ विकेट लिए। यसअघि ब्याटिङ गरेको श्रीलंकाले कुशल मेन्डिसको ७९ रनको सहयोगमा निर्धारित ओभरमा ६ विकेट गुमाएर १६२ रन बनाएको थियो। नेदरल्याण्ड्सले यसअघिका दुई खेलमा जित हात पारेको भए पनि बिहीबारको हारसँगै अंकतालिकामा श्रीलंकाभन्दा पछि परेको हो।यससँगै अब उसको सुपर १२ मा पुग्ने सम्भावना नामिबिया र यूएईको खेलमा निर्भर रहनेछ। यो खेलमा यूएईले जित हा...
कायाङकिकी एक्लि सुधा :नवाैं राष्ट्रिय खेलकुद !!

कायाङकिकी एक्लि सुधा :नवाैं राष्ट्रिय खेलकुद !!

Breaking News, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, संस्कृति, समाचार, सुचना संचार
३०>असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत प्रदर्शनी खेलका रुपमा रहेका र्‍याफ्टिङ र कायाकिङ प्रतियोगिता आइतबार पोखरा १७, दोबिल्लामा भयो । कायाकिङ प्रदर्शनी प्रतियोगितामा उदयपुरका डम्बरबहादुर पूर्वाछाने पहिलो, चितवनका नवीन श्रेष्ठ दोस्रो र चितवनकै विजय गुरुङ तेस्रो भए । १४ जना खेलाडी सहभागी भएको खेलमा पुरुषहरुको भिडमा एक्लै थिइन्, खोटाङकी सुधा राई (२२) । उनले आफ्नो कलामात्रै देखाइनन्, उत्कृष्ट प्रदर्शन पनि प्रस्तुत गरिन् । कायाकिङ कायाक सलालाम विधा अन्तर्गत २ सय मिटर दूरीमा उनले ११३.९० अंक ल्याइन् । तर, सुधा आइतबार नवौं अन्तर्गतको कायाकिङ प्रदर्शन खेलमा मात्रै एक्लै उभिएकी होइनन् । यसअघि पनि थुप्रै खेलमा त्यसरी नै पुरुषहरुको बीचमा आफूभन्दा अग्लो कायाक बोकेर पुग्थिन् । तर, यो उनको रहर होइ न, बाध्यता हो । यसै त जुनसुकै खेलमा पनि महिलाहरुको संख्या कम छ । त्यसमाथि यो खेल्न ...

साफ यू-१५ महिला च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

Breaking News, अन्तर्राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, शिक्षा, संस्कृति, समाचार, सुचना संचार
२४ असोज, काठमाडौं । बंगलादेशमा आगामी नोभेम्बर १ देखि ११ सम्म आयोजना हुने साफ यू-१५ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । साउथ एसियन फुटबल फेडेरेसन (साफ) ले सोमबार खेल तालिका सार्वजनिक गरेको हो । च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल र भुटान गरी जम्मा तीन टिमले मात्र प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिप डबल राउण्ड रोवनका आधारमा खेलाइनेछ । हरेक टिमले एक अर्कासँग दुई-दुई खेल खेलेपछि धेरै अंक जोड्ने टोली च्याम्पियन बन्नेछ । नेपालले पहिलो खेल नोभेम्बर ३ मा भुटानसँग खेल्नेछ । बंगलादेशसँग नोभेम्बर ५ मा दोस्रो खेल खेल्नेछ । नेपालले भुटानसँग दोस्रो खेल नोभेम्बर ९ र बंगलादेशसँग नोभेम्बर ११ मा खेल्नेछ । साफ यू-१५ महिला च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक भगवती राना मगरको प्रशिक्षणमा नेपाली टोलीले तयारी गरिरहेको छ । प्रशिक्षणमा अहिले ३० खेलाडी छन् ।...