११ श्रावण २०८१, शनिबार

Tag: काठमाडौं महानगरपालिका

काठमाडौं महानगर १६ का वडा अध्यक्ष रिजालकाे डेंङ्गुका कारण निधन

काठमाडौं महानगर १६ का वडा अध्यक्ष रिजालकाे डेंङ्गुका कारण निधन

Breaking News, राष्ट्रिय, समाचार, स्वास्थ
काठमाडौं ।काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । डेंगु संक्रमित भएर ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको आज बिहान निधन भएको महानगर स्रोतले जनाएको छ । गत स्थानीय तहको निर्वाचनमा रिजाल नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए उनी नेपाली कांग्रेस क्षेत्रनम्बर ७ का सभापतिसमेत हुन् । महानगरपालिकाले राष्ट्रिय सभागृहमा बिहान ११ बजे रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखेको छ ।...
काठमाडौं महानगरले २५ अर्ब ५४ कराेड ७८ लाख २० हजार रुपैयाँको बजेट विनियोजन गरेकाे छ

काठमाडौं महानगरले २५ अर्ब ५४ कराेड ७८ लाख २० हजार रुपैयाँको बजेट विनियोजन गरेकाे छ

Breaking News, अर्थवाणिज्य, कृषि, खेल, पर्यटन, पुर्वाधार, यातायात, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, संस्कृति, समाचार, सुचना संचार, स्वास्थ
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको छ । चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ विनियोजन गरिएको छ । चालुतर्फ कुल बजेटको ३३.७२ र पुँजीगततर्फ ६६.२८ प्रतिशत बजेट छुट्याइएको छ । आइतबार नगरसभाको बैठकमा उपमेयर सुनीता डंगोलले प्रस्तुत गरेको बजेटको सबैभन्दा ठूलो स्रोत बैंक मौज्दात रहेको छ । महानगरको बैंक मौज्दात ११ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । त्यस्तै संघीय सरकार र प्रदेश सरकारको सशर्त अनुदान १ अर्ब ४५ करोड ६२ लाख, निशर्त अनुदान ८९ करोड ३६ लाख, आन्तरिक आय ६ अर्ब ३९ करोड, राजस्व बाँडफाँटबाट २ अर्ब १६ करोड रुपैयाँ र सामाजिक सुरक्षा र जग्गा एकीकरणबाट २ अर्ब रुपैयाँ प्राप्त हुने उपमेयर डंगोलले जानकारी दिइन् । महानगरपालिकाले १० विषयगत क्षेत्रका महानगर गौर...
सक्कली  सुकुम्बासी काे ब्यवस्थापन र नक्कली बिरुद्ध प्रदर्शन : काठमाडौं थापाथली

सक्कली सुकुम्बासी काे ब्यवस्थापन र नक्कली बिरुद्ध प्रदर्शन : काठमाडौं थापाथली

Breaking News, पुर्वाधार, समाचार
२० मंसिर, काठमाडौं । काठमाडौंको थापाथालीस्थित सुकुम्बासी बस्ती हटाउन माग गर्दै महानगरपालिका कार्यालय अगाडि प्रदर्शन भएको छ । उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले नक्कली सुकुम्बासीहरुले थापाथलीमा भूमि कब्जा गरेको भन्दै पहिचान गरेर कारबाही गर्न माग गरेको हो । समितिले महानगरका मेयर बालेन्द्र साह (बालेन) लाई ध्यानाकर्षण पत्र समेत बुझाएको छ । ‘कथित सुकुम्बासीको घर टहरा हटाई, राधाजनीको सौन्दर्यता,सुशान्ति र मैत्रीपूर्ण वातावरण सिर्जना गर्न एक इन्च पनि महानगर पछि नहटोस’ ध्यानाकर्षण पत्रमा भनिएको छ । समितिले सुकुम्बासी बस्तीमा दिउँसै घरेलु हतियारसहित नगर प्रहरी, महानगर प्रमुखलाई धम्कीदिनुले उपत्यकामा त्रास फैलिएको समेत बताएको छ । ...
सार्वजनिक सम्पत्तिकाे हानि नाेक्सानि गरेमा उसैले क्षतिपूर्ति तिर्नुपर्ने  : काठमाडौं महानगरपालिका।

सार्वजनिक सम्पत्तिकाे हानि नाेक्सानि गरेमा उसैले क्षतिपूर्ति तिर्नुपर्ने : काठमाडौं महानगरपालिका।

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, समाचार
१६ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले सार्वजनिक सम्पत्तिको हानि नोक्सानी गरेमा, जसले नोक्सानी गर्‍यो उसैले क्षतिपूर्ति भर्नुपर्ने निर्णय गरेका छन् । ‘कसैले सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्तिमा हानि नोक्सानी गरेमा क्षति पु–याएमा वा नष्ट गरेमा सम्बद्ध पक्षलाई कानुन बमोजिम कारबाही एवं हानि नोक्सानी बापतको क्षतिपूर्ति समेत कानुन बमोजिम भराइने छ’ महानगरले जारी गरेको सूचनामा उल्लेख छ। काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका सरकारी, सार्वजनिक तथा सामुदायिक सम्पत्तिको संरक्षण गर्ने दायित्व महानगरको भएको भन्दै कुनै पनि संघ, संगठन, निकाय, समूह, व्यक्ति वा अन्य जो कसैले जुनसुकै तरिका वा प्रक्रियाबाट त्यस्ता सम्पत्तिको नोक्सान गर्ने, क्षति गर्ने, नष्ट गर्ने वा अतिक्रमण गर्ने कार्य निषेध गरिएको सूचनामा उल्लेख छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ...
काठमाडौं महानगरका मेयर बालेनले भने: हामी हाम्रो ठाउँ र नगरप्रति बफादार बनौँ

काठमाडौं महानगरका मेयर बालेनले भने: हामी हाम्रो ठाउँ र नगरप्रति बफादार बनौँ

Breaking News, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार, सुचना संचार
काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले स्थानीय तहमा जनप्रतिनिधि आफ्नो ठाउँ तथा नगर र पालिका प्रति इमान्दार र बफादार बन्नुपर्ने बताएका छन् । जुनसुकै कामलाई सफल बनाउन स्वच्छ र इमान्दार हुनुपर्ने उनको भनाइ छ । काठमाडौं महानगरपालिका, वडा महिला सञ्जालः गठन र सञ्चालन सम्बन्धि छलफल कार्यक्रममा सहभागी मेयर साहले इमान्दारीताका साथ काम गर्न मातहतका निकायलाई निर्देशन पनि दिएका छन् । मेयर साहले स्थानीय सरकारलाई बलियो बनाउन सकेमात्रै महिला हिंसालगायतका जघन्य अपराधका घटनालाई कम हुने बताए । समाजमा जघन्य अपराधका घटना बढेको भन्दै उनले स्थानीय स्तरबाटै जघन्य घटनाका मुद्दाको मेलमिलाप गर्ने परिपाटी अन्त्य गर्नुपर्ने बताए । उनले भने, 'जघन्य अपराधका घटनालाई मेलमिलाप गरेर टुंगो लगाउन हुँदैन । जघन्य अपराधका घटनालाई अदालतमा गएर न्याय निरुपण गराउन भ्रष्ट आचरण भएकाहरुले बाधा अवरोध पु...